(Japan) 17 th September | 2026 | Thursday | 10:19:49 PM || (Nepal) 7:04:49 PM
 
 


नेपाल एयरलाइन्सको नारिता उडान २१ तारिखसम्म रद्द, अर्को उडान अनिश्चित

  POSTED ON : Friday, 18 September, 2026 | Views : 158

नेपाल एयरलाइन्सको नारिता उडान २१ तारिखसम्म रद्द, अर्को उडान अनिश्चित


टोकियो, जापान ।

नेपाल एयरलाइन्सले प्राविधिक समस्याका कारण जापानको नारिता विमानस्थलमा हुने नियमित उडानहरू रद्द गरिएको जानकारी दिएको छ । एयरलाइन्सले सेप्टेम्बर १७, २०२६ मा सूचना जारी गर्दै काठमाडौं, नारिता, काठमाडौं रुटका निर्धारित केही उडान रद्द भएको जनाएको हो ।

नेपाल एयरलाइन्सका अनुसार अपरिहार्य तथा नियन्त्रण बाहिरका कारण विमान सञ्चालनमा समस्या आएको हो । विमानलाई पुनः उडानयोग्य बनाउन एयरलाइन्सको इन्जिनियरिङ टोलीले निरन्तर काम गरिरहेको भए पनि समस्या पूर्ण रूपमा समाधान गर्न थप केही दिन लाग्न सक्ने जनाएको छ ।

यात्रुहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै उडान रद्द गर्ने निर्णय गरिएको एयरलाइन्सले जनाएको छ । प्रभावित यात्रुहरूलाई आफ्नो यात्रा योजना सोहीअनुसार मिलाउन समेत अनुरोध गरिएको छ ।


रद्द भएका उडानहरू

नेपाल एयरलाइन्सले जारी गरेको सूचनाअनुसार :


काठमाडौं–नारिता उडान

सेप्टेम्बर १७, २०२६

सेप्टेम्बर १८, २०२६

सेप्टेम्बर २०, २०२६


नारिता–काठमाडौं उडान

सेप्टेम्बर १८, २०२६

सेप्टेम्बर १९, २०२६

सेप्टेम्बर २१, २०२६

प्रभावित यात्रुलाई तीन विकल्प

उडान रद्द भएपछि यात्रुलाई सहज बनाउन नेपाल एयरलाइन्सले वैकल्पिक रुटमार्फत पुनः यात्रा गराउने, बिना अतिरिक्त शुल्क उडानको मिति परिवर्तन गर्ने तथा टिकटको रकम फिर्ता गर्ने सुविधा उपलब्ध गराउने जनाएको छ ।

एयरलाइन्सको रिजर्भेसन तथा बिक्री टोलीले प्रणालीमा उपलब्ध यात्रुहरूको सम्पर्क नम्बरमार्फत व्यक्तिगत रूपमा सम्पर्क गर्ने प्रयास गर्ने जनाएको छ । सम्पर्क हुन नसकेका यात्रुहरूलाई नयाँ यात्रा मिति वा अन्य व्यवस्थाका लागि नेपाल एयरलाइन्सको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


थप जानकारीका लागि सम्पर्क

नेपाल एयरलाइन्सले यात्रुहरूलाई निगमको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित रूपमा नयाँ सूचना हेर्न आग्रह गरेको छ।



तत्काल सम्पर्क:

नेपाल: +977 01-5718538, 5718539, 5718542 / 5718543

नारिता: +81 90 9826 8206


इमेल:

nac_nrt@nac.com.np

sales@nac.com.np


नेपाल एयरलाइन्सले नारिता उडान रद्द हुँदा यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै प्रभावित यात्रुलाई आवश्यक सहजीकरण गर्ने जनाएको छ । तर २१ तारिखसम्म उडान रद्द गरेको नेपाल एयरलाईन्सले अब कहिलेबाट नियमित उडान हुन्छ भन्ने स्पष्ट जानकारी भने दिएको छैन ।

नेपालीहरुको मुख्य चाडपर्व बडा दशैं र तीहारको मुखमा नेपाल एयरलाईन्सको एकमात्र वाइडबडी जापानको नारिता बिमानस्थलमा आएर विग्रिएर थन्किँदा सिधा हवाई उडान मात्रा यात्रा गर्न हवाई टिकट काटेका हजारौं यात्रु प्रभावित भएका छन् भने नेपाल एयरलाईन्सको करिव एक साताको अवधिमै करोडौं घाटा व्यहोर्ने भएको छ ।