(Japan) 17 th April | 2026 | Friday | 9:24:11 PM || (Nepal) 6:09:11 PM
 
 


जापानी प्रधानमन्त्री इसिबा चुनाव अघिनै अमेरिकी राष्ट्रपति भेट्न जाने बिचारमा

  POSTED ON : Monday, 14 October, 2024 | Views : 1108

जापानी प्रधानमन्त्री इसिबा चुनाव अघिनै अमेरिकी राष्ट्रपति भेट्न जाने बिचारमा


टोकियो, जापान ।

जापानका प्रधानमन्त्री शिगेरु इसिबा आगामी जनवरीमा हुने राष्ट्रपतिको शपथग्रहण अघि वर्तमान राष्ट्रपति बाइडेनलाई भेट्न अमेरिका जाने योजना रहेको योमिउरी अखबारले आइतबार जनाएको छ ।

'अमेरिकाको सहयोगी जापानको प्रधानमन्त्रीको हैसियतमा, अर्को वर्ष जनवरीमा आधिकारिक रूपमा पदभार ग्रहण गर्नु अघि मेरो लागि (निर्वाचित राष्ट्रपतिसँग) सम्बन्ध हुनु आवश्यक छ' योमिउरीसँगको आफ्नो अन्तर्वार्तामा ईशिबाले शनिवार बताएका छन् ।

प्रधानमन्त्री इशिबाले अर्को महिनाको मध्यमा दक्षिण अमेरिकाको नियोजित भ्रमण अघि वा पछि अमेरिका भ्रमण गर्ने सम्भावना रहेको स्विकार गरेका छन् ।

यदि यसो भयो भने, इशिबाको प्रधानमन्त्री बनेपछिको यो पहिलो अमेरिका भ्रमण हुनेछ ।

प्रधानमन्त्री ईशिबाले पेरुमा हुने एपेक शिखर सम्मेलन र ब्राजिलमा नोभेम्बरमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस बिचको अमेरिकी नयाँ राष्ट्रपति दौडको चुनाव नोभेम्वर ५ तारिख हुँदैछ ।