(Japan) 16 th April | 2026 | Thursday | 12:22:11 PM || (Nepal) 9:07:11 AM
 
 


गाजा र लेबनानमा इजरायली बमबारीमा दर्जनौं प्यालेस्टाइनी सहित एक इजरेली सेना मारिए

  POSTED ON : Monday, 07 October, 2024 | Views : 968

गाजा र लेबनानमा इजरायली बमबारीमा दर्जनौं प्यालेस्टाइनी सहित एक इजरेली सेना मारिए


एजेन्सी ।

गाजा नरसंहार जारी राखेको इजरायली सेनाले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा बमबारी गर्दा कम्तिमा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ । त्यसमा अन्य करिव १०० सर्वसाधारण घाइते भएका छन् ।

इजरायली सेनाले अल–अक्सा सहिद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल-अक्सा सहिद मस्जिदमा बमबारी गरेको हो । मस्जिद र स्कुलका सयौं व्यक्ति विस्थापित भएकाहरुले आश्रय लिएर बसेका थिए ।

विगतमा जस्तै यो नरसंहारलाई इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली वायुसेनाले इब्न रुस्द स्कुलको कम्पाउन्डभित्र रहेको कमान्ड–एन्ड–कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास लडाकुहरूमाथि हमला गरेको जिकिर गरेको छ । तर यसको कुनैपनि प्रमाण दिन सकेको छैन । यसअघि भएका विस्थापितहरुको क्याम्प र आवासिय घरहरुमा बम प्रहार गरि भएका सबै नरसंहारपछि इजरायली सेनाले एउटै जवाफ दिंदै आएको छ । तर गाजा आक्रमणमा हालसम्म इजरायली सेनाले हत्या गरेका झण्डै ४२ हजार मध्ये २० हजार बालबालिका मात्रै रहेका छन् ।

यसैबिच उत्तरी इजरायलमा भएको भिडन्तमा एक इजरायली सैनिकको मारिएका छन् ।

इजरायली सेनाले इजरायल लेबनान सीमामा लडाइँमा एक २५ वर्षीय रिजर्व सैनिकको मृत्यु भएको बताएकोछ  । हिजबुल्लाह लडाकुहरुसँगको भिडन्तमा दुई जना इजरेली सैनिक गम्भीर घाइते भएको बताएको छ ।

इजरेली सेनाले लेबनानसँगको सिमामा अतिक्रमण गर्दै आक्रमण बढाएपनि अघि बढ्न नसक्दा केन्द्रिय शहर बेरुतमा भने लडाकु बिमानबाट बमबारी बढाएको छ । जसले गर्दा बेरुतको दक्षिणी उपनगरको आकाशमा आगोका गोला र धुवाँको बादल रातभर देखिन थालेको छ ।

दिनको समयमा समेत घना बस्ती रहेका समयमा इजरेली सेनाले गरिरहेको बमबारीमा परेर दुई हप्ता भन्दा कम समयमा २ हजार भन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका छन् ।