(Japan) 27 th July | 2026 | Monday | 6:03:58 PM || (Nepal) 2:48:58 PM
 
 

नेन्किन फिर्ताको लागि जापानबाट कस्तो कागजातहरु ल्याउनु पर्छ ?

  POSTED ON : Friday, 08 September, 2023 | Views : 3974

नेन्किन फिर्ताको लागि जापानबाट कस्तो कागजातहरु ल्याउनु पर्छ ?


जापानबाट नेपाल फर्किनु भएको तर नेन्किन बापतको रकम लिन छुट्नु भएका व्यक्तिहरु धेरै हुने गरेको पाइन्छ । यस्तो अवस्थामा के गर्ने भन्ने अन्यौलता हुनु स्वभाविकै हो ।

कतिपय अवस्थामा अन्तिम समयमा भिषा अस्विकृत भइ फर्कनुपर्ने तर समय अभावले प्रक्रिया पुरा गर्न नभ्याउने घटनाहरु पनि हुने गर्दछन् । कतिपय अवस्थामा नेपालमा रहँदा जापान फर्कन नपाएको वा अन्य कारणले नेपाल फर्किएपछि मात्र नेन्किन रकम फिर्ता गर्न प्रक्रिया अघि बढाउनुपर्ने बाध्यता रहन सक्छ ।

जे जस्तो कारणले भएपनि नेपालमा रहँदा पनि आफुले जापान सरकारबाट पाउनुपर्ने नेन्किनको रकम फिर्ता लिन सकिन्छ ।

जसको लागि निम्नलिखित कागजातहरु आवस्यक पर्दछन् 

१. राहदानीको प्रतिलिपि

२. व्यक्तिगत विवरणको पेज

३. पहिलो पटक जापान जादाको भिसा पेज

४. अन्तिम पटक जापानबाट नेपाल फर्कंदा छाप हानेको पासपोर्टको पेज

नोट : जापानबाट प्रस्थानको बेला डिपार्चरमा छाप राम्ररी लिएर आउनु होला 


१. जाईर्यु कार्ड 

२. अगाडी 

३.  पछाडी

४. पेन्सन नेन्किन बुक अथवा कार्ड हुनुपर्छ

https://www.nenkin.go.jp/service/seidozenpan/20131107.html

Moving-out: यदि तपाइको भिसा बाकी छ भने जापानबाट Moving-out (転出届ーてんしゅつとどけ) गरेर आउन जरुरी छ। 

माथि उल्लेखित कागजातहरु भए सजिलै संग तपाइले आफ्नो पेन्सनको मागदाबी गर्न सक्नु हुन्छ । यी कागजातहरु नभएको खण्डमा मागदाबीको आवेदनमा कठिनाईहरु आउन सक्छ । त्यसैले जापान छोड्नु अघि यी कागजातहरु सम्हालेर नेपाल लिएर जानु पर्दछ ।

थप जानकारी सहित नेन्किन सम्वन्धि कुनै समस्या परेमा नेन्किनसेवामा सम्पर्क गर्नु होला। 

फोन नं.: ९७७-९८४७६९१६४२

 Nenkinsewa.com