टोकियो, जापान ।
जापान सरकारले कोरोना भाइरसको महामारीका कारण आम्दानी गुमाएकाहरुलाई विभिन्न आर्थिक राहत दिंदै आइरहेको छ । यस्ता आर्थिक राहतका विभिन्न शिर्षकमा आवेदन दिने म्यादहरु थप गरिएको छ ।
आमाबाबु वा अभिभावकहरूको लागि अनुदान
यस शिर्षकमा आवेदनको अवधि जून २०२२ को अन्त्यसम्म विस्तार गरिएको छ ।
प्राथमिक विद्यालय बन्द भएका कारण बालबालिकाको हेरचाह गर्नको लागि काम छोड्न बाध्य भएका अभिभावक वा अभिभावकहरूले यस शिर्षकमा अनुदान पाउन आवेदन दिन सक्छन् ।
व्यवसाय संचाकलहरूलाई अनुदानहरू उपलब्ध गराइन्छ, जसले आफ्ना कर्मचारीहरूलाई, पूर्ण समय वा आशिंक समय, उनीहरूको वार्षिक रुपमा पाउने भुक्तान बिदा भन्दा बाहिर विशेष तलब सहितको बिदा लिन्छन् ।
व्यक्तिगत अनुबन्ध गरिएका कामदार वा पार्टटाईम कामदारहरूलाई पनि अनुदानहरू प्रदान गरिन्छ ।
सोधपुछको लागि, ०१२०-६०-३९९९ मा साताको दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेको बीचमा फोन गरेर विस्तृत जानकारी लिन सकिनेछ ।