(Japan) 17 th August | 2026 | Monday | 10:54:15 AM || (Nepal) 7:39:15 AM
 
 


जापानमा चामलसहित खाद्यान्नको मूल्य फेरि बढ्न थाल्यो

  POSTED ON : Sunday, 28 September, 2025 | Views : 746

जापानमा चामलसहित खाद्यान्नको मूल्य फेरि बढ्न थाल्यो


टोकियो, जापान ।

जापानमा राजधानी शहर टोकियो सहित देशभर फेरी महँगी बढ्न थालेको छ । 


बिगत केहिमहिना मुल्य बृद्दि स्थिर जस्तो देखिएपनि आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार, मूल उपभोक्ता मूल्य सूचकाङ्क गएको अगस्ट महिनामा अघिल्लो वर्षको त्यहि महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ ।


सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचकाङ्क १०० मा रहँदा यस पटकको सूचकाङ्क ११० पुगेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । टोकियोमा खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ । ताजा वस्तुहरूबाहेक प्रशोधित खाद्य वस्तुको मूल्य ६.९ प्रतिशतले बढेको छ ।


मुख्यगरी चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । 


टोकियो महानगरपालिकाले चालू सेप्टेम्बर १७ तारिखदेखि बालबालिका स्याहार शुल्क मिनाहा गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशतको कमी आएको छ ।


टोकियोको मूल्य सूचकाङ्कलाई जापानभरको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतका रूपमा लिइन्छ । तर सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क अर्को महिना अक्टोबर २४ मा सार्वजनिक हुनेछ ।