(Japan) 17 th May | 2025 | Saturday | 7:19:04 PM || (Nepal) 4:04:04 PM
 
 


जापानी बालबालिका भविष्यमा के बन्न चाहन्छन् ? अभिभावक के बनुन् भन्ने चाहन्छन् ?

  POSTED ON : Thursday, 17 April, 2025 | Views : 270

जापानी बालबालिका भविष्यमा के बन्न चाहन्छन् ? अभिभावक के बनुन् भन्ने चाहन्छन् ?


टोकियो, जापान ।

नेपालमा साना बालबालिकाहरु भोली के बन्न चाहन्छन् वा अभिभावकहरु के बनाउन चाहन्छन् भन्ने विषय औषतमा तपाईं हामीलाई थाहा भएकै विषय हो । त्यसो हो भने जापानका बालबालिकाहरु भविष्यमा के बन्न चाहन्छन् र अभिभावकहरु आफ्ना छोराछोरी के बन्न चाहन्छन् ? हालै यस बिषयमा एक सवेक्षण भएको छ ।

४,००० जापानी प्रथम श्रेणीका विद्यार्थीहरूको सर्वेक्षणले भविष्यको जागिरको रूपमा सबैभन्दा लोकप्रिय रोजाइ प्याटिसियर वा बेकरीमा काम गर्ने रहेको पाइएको छ ।

सहभागी मध्ये ११.७ प्रतिशत बालबालिकाले यसलाई आफ्नो आदर्श करियरको रूपमा लिएका छन् ।

बेकरीको कामपछि प्रहरी अधिकारी बन्न चाहने जापानी बालबालिकाहरु १०.५ प्रतिशत पाइएको छ । जुन हालैका वर्षहरूमा बालक र बालिकाहरु दुवैको लागि आकर्षण बढ्दै गएको छ । सन् २००५ देखि प्रहरी अधिकारी र अग्नि नियन्त्रक वा उद्धारकर्मी दुवै उल्लेखनीय रूपमा जापानी बालबालिकाहरुको लागि आकर्षक भविष्यको जागिर देखिएको छ ।

प्याटिसियर वा बेकर लगातार सत्ताइसौं वर्ष बालिकाहरुको लागि पहिलो रोजाई बनेको छ । जसमा २०.२ प्रतिशत बालिकाहरुको रोजाई पाइएको छ । पाँचौं स्थानमा रहेको प्रहरी अधिकारी बन्ने चाहना ११ वर्षदेखि बालिकाहरुको लागि शीर्ष १० मा स्थान अट्न सफल भएको छ ।

बालकहरुको लागि प्रहरी अधिकारी बन्न चाहने १६.१ प्रतिशत पाईंदा खेलाडी १५.४ प्रतिशत पाइएको छ ।

२० वर्षअघि, खेलाडी बन्न चाहने २९.८ प्रतिशत मतका साथ प्रभुत्व जमाउँदै आएको थियो भने अहिले यसको ठाउँमा प्रहरी अधिकारी र अग्नि नियन्त्रक वा उद्धारकर्मीहरु देखिएको छ ।

अभिभावकहरूलाई आफ्ना बालबालिका के बनुन् भन्ने चाहन्छन् भनेर पनि सोधिएको छ । जसमा पहिलो कक्षाका छोराछोरीको विषयमा सोधिंदा २७ वर्ष शीर्ष स्थानमा रहेको नर्स १३.३ प्रतिशतको साथ बालिकाहरुको लागि दोस्रो स्थानमा झरेको छ । यता सरकारी कर्मचारी मन पर्ने अभिभावकहरुको लागि १३.९ प्रतिशत देखिएको छ । स्वास्थ्यसँग सम्बन्धित पेशाहरू सामान्य विकल्पहरूको रुपमा अभिभावकहरुले लिएका छन् ।

बालकहरुको रोजाइको लागि सार्वजनिक कर्मचारी बनुन् भन्ने २०.४ प्रतिशत र कम्पनीका कामदार ११.५ प्रतिशत लगातार पाँचौं वर्ष शीर्ष दुईमा रहेको छ । यसले आफ्ना सन्तानहरु स्थायि प्रकृतिको रोजगारमा प्रवेश गरुन् भन्ने अभिभावकहरुको चाहना प्रतिबिम्बित भएको छ ।