…नेपालमा रहँदा देखिनै सानै देखि सिने क्षेत्रमा आवद्ध रहँदै आएका अमर लामा ओसाकामा भर्खरै व्यवसायमा बामे सर्दै गरेका युवा व्यवसायी हुन् ।
संचार क्षेत्रमा समेत रुची राख्ने उनि मनोरञ्जनका क्षेत्रमा विशेष रुचि देखाउँछन् । त्यहि भएर उनि ठूला नेपाली कलाकारहरु जापान आउँदा ओसाकाका हरेक कार्यक्रम मात्र नभई नागोया, टोकियोसम्म धाइरहन्छन् ।
सिने क्षेत्रका कलाकारप्रतिको उनको समर्पण र आशक्तिलाई बुझेका उनै चलाख समिरले यसपटक करोड कमाउने माध्यम बनाए । तर आफुले त करोड कुम्ल्याए समिरको जन्मन नपाउँदैको कम्पिनीलाई जापान अध्यागमनको कालो सूचिमा पारिदिए ।
अब अमेरिकामा कार्यक्रम गर्न लागेको भाई पनि सँगै अमेरिका जानुपर्छ भनेर कागजात मागे मैंले अब टोकियोमा पनि त्यत्रो कार्यक्रम गरेको होला भनेर सबै कागजात दिएं, तर मलाई बर्बाद बनाइदियो दाई उनले फोन सम्पर्कमा बिलौना मिश्रित पिडा पोख्दै भने ।
२३ जना आफ्नो कम्पनीको नामबाट जापान छिराएको पाएको अमर बताउँछन् । तर समिर लामाले आफु सहित ८ जना मात्र जापान आएको बताएको उनको भनाई छ ।
नेपालमै भएको जापानी दूतावासका कर्मचारीको समेत मिलेमतो जस्तो देखिएको बताउँदै अमर आफ्नो जन्ममिति, फोन नम्वर, घरको ठेगाना नमिलेपनि भिषा जारी भएको देखेर अचम्मित छन् ।
जापानको इमिग्रेसनबाट तिमिले आफ्नो विवरण कसैलाई दिएको थियौ भनेर फोन आएपछि मात्र आफ्नो विवरण दुरुपयोग गरेर मान्छे जापान छिराएको थाहा पाएको अमरले बताए ।
आफ्नो कम्पनीमा काम गर्ने व्यक्तिहरुको भिषा रिन्यु समेत रोकिदिएको बताउँदै अमरले एनआरएनए अध्यक्ष नविन न्यूरे लगायतसँग सल्लाह गरेर आफु अघि बढ्ने बताए ।
तथ्य, विकल्प र बास्तविकता
अहिलेसम्मका सार्वजनिक तथ्यहरुले एनआरएनए जापानका उपाध्यक्ष रहेका सुभाष लामिछानेलाई अध्यक्ष लेखेर २३ जनाको नाममा नेपालस्थित जापानी दूतावासमा भिषाको लागि आवेदन दिएको देखाउँछ, तर उक्त पत्रमा संस्थाको लेटरहेड प्रयोग छैन । तर अर्को एक पत्रमा फेरि लामिछानेलाई उपाध्यक्ष नै लेखेर स्पोन्सरसिप र इन्भिटेसन भन्दै पत्र लेखेको पाईन्छ ।
यस्तै एनआरएनए अध्यक्ष नविन निउरेको नाम समेत संस्थाको लेटरहेडमा दुरुपयोग गरेर १३ जनाको नाममा भिषा अनुरोध गरिएको छ ।
उल्लेख गरिएका कुल ३६ जना मध्ये कति जनाले भिषा पाए र जापान आए भन्ने स्पष्ट विवरण छैन । सायद यसबारेमा घटनाका मुख्य योजनाकर्ता ठानिएका समिर लामाले नै बताउन सक्नेछन् ।
तर ओसाका स्थित अमर लामाको कम्पनीबाट २३ जनाको लागि हालै मात्र अर्को एक कागजे कार्यक्रमका लागि भिषा जारी अनुरोध गरिएको भएपनि अभियुक्त समिर लामाले आफु सहित ८ जना मात्र जापान छिरेको बताएको अमर बताउँछन् ।
तत्यहरुले अबैध मानव तस्करीमा अभियुक्त समिर लामाको संलग्नता रहेको प्रस्ट देखाउँछ । मात्र यसमा को कसको संलग्नता र मिलिभगत छ भन्ने तथ्य खुल्न बाँकी छ ।
नेपालमा अवैध मानव ओसारपसार सहित अन्य मुद्दामा अभियुक्त लामा दोसी हुने आधार देखिएपनि नेपालको कानुन कति फितलो छ यसमा हामी सबै जानकार नै छौं ।
अभियुक्तले जापानको अध्यागमन कानुनको समेत ठाडो उल्लंघन गरेको, अभियुक्त जापानमै रहेको अवस्थामा अब जापानको अध्यागमन कानुन अन्तर्गत पक्राउ गर्न लगाएर जापान प्रहरीलाई बुझाउनु पहिलो र एकमात्र सर्त एनआरएनए जापान समक्ष छ । किनभने यसमा सिधासिधा संस्था र पदाधिकारीका विवरण दुरुपयोग भएको छ ।
यति हुँदाहुँदै पनि मानवियता, बाध्यता, व्यवहारिक कठिनाई अनेक दबाव र प्रभावलाई बहाना बनाई निज अभियुक्त समिर लामालाई जापान प्रहरीमा नबुझाए वा कारवाही अघि नबढाएर नेपाल भाग्न वा भगाउन सहयोग र साक्षी बसेमा अहिलेसम्म एनआरएनए जापानमाथि लागिरहको आरोप केवल आरोपमा मात्र रहनेछैन यसले आरोपितहरुको कुनैन कुनै संलग्नता थियो भन्ने आम बुझाई र आरोप सँधै रहिरनेछ । जसको दाग एनआरएनए जापानले कहिल्यै मेट्न सक्नेछैन ।
समिर लामाको मानव तस्कर धन्धा-एनआरएनए जापान देखि व्यक्तिका कम्पनी पनि छाडेनन्