(Japan) 31 st May | 2026 | Sunday | 1:46:03 PM || (Nepal) 10:31:03 AM
 
 

के जापानमा पार्ट टाईम कामदार वा विद्यार्थीहरूले पेन्सन पाउँछन् ?

  POSTED ON : Friday, 30 June, 2023 | Views : 2760

के जापानमा पार्ट टाईम कामदार वा विद्यार्थीहरूले पेन्सन पाउँछन् ?


टोकियो, जापान ।

हामीले पहिले नै नेन्किन फिर्ता के हो ?जापानमा कति प्रकारका नेन्किनहरू छन् ? भन्ने बारेमा जानकारी गराइसकेका छौं ।

यस शृङ्खलामा हामी पार्ट टाईम अंशकालिन कामदार र विद्यार्थीहरूले उनीहरूको पेन्सन फिर्ता पाउन सक्छन् कि पाउँदैनन् भनेर हालसम्म उपलब्ध नियमहरुको बारेमा जानकारी गराउँदैछौं ।

जापानमा २० देखि ६० वर्ष उमेरका हरेक बासिन्दाले राष्ट्रिय पेन्सन 国民年金 (कोकुमिन नेन्किन) वा कर्मचारी पेन्सन 厚生年金 (कोउसेइ नेन्किन) तिर्नु पर्छ ।

जापानमा काम गर्ने जो कोहिले पनि आफ्नो भिसाको स्थितिमा बाधा नआओस् भनेर आफ्नो क्युर्योउ मेईसाई हेरेर आफूले के तिर्दै हुनुहुन्छ भन्ने बारे सचेत हुनुपर्छ ।

हरेक पार्ट टाईम कामदार, विद्यार्थी, जागिरवाला, स्वरोजगार र स्वतन्त्र व्यक्तिले आफ्नो पेन्सन तिर्नु पर्छ ।


'कुक' पेशा

यदि तपाई नेपाली, ईण्डियन रेष्टुरेण्टहरु सहित अन्य होटल, रेष्टुरेण्टमा काम गर्ने कुक हुनुहुन्छ भने, तपाइको कम्पनीले तपाईको तलबबाट पेन्सन तिरिदिएको हुन्छ वा तिरिदिनुपर्छ । तर कतिपय अवस्थामा, तपाइको कम्पनीले पेन्सन भुक्तान गरिदिएको हुदैन । यस्तो अवस्थामा तपाईले तपाईको तलब दिएको कागजबाट भुक्तानी गरिरहनुभएको छ वा छैन भनेर थाहा पाउनु पर्छ । यदि तिरिएको छैन भने, तपाईले आफ्नो सहरको नगरपालिका कार्यालयमा गएर पेन्सन तिर्नको लागि आवेदन दिनु पर्ने हुन्छ ।


पार्ट टाइम कर्मचारी

यदि तपाई पार्ट टाइम कर्मचारी हुनुहुन्छ भने, तपाईले आफ्नो नगरपालिका कार्यालयमा आवेदन दिएर आफ्नो राष्ट्रिय पेन्सन तिर्नुपर्छ । तपाईको कम्पनीले पेन्सन तिरिदिएको छ वा छैन भनेर क्यूर्योउ मेइसाईबाट थाहा पाउन सकिन्छ ।


विद्यार्थी

यदि तपाई विद्यार्थी हुनुहुन्छ भने विद्यालयमा भर्ना भएपछि विशेष आवेदन फाइल गर्नुभयो भने तपाईलाई पेन्सनको लागि भुक्तान गर्न छुट हुन्छ । अर्थात् विद्यार्थीको रुपमा तपाईंले पेन्सन नतिरिकन छुट पाउन सक्नुहुन्छ । छुटको लागि आवेदन फारमको बारेमा विस्तृत जानकारीको लागि, स्कूल वा जापान पेन्सन सेवामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

तर तपाईले आवेदन भर्दा खेरि तपाईको आधारभूत पेन्सन नम्बर तपाईसँग सुरक्षित राख्न नभुल्नुहोला ।

जब सम्म तपाई आधिकारिक रुपमा पेन्सनको भुक्तानीमा छुट पाउनु हुन्न, कुक, पार्ट टाईम कर्मचारी र विद्यार्थीहरुले कर्मचारी पेन्सन अथवा राष्ट्रिय पेन्सन तिर्ने पर्ने हुन्छ । यदि तिर्नु भएन भने भविस्यमा गएर तपाईको भिसा स्तिथिमा नकारात्मक असर पर्न जान्छ ।

अप्रिल २०२३ देखि मार्च २०२४ सम्म, राष्ट्रिय पेन्सन प्रति महिना १६,५२० येन रहेको छ । प्रत्येक महिनाको लागि भुक्तानी हरेक महिनाको अन्त्यमा गर्नुपर्ने हुन्छ ।

पार्ट टाईम कर्मचारी र विद्यार्थीहरूले भुक्तान गरेको राष्ट्रिय पेन्सन फिर्ताको लागि आवेदन दिन सक्छन् ।
...
निःशुल्क परामर्श, 
थप जानकारीको लागि नेन्किनसेवामा सम्पर्क गर्नु होला ।

फोन नं.: +९७७ ९८४७६९१६४२

वेबसाइट : Nenkinsewa.com