टोकियो, जापान ।
जापानले आगामी महीनादेखि जापान प्रवेश थप खुकुलो बनाउने अन्तिम तयारी गरेको छ । जुन १ तारिखदेखि हाल १० हजार रहेको दैनिक आगन्तुकको सीमा बढाएर जापानले २० हजारमा पुर्याइदैछ ।
प्रवेश थप सहज बनाउन कोभिड संक्रमण न्यून रहेका र कोभिड भिरुद्धको खोपको बुस्टर मात्रा धेरै लगाएका एक सय देशबाट आउने यात्रीहरुको विमानस्थलमा पीसीआर परीक्षण हटाइने बताइएको छ ।
दैनिक आगन्तुकको संख्या बढाउने योजना अगाडि बढाइएकै समयमा सरकारले विमानस्थलमा पीसीआर परीक्षण हटाएर यात्रा सामान्य र सहज बनाउन खोजिरहेको छ ।
यो सूचिमा कुन कुन देशलाई राख्ने भन्नेबारे विज्ञ तथा सरकारी निकायहरुसँग छलफल भइरहेको र रकोरोना भाइरसको संक्रमण न्यून भएका देशबाट आउने यात्रीहरुको पीसीआर परीक्षण र क्वारन्टिन पूर्ण रुपमा हटाइने भन्दै जापानी सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।
कोभिड विरुद्धको खोपको तेस्रो मात्रा लगाएकाहरुको पीसीआर परीक्षण र होम क्वारिन्टिन हटाइने भन्दै केही दिन अघि मात्रै समाचार सार्वजनिक भएका थिए । पीसीआर देखि नेपाल लगायत देशहरु क्वारन्टिन छूट पाउने देशमा अमेरिका लगायत देशहरु हुन सक्ने बताइएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जापानले लामो समयसम्म सीमामा कडाई गरेको थियो । चर्को आलोचना पछि मार्चदेखि सीमा खुकुलो बनाउने मामिलामा सरकारले लचकता देखाउँदै आइरहेको छ । अहिलेसम्म पयर्टकहरुको मामिलामा अनुदार देखिएको सरकारले आगामी महिनादेखि अमेरिका, अष्ट्रेलिया समेतका ४ देशबाट स–सानो समूहमा आउने पयर्टकलाई प्रवेशको अनुमति दिने तयारी तीव्र पारेको छ ।