(Japan) 31 st May | 2026 | Sunday | 2:35:47 PM || (Nepal) 11:20:47 AM
 
 

कसरी पढ्ने क्युर्योउ मेसाई ? (भाग २)

  POSTED ON : Tuesday, 30 May, 2023 | Views : 7532

कसरी पढ्ने क्युर्योउ मेसाई ? (भाग २)


क्यूर्योउ मेइसाई भनेको एक सूचना हो, जसले भुक्तान गरिएको तलब र कटौतीको रकमको सारांश दिन्छ।


 1. 基本給ーきほんきゅうーकिहोनक्यू ー Basic Salary

नेपालीमा येसलाई आधारभूत तलब भनिन्छ। 

आधारभूत तलबले तपाइको बोनस निश्चित गरेको हुन्छ। 

तपाईंले कर्मचारी करारबाट आफ्नो आधारभूत तलब गणना गर्नुपर्छ, यदि त्यहाँ गल्ती छ भने, तपाईंले कम्पनीलाई तुरुन्तै यसको बारेमा भन्नुपर्छ। यदि तपाईंले केही भन्नुभएन भने यसले तपाईंको भविस्यमा भिसालाई असर गर्न सक्छ।


2. 固定残業手当ーこていざんぎょうてあてーकोतेइ जान्ग्यो तेआतेー Fixed Overtime Allowance

नेपालीमा 'निश्चित ओभरटाइम भत्ता' भनिन्छ।

कम्पनीको सम्झौतामा तपाइले हरेक महिना कति घण्टा ओभरटाइम गर्नु हुन्छ भनेर निश्चित गरेको हुन्छ। 

उदाहरण: येदि तपाइको कम्पनीको सम्झौतामा महिनाको २० घण्टा ओभरटाइम उलेक्खित गरेको छ र तपाइले त्यो महिना १८ घण्टा मात्रै ओभरटाइम गर्नु भयो भने तपाइले पुरा तलब पाउनु हुन्छ र येदि २५ घण्टा गरिएको छ भने ५ घण्टाको पैसा थप गरेर तपाइको तलबमा जोडिएको हुन्छ। 

 

3. 介護保険ーかいごほけんーखाईगो होकेनー Nursing Care Insurance

यसलाई नेपालीमा दीर्घकालीन हेरचाह बीमा भनिन्छ।  

यो ४० वर्ष र माथिको उमेरले मात्रै तिर्नु पर्ने बीमा हो। 

यो बीमामा, बुढेसकालमा तपाईलाई येदि नर्सिङ हेरचाह वा सहयोग चाहिन्छ भने सरकारले उपलब्ध गराउने बिमा हो। 


4. 健康保険ーけんこうほけんーकेन्कोउ होकेनー Health Insurance

नेपालीमा यसलाई स्वास्थ्य बिमा भनिन्छ।  

स्वास्थ्य बीमा प्रणाली एक सार्वजनिक चिकित्सा बीमा प्रणाली हो जसले बिरामी, चोटपटक लागेमा केहि प्रतिशत छुट पाइन्छ।  

उदाहरण: येस बिमामा सरकारले ७०%को पैसा तिरिदिनु हुन्छ र बाकी भएको ३०% चाही हामीले तिर्नु पर्ने हुन्छ। उमेर अनुसार बिमाको सुविधा फरक हुन्छ। 

त्येसैले यो हरेक व्येक्तिले तिरेको हुनु पर्छ। 


5. 厚生年金ーこうせいねんきんーकोउसेइ नेन्किनー Employee’s Pension

नेपालीमा यसलाई "कर्मचारीको पेन्सन" भनिन्छ।

फुल टाइमहरुले काम गर्दा तपाइको तलबबाट पेन्सन काटिएको हुन्छ। कम्पनीमा काम गर्नेहरुले जति नेन्किन तिरेको हुन्छ । त्येसको समान रकम कम्पनीहरुले पनि हालीदिन्छ। 

उदाहरण: येदि तपाइको तलबबाट रु.२०,००० काटेको छ भने, कम्पनीले पनि रु.२०,००० थप तपाइको पेन्सन तिरिदिएको हुन्छ। त्येसैले महिनामा तपाइको नेन्किनको रकम रु.४०,००० पेन्सन फन्दमा भुक्तानी गरिएको हुन्छ।  


6. 雇用保険ーこようほけんーकोयोउ होकेनー Employment Insurance 

कोयोउ होकेन भनेको रोजगार बीमा हो। 

रोजगारी बीमा प्रणाली भनेको रोजगारी कायम राख्ने र कर्मचारीको जीवनमा स्थिरता ल्याउने बिमा प्रणाली हो । यदि कुनै कर्मचारीले आफ्नो काम गुमाउनु भयो भने, उनीहरूले पुन: रोजगारीको लागि सहयोग र लाभहरू प्राप्त गर्न सक्छन्।

यो बीमा प्राप्त गर्नको लागि विभिन्न परिस्थितिहरू हुन्छन् । येदि तपाइको परिस्थिति मिल्यो भने हरेक महिना केहि प्रतिशतको तलब प्राप्त गर्न सक्नु हुन्छ। 


7. 所得税ーしょとくぜいーस्योतोकुजेइー Income Tax

नेपालीमा येसलाई आयकर भनिन्छ। 

आयकर एक कर हो जुन तपाईंले आफ्नो तलब अनुसारले तिर्नु पर्ने हुन्छ।  

येदि तपाइको तलब बढेको छ भने, तपाइले तिर्नु पर्ने आयकर पनि बढ्छ। 


8. 住民税ーじゅうみんぜいーज्यूमिनजेइー Resident Tax

येसलाई नेपालीमा निवासी कर भनिन्छ। 

यो तपाई बस्नु भएको क्षेत्र अनुसार फरक हुन्छ। 

कैले कहिँ यो कम्पनीले तिरेको हुदैन, नतिरेको क्षेत्रमा हजुरले आफ्नो नजिकको कुयाकुस्यो अथवा सियाकुस्योमा रकम बुझेर तिर्नु पर्ने हुन्छ। 


9. 出勤日数ーしゅっきんにっすうーस्युक्किन निस्सुउー Total Work Days

येसको नेपाली अर्थ काम गर्ने दिनहरुलाई भनिन्छ। 


10. 支給ーしきゅうーसिक्यू ーIncome

नेपालीमा येसलाई प्रावधान भनिन्छ। 

यसमा महिनाको तलब, ओभरटाइम भुक्तानी, र तपाईंको सम्झौतामा समावेश गरिएका भत्ताकोबारे लेखिएको हुन्छ। 


11. 控除ーこうじょーकोज्यो ーDeduction

येसलाई नेपालीमा कटौती भनिन्छ। 

विभिन्न कर र होकेनहरु तिर्नको लागि तपाईंको तलबबाट मासिक रूपमा कटौती गरिएको हुन्छ। 


12. 差し引き支給額ーさしひきしきゅうがくーसासिहिकी सिक्यू गाकु -Net Income

नेपालीमा कटौती पछिको रकम भनिन्छ। 

तपाइको तलबबाट करहरु र होकेनहरु कटौती गरिसके पछि कम्पनीले भुक्तानी गरेको रकम हो जुन तपाइको बैंकमा जम्मा हुन्छ। 


अर्को हप्ता: जापानमा कति प्रकारको नेन्किन हुन्छन्? म कुन नेन्किन तिर्दै छु त?

...

जापानमा नेन्किन (पेन्सन) के हो, कसरी प्राप्त गर्ने ? (भाग १)
थप जानकारीको लागि नेन्किनसेवामा सम्पर्क गर्नु होला। 

फोन नं.: +९७७ ९८४७६९१६४२ 

Nenkinsewa.com


सम्बन्धित सामग्री: