एजेन्सी ।
गाजामा नरसंहार मच्चाइरहेको इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा आक्रमणमा परी ३३ जनाको हत्या गरेको छ।
गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र त्यहाँ रहेको शिविरमा बमबारी गर्दा गत २४ घन्टामा ९६ जना घाइते भएको बताएको छ ।
स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घर–घरमा व्यापक बमबारी गर्दै ठूलो विस्फोट गराएको थियो।
एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी अझै पनि जबलिया क्षेत्रमा फसेको बताइएको छ।
एक बर्ष पार हुँदा गाजामा जारी इजरायली आक्रमणबाट मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेका छन्।