टोकियो, जापान ।
जापान सरकारले विदेशबाट आउनेहरूको सीमा दोब्बर गरी जुनमा प्रतिदिन २०,००० पुर्याउने भएको छ ।
सरकारी स्रोतहरूले बुधबार बताए अनुसार गत साताको अन्त्यमा समाप्त भएको जापानको गोल्डेन वीक बिदा पछि एयरपोर्ट क्वारिन्टिन पूर्वाधार र घरेलु संक्रमणको अवस्थाको परीक्षण पछि जापान सरकारले जापान प्रवेश थप खुकुलो बनाउन लागेको बताइएको छ ।
हाल दैनिक १०,००० व्यक्तिले जापान प्रवेश पाइराखेका छन् । यसअघि जापानले दैनिक ७,५०० र त्यसअघि दैनिक ३,५०० व्यक्तिलाई जापान प्रवेश दिएको थियो ।