जापान ।
जापानमा अहिले विवाहप्रति मानिसहरुको रुची घट्दो छ । यसको असर सिधैं जन्मदरमा देखिएको छ ।
सरकार बालबालिका हुर्काउन घरपरिवारलाई टेवा दिएर होस् वा अन्य उपायहरु अपनाएर होस् जन्मदर उकास्न चाहन्छ । बिहे र जन्मदर घट्नुको कारण तपाई के ठान्नु हुन्छ ?
जापानका स्थानीय विद्यानसभाका एक सदस्यले भने रोमान्स गर्ने क्षमता घट्नु विवाह र सन्तानोत्पादनप्रति अनिच्छाको कारण बताएका छन् । फेब्रुअरी २४ मा मेई प्रिफेक्चरल विधानसभामा लिबरल डेमोक्रेटिक पार्टीका सदस्य नारिसे इशिदाले यस्तो भनेका हुन् ।
उनले प्रिफेक्चरल सरकारसँग सर्वेक्षण गरेर स्थानीय बासिन्दाहरुको रोमान्टिक क्षमता विश्लेषण गर्न माग समेत गरेका छन् । ‘बच्चा जन्माउन पैसा चाहिने भएर जन्मदर घटेको होइन।’ इशिदाले भनेका छन् ।
समस्या भनेको विवाहअघि प्रेम र रोमान्सलाई निषेध गरिनु भएको उनको दाबी छ । घट्दो जन्मदरविरुद्धको उपायहरुबारे सोच्दा यस कुरालाई विचार गर्नु पर्ने पनि उनले बताए । उ
नले रोमान्टिक क्षमता ठ्याक्कै के हो भनेर चाँहि भनेका छैनन् । यो नितान्त व्यक्तिगत कुरा भएकोले आफूहरुले रोमान्टिक क्षमता के हो भनेर सचेतना जगाउन जरुरी भएको प्रिफेक्चरल सरकारको रणनीतिक योजना निर्देशक आकिरा यासुईले भनेका छन् ।
विगतमा भएको सर्वेक्षणमा रोमान्स गर्न आफूमा आत्मबल नभएको, विपरित लिंगीसँग आफूलाई अप्ठ्यारो लाक्ष्ने लगायतका उत्तरहरु पाइएको थियो ।