टोकियो, जापान ।
जापानमा शताब्दी वर्ष पुगेका नागरिकको संख्या बढेर अहिलेसम्मकै धेरै पुगेको छ । ताजा तथ्यांक अनुसार जापानमा १०० बर्ष पुगेका नागरिकको संख्या ९२,१३९ पुगेको छ ।
यसरी शताब्दी पुरा गरेका जनसंख्या मध्ये अधिकाशं महिला रहेको तथ्यांकले देखाएको छ । जापानको कल्याण मन्त्रालयका अनुसार विश्वमै लामो समय बाच्ने आयु भएका नागरिकमा जापानीहरुको औषत आयु ८८.५ बर्ष रहेको छ ।
सन् २०२३ को सेप्टेम्बर १५ सम्ममा १०० वा माथिका उमेरका व्यक्तिहरूको संख्या एक वर्ष अघिको ५३ औं बर्षको लगातार बार्षिक बृद्धिको तुलनामा १६ सय १३ जनाले बढेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले अर्को सोमबार वृद्ध दिवसको बिदाको लागि सम्मान गर्नु अघि यो विवरण सार्वजनिक गरेको हो ।
जापानमा प्रति १००,००० मानिसहरूमा औसत ७३.७४ प्रतिशत शताब्दी वर्षका व्यक्तिहरू रहेका छन् । जुन विश्वको सबैभन्दा धेरै बुढ्यौली जनसंख्या भएको मुलुक मध्ये एक हो ।
जापानमा १०० बर्ष पार गरेका महिलाहरुको संख्या ८१ हजार ५ सय ८९ रहेको छ । यो अघिल्लो बर्षको तुलनामा १४ सय २८ ले बढी हो । जापानको सबैभन्दा वृद्ध महिला ओसाका प्रिफेक्चरकी ११६ वर्षीया फुसा तात्सुमी रहेकी छिन् ।
सन् २०२२ मा जापानी महिलाको औसत आयु ८७.०९ वर्ष रहेको मन्त्रालयले गत महिना जनाएको थियो । पुरुषको औसत आयु जापानमा ८१.०५ रहेको छ ।
१०० बर्ष पुगेका शताब्दी पुरुषको संख्या अघिल्लो बर्षको तुलनामा केवल १८५ ले बढेर १०,५५० पुगेको छ । देशको सबैभन्दा वृद्ध व्यक्ति चिबा प्रिफेक्चरका १११ वर्षीय गिसाबुरो सोनोबे रहेका छन् ।
सन् १९६३ मा पहिलो पटक तथ्याङ्क सङ्कलन गर्दा जापानमा १०० बर्ष पुगेका व्यक्तिहरु १५३ जना मात्र थिए । यो संख्या १९९८ मा १०,००० माथि पुगेको थियो । मुख्यतया चिकित्सा हेरचाह र नर्सिङ सेवाको गुणस्तरिय उपलब्धताका कारण जापानमा धेरै बृद्ध जनसंख्याको बृद्धि भइरहेको छ ।
बढ्दो बृद्ध उमेरका व्यक्तिकै कारण जापानमा बर्षेनी श्रम गर्नसक्ने युवा जनशक्तिको अभावको समस्या बढ्दै गइरहेको छ ।