(Japan) 31 st March | 2026 | Tuesday | 4:04:00 PM || (Nepal) 12:49:00 PM
 
 


नयाँ नियम : जापानी नागरिकता लिन १० वर्ष अनिवार्य बसोबास गरेको हुनुपर्ने

  POSTED ON : Tuesday, 31 March, 2026 | Views : 180

नयाँ नियम : जापानी नागरिकता लिन १० वर्ष अनिवार्य बसोबास गरेको हुनुपर्ने


टोकियो, जापान ।

जापान सरकारले विदेशी नागरिकलाई जापानी नागरिकता ९ल्बतगचबष्शिबतष्यल० दिने प्रक्रियालाई थप कडा बनाउने भएको छ ।

जापानको सरकार अप्रिल १ तारिखदेखि जापानी नागरिकता प्राप्त गर्न १० वर्षभन्दा बढी बसोबासको अवधि आवश्यक पर्ने निर्णय गरेको हो ।

न्यायमन्त्री हिरागुची हिरोशीका अनुसार विदेशी नागरिकहरूले जापानी नागरिकता प्रदान गर्न सिद्धान्ततः कम्तिमा १० वर्ष जापानमा बसोबास गरेको र समाजमा राम्रोसँग एकीकृत भएको हुनुपर्नेछ ।

सरकारले उम्मेदवारहरूले आफ्नो राम्रो आचरण र जीविकोपार्जन गर्ने क्षमता पुष्टि गर्न कर तिरेको छ कि छैन भनेर जाँच गर्ने अवधि पनि विस्तार गरिने बताएका छन् ।

सरकार र सत्तारुढ दलहरूले नागरिकताको लागि आवश्यक बसोबासको अवधि बढाउन छलफल गरिरहेका थिए, किनकि हालको पाँच वर्षको न्यूनतम अवधि स्थायी बसोबासको लागि सिद्धान्ततः आवश्यक पर्ने १० वर्षभन्दा छोटो भएको उनिहरुको ठहर थियो ।

हिरागुचीले जापानी नागरिकता स्थायी बसोबास भन्दा सजिलै प्रदान गरिंदा समस्याहरु थपिंदै गएको जिकिर गरेका थिए । उनले नयाँ नियमानुसार हरेक केस अनुसार चेकजाँच गरेर मात्र जापानी नागरिकता प्रदान गरिने बताए ।

जापानमा हालसम्म पिआर पाउनको लागि औषतमा अनिवार्य १० बर्ष जापान बसेको हुनुपर्ने नियम रहेको थियो ।

जापानको न्याय मन्त्रालयका अनुसार सन् २०२४ मा कुल १२,२४८ जनाले नागरिकताका लागि आवेदन दिएका थिए, जसमा ८,८६३ जनाको आवेदन स्वीकृत भएको छ ।

सरकारले नयाँ योजना अनुसार नागरिकता प्राप्त गर्न आवश्यक बसोबास अवधि बढाएर स्थायी बसोबाससरह बनाउन बनाएको हो ।