(Japan) 23 rd September | 2026 | Wednesday | 7:05:09 AM || (Nepal) 3:50:09 AM
 
 


उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग बिबाब बढ्दै गएपछि सडक र रेलमार्ग उप्काएर नाका बन्द

  POSTED ON : Thursday, 10 October, 2024 | Views : 1318

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग बिबाब बढ्दै गएपछि सडक र रेलमार्ग उप्काएर नाका बन्द


एजेन्सी ।

उत्तर कोरियाले दक्षिण कोरियासँग बिबाद बढ्दै गएपछि सिमा जोडिएको क्षेत्रको सडक र रेलमार्ग पूर्णरूपमा बन्द गरेको छ ।


उत्तर कोरियाले कोरियाली प्रायद्वीपको गम्भिर र अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्णरूपमा बन्द गरेको कोरियाली पिपुल्स आर्मी (केपीए) लाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।


केपीए जनरल अधिकारीले उत्तर कोरियाको दक्षिणी सीमा नजिकै दक्षिण कोरियाली क्षेत्रमा दैनिक सैन्य अभ्यास, अमेरिकी रणनीतिक आणविकको बारम्बार उपस्थिति लगायतका कुरामा ध्यान दिँदै प्रायद्वीपको अवस्थाको गम्भीरतालाई बेवास्ता गर्न नसकिने जनाएको छ ।


प्रायद्वीपमा गम्भीर सैन्य अवस्थाका कारण उत्तर कोरियाको सशस्त्र बलले राष्ट्रिय सुरक्षाको रक्षा गर्न सशक्त कदम चाल्न आवश्यक रहेको बताएको छ । केपीए जनरल अधिकारीले यो कदम युद्ध रोक्न र उत्तर कोरियाको सुरक्षाको रक्षाका लागि आत्मरक्षात्मक उपाय भएको जनाएका छन् ।


यस क्रममा उत्तर कोरियाली सेनाले सिमा क्षेत्रको रेल मार्गको भाग झिक्नुका साथै सडक मार्गको ठाउँठाऊमा अवरोध खडा गरेको छ ।