टोकियो, जापान ।
जापानमा कोरोना भाइरस विशेषज्ञहरुले मास्क लगाउने बारेमा नयाँ सल्लाह दिएका छन् । उनिहरुका अनुसार यस्ता कयौं स्थान छन्, जहाँ मास्क लगाउन आवश्यक छैन ।
स्वास्थ्य मन्त्रालयको विशेषज्ञहरुका अनुसार जब तपाई घरबाट बाहिर एक्लै हुनुहुन्छ, तपाईं नजिक कोहिपनि कुरा गरिरहेका छैनन् भने मास्क लगाउन आवश्यक छैन ।
विज्ञहरुले भनेका छन् कि मानिसहरुबिच २ मिटरको सामाजिक दूरी कायम भएको अवस्थामा पनि सामान्यत मास्क नलगाएपछि हुन्छ ।
तर स्वास्थ्य विशेषज्ञहरुले घर बाहिर रहेपनि कुराकानीको समयमा तथा सार्वजनिक सवारीका साधन एवं वन्द कोठा भित्र अन्य व्यक्तिहरुको साथमा रहँदा भने मास्क लगाउन आवश्यक रहेको बताएका छन् ।
विशेषज्ञहरुले साना बालबालिकाहरुलाई पनि मास्क लगाउन सल्लाह दिएका छन् । उनिहरुले २ बर्ष भन्दा माथि उमेरका बालबालिकाहरुले पनि माथि उल्लेखित अवस्थाहरुमा मास्क लगाउँदा उत्तम हुने सुझाव दिएका छन् ।
तर विशेषज्ञहरुले मास्क लगाउँदा बालबालिकाको बृत्तिविकास प्रभावित हुन सक्ने तथा गर्मि तथा पसिनाबाट खतरा हुनसक्ने आशंका सहित सजक रहन आग्रह गरेका छन् ।