(Japan) 21 st April | 2026 | Tuesday | 5:32:29 PM || (Nepal) 2:17:29 PM
 
 


इजरायलद्धारा नेपाली शान्ति सैनिक रहेको क्षेत्रमा आक्रमण, ५ सैनिक घाइते-४० देशद्वारा निन्दा

  POSTED ON : Monday, 14 October, 2024 | Views : 1796

इजरायलद्धारा नेपाली शान्ति सैनिक रहेको क्षेत्रमा आक्रमण, ५ सैनिक घाइते-४० देशद्वारा निन्दा


एजेन्सी ।

गाजा नरसंहार पछि लेबनानमा विध्वंश मच्चाइरहेको इजरायली सेनाले शान्ति स्थापनार्थ खटिएका राष्ट्रसंघिय शान्ति सैनिकमाथि आक्रमण थालेका छन् ।

इजरायली सेनाले नेपाली शान्ति सैनिक समेत रहेको लेबनानको शान्ति सैनिक इलाकाको मुख्य द्धार भत्काउँदै गरेको आक्रमणमा कम्तिमा ५ शान्ति सैनिक घाइते भएका छन् । घाइते भएका शान्ति सैनिकको नाम तथा राष्ट्रियता भने खुलाइएको छैन ।

लेबनानले राष्ट्रसंघिय शान्ति सैनिकमाथि आक्रमण थालेपछि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा योगदान गर्ने ४० वटा देशहरूले इजरायली आक्रमणको निन्दा गरेका छन् ।

इजरायलले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली चलाउँदा पाँच जना घाइते भएका छन् । इजरायली आक्रमणको संयुक्त राष्ट्रसङ्घले गरेको कडा निन्दालाई ४० वटा देशले पनि समर्थन गरेका छन् ।

पोल्याण्डको संयुक्त राष्ट्रसङ्घीय मिसनले यस्ता कार्यहरू तुरुन्तै रोक्न र पर्याप्त अनुसन्धान गर्न माग गरेका छन् । इन्डोनेसिया, इटाली र भारत लगायतका राष्ट्रहरूले पनि संयुक्त वक्तव्यमा निकालेर शान्ति सैनिकमाथि इजरायली हमलाको विरोध गरेका छन् ।

शान्ति सैनिकमा योगदान गरेका नेपाल, घाना, मलेसिया, स्पेन, फ्रान्स र चीनले पनि इजरायलले अन्तर्राष्ट्रिय कानुन र मुल्य मान्यता तोडेको भन्दै निन्दा गरेका छन् । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहविरुद्धको लडाइका क्रममा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन युनिफिलले इजरायली सेनाले जानबुझ गरेर गोली चलाएको आरोप लगाएको छ ।

सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म चलेको युद्धको अन्त्य भएपछि युद्धविरामको अनुगमन गर्ने जिम्मेवारी युनिफिलको छ । जसमा लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेनालाई मात्र दक्षिण लेबनानमा तैनाथ गर्नु पर्ने उल्लेख रहेकोमा अहिले इजरायलले पनि लेबनानमा सैन्य हस्तक्षेप गरेको छ ।