(Japan) 13 th November | 2025 | Thursday | 8:27:24 PM || (Nepal) 5:12:24 PM
 
 


अमेरिकाले जापानी गाडिमाथिको कर १५ प्रतिशतमा घटायो

  POSTED ON : Tuesday, 16 September, 2025 | Views : 312

अमेरिकाले जापानी गाडिमाथिको कर १५ प्रतिशतमा घटायो


टोकियो, जापान ।

अमेरिकाले मंगलबारदेखि जापानबाट आयात हुने कारहरूमा लाग्ने भन्सार कर १५ प्रतिशतमा घटाउने घोषणा गरेको छ ।

अमेरिकाले जापानबाट आयात हुने गाडीहरूमा लगाइने कर दरलाई २७.५ प्रतिशतबाट १५ प्रतिशतमा घटाएको छ। यो नयाँ नियम मङ्गलबार देखि लागू भएको छ ।

नयाँ दर हालको २५ प्रतिशत भन्सार करलाई आधा घटाएर १२.५ प्रतिशतमा र २.५ प्रतिशत लेवी थपेर गणना गरिएको बताइएको छ । 

१५ प्रतिशतभन्दा माथिको भन्सार करको अधीनमा रहेका जापानी उत्पादनहरूमा यो लेवी लागू हुनेछैन ।

यो कदमले दुवै देशबीचको व्यापारिक सम्बन्धलाई केही सहज बनाएको छ । यद्यपि, यो कर दर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढाउनुअघिको २.५ प्रतिशतको तुलनामा ६ गुणा धेरै हो । जसले गर्दा जापानी गाडी निर्माताहरूले अझै पनि चुनौती सामना गर्नुपर्ने छ ।

यो कटौतीले अन्य जापानी सामानहरूमा लाग्ने करमा पनि प्रभाव पार्नेछ ।