(Japan) 13 th March | 2026 | Friday | 8:01:19 PM || (Nepal) 4:46:19 PM
 
 


मार्च ९ टोकियोमा अमेरिकी नरसंहारको कालो दिन, जहाँ १ लाख नागरिक मारिएका थिए

  POSTED ON : Sunday, 09 March, 2025 | Views : 1710

मार्च ९ टोकियोमा अमेरिकी नरसंहारको कालो दिन, जहाँ १ लाख नागरिक मारिएका थिए


टोकियो, जापान ।

तपाईंले द्धितिय विश्वयुद्धका दौरान अमेरिकाले विश्व इतिहासकै आणविक नरसंहार जहाँ नरसंहार मात्र होइन जमिननै खरानी बनाएको हिरोसिमा र नागासाकी आक्रमणबारे सुनिरहनुभएकै छ । तर थोरैलाई थाहा भएको जापानले कहिल्यै विर्सन नसक्ने अर्को कालो दिन हो मार्च ९ अर्थात् आजकै दिन ।

अमेरिकी सेनाको बमबर्षक बिमानहरुले अन्धाधुन्ध बमबारी गरेर टोकियोलाई छियाछिया बनाउँदै करिव एक लाख नागरिकको ज्यान लिएको दिन हो मार्च ९, सन् १९४५ ।

दोस्रो विश्वयुद्धको समयमा, ३०० भन्दा बढी अमेरिकी बि २९ बमवर्षकहरूले टोकियोमा ठूलो अग्निबमबारी आक्रमण गरेका थिए ।

आक्रमणबाट अनुमानित १००,००० नागरिकहरूलाई मारिएका थिए । १० लाख टोकियोवासीलाई घरबारविहीन बनायो र शहरको १६ वर्ग माइल ९४१ वर्ग किलोमिटर० नष्ट भएको थियो ।

दोस्रो विश्वयुद्धको अन्तिम चरणमा जापानको राजधानीमा संयुक्त राज्य अमेरिकाले गरेको अग्नि बम आक्रमण ९ूअपरेसन मिटिङहाउसू कोडनाम० को रुपमा समेत यसलाई चिनिन्छ । जसलाई प्रायः इतिहासको सबैभन्दा विनाशकारी युद्ध कार्यहरू मध्ये एकको रूपमा उल्लेख गरिएको छ ।

ड्रेस्डेन, हिरोशिमा वा नागासाकीमा भएको बम विस्फोटभन्दा पनि यो विनाशकारी आक्रमण थियो । यद्यपि मृत्युको स्पष्ट संख्या अज्ञात छ । आगजनी बमहरूले गर्दा भएको आगोको आँधीले एकै रातमा कम्तिमा ८०,००० मानिसहरूको ज्यान लियो, र सम्भवतः १०,००,००० भन्दा बढीको मृत्यु भयो । लगभग दस लाख मानिसहरू घरबारविहीन भए। जापानीहरू यसलाई 'कालो हिउँको रात' को रुपमा सम्झना गर्दछन् ।

यो जापानी राजधानीमा अमेरिकी पहिलो बम विस्फोट भने थिएन । लेफ्टिनेन्ट कर्नल जेम्स 'जिमी' डुलिटलको नेतृत्वमा १६ वटा मध्यम आकारका विमानहरूले गरेको प्रसिद्ध 'डुलिटिल रेड' ले अप्रिल १८, १९४२ मा टोकियोमा बम विस्फोट गराएको थियो । यद्यपि यो आक्रमणले जापानको युद्ध गर्ने शक्तिलाई कमजोर बनाउन सकेको थिएन ।

तर पर्ल हार्बरमा भएको जापानी घातक आक्रमणको आघात र विनाश पछि अमेरिकी सेनाले गरेको यो बिनासकारी बम बर्षा थियो । पर्ल हार्बर आक्रमणपछि अमेरिकी आक्रमण घट्ने ठानेको जापानीहरूलाई यो आक्रमणपछि पुन घरमै युद्ध भित्रिएको अनुभव भएको थियो । यसले जापानका कुनैपनि टापुहरू शत्रुको बम विस्फोटकहरूबाट मुक्त हुनेछैन भन्ने आभाष दिलाएको थियो ।