(Japan) 17 th April | 2026 | Friday | 5:32:01 PM || (Nepal) 2:17:01 PM
 
 


इजरायली सेनाद्धारा लेबनानमा राष्ट्रसंघिय शान्ति सेनामाथि गोली प्रहार

  POSTED ON : Friday, 11 October, 2024 | Views : 1436

इजरायली सेनाद्धारा लेबनानमा राष्ट्रसंघिय शान्ति सेनामाथि गोली प्रहार


एजेन्सी ।

गाजा नरसंहार जारी राख्दै लेबनानमा उस्तै नरसंहार सुरु गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार बिहान लेबनानमा संयुक्त राष्ट्रसँघका शान्ति सैनिकहरूमाथि गोली प्रहार गरेको छ ।

युनिफिलका अनुसार, सुरक्षा परिषदले दुई देशहरू बीच छुट्याउने 'ब्लू लाइन' मा काम गरिरहेको शान्ति मिसनका सैनिकहरुमाथि गोली प्रहार गरेको हो ।

युनिफिलको नकौरा मुख्यालय र नजिकका स्थानहरूमा इजरेली सेनाले जानाजान बारम्बार आक्रमण भएको संयुक्त राष्ट्रसंघिय मिशनले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

आज बिहान, दुई शान्ति सैनिकहरू घाइते भए जब एक इजरेली सैन्य ट्यांकले शान्ति सैनिकको मुख्यालय नकौरामा एक अवलोकन टावरमा रहेका शान्ति शैनिकमाथि गोली हाने राष्ट्रसंघिय शान्ति मिसनले भनेको छ ।

चोटहरू गम्भिर नभएपनि उनिहरु उपचाररत रहेको विवरणमा उल्लेख छ ।

सन् २००६ को सुरक्षा परिषद्को जनादेश अन्तर्गत स्थायित्वमा फर्कन सहयोग गर्न संयुक्त राष्ट्र शान्ति सैनिकहरू दक्षिण लेबनानमा उपस्थित छन् । लेबनानमा संयुक्त राष्ट्र संघको अन्तरिम बल युनिफिलका अनुसार शान्ति सैनिकहरूमाथि कुनै पनि जानाजानी आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानून र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को गम्भीर उल्लङ्घन हो ।

लगातारको इजरायली आक्रमण वृद्धिले दक्षिण लेबनानका सहर र गाउँहरूमा व्यापक विनाश निम्त्याइरहेको छ । लेबनानबाट इजरायली बमबारीको प्रतिकारमा रकेटहरू इजरायल तर्फ पनि प्रहार भएका छन् ।

बुधवार इजरायली सेनाले जानाजानी गोली हानेको र त्यस वरपरको निगरानीका लागि क्यामेराहरुमा क्षति पुर्याएको राष्ट्रसंघिय शान्ति मिसले जनाएको छ ।

विगतका दिनहरूमा नाकोरा र अन्य क्षेत्रमा इजरायलबाट लेबनानमा घुसपैठ गरेर लेबनानी क्षेत्रमा विध्वंस मच्चाइरहेको समेत राष्ट्रसंघ कार्यालयले जनाएको छ ।

इजरायली सेनाले शान्ति सैनिकहरुलाई भड्काउन र राष्ट्रसंघिय कानुनको उल्लंघन गर्दै संयुक्त राष्ट्रसंघिय शान्ति सैनिक रहेको बंकर प्रवेशद्वार सम्म ड्रोनहरु उडाएको बताइएको छ ।