(Japan) 31 st May | 2026 | Sunday | 5:44:28 AM || (Nepal) 2:29:28 AM
 
 

जापानी प्रविधिबाट नेपालमै अर्गानिक मल उत्पादन सुरु

  POSTED ON : Friday, 16 May, 2025 | Views : 710

जापानी प्रविधिबाट नेपालमै अर्गानिक मल उत्पादन सुरु


काठमाडौं, नेपाल ।

जापानी प्रविधिबाट नेपालमै अर्गानिक मल उत्पादन सुरु भएपछि किसानका लागि नयाँ आशा पलाएको छ ।

लामो समयदेखि अत्यधिक रासायनिक मलको प्रयोगले नेपालको माटो कमजोर हुँदै गएको छ । तत्काल उत्पादन बढेपनि माटोको उर्वराशक्ति दिनदिनै खस्किँदै गएको बेला, जापानी प्रविधिबाट नेपालमै उत्पादन भएको अर्गानिक दानेदार मल किसानका लागि नयाँ आशा बनेको हो ।

रूपन्देहीमा उत्पादन भएको रत्नम अर्गानिक दानेदार मल अर्गानिक तत्वहरूको संयोजनबाट बनेको छ। जसमा निम खली, बोन मिल, सूक्ष्मजीवयुक्त पदार्थ, फास्फोरस, पोटासियम र विभिन्न सूक्ष्म पोषक तत्व मिसाइएको छ। 

यो मलमा बिरूवालाई चाहिने १४ वटा तत्व छन । यसले माटोलाई बलियो बनाउने, बिरूवा स्वस्थ राख्ने र उत्पादन बढाउने भएकाले किसानमाझ लोकप्रिय बन्दै गएको छ । अर्गानिक मलले बिस्तारै काम गर्छ, तर माटोको गुणस्तर सुधार्छ। 

पानी थाम्ने क्षमता, रोग सहन शक्ति, र सूक्ष्मजीवको संख्या बढाउँछ । पछिल्लो समय किसानहरट्लेठ तरकारी र गहुाँ बालीमा रत्नम मल प्रयोग गर्दा उत्पादन बढेको बताए । यो मल एक बालीमा एक चोटी प्रयोग गरे पुग्छ । जसले किसानको लागत समेत घटाएको छ ।

बजारमा प्रमाणित नगरेका र पोषक सन्तुलन नभएका अर्गानिक मलले किसान ठगिएका छन । यो मल जापानी प्रविधिबाट बनेको हो । रासायनिक मलजस्तै तुरून्त असर नदेखिए पनि दीर्घकालीन असर निकै राम्रो छ । 

दैनिक दुई सय मेट्रिक टन मल उत्पादन गर्ने क्षमता भएपनि हाल यो उद्योग ४० प्रतिशत क्षमतामा चलिरहेको छ । माग बढेपछि उत्पादन बढाउने तयारीमा उद्योग छ । सरकारले नीति परिवर्तन गरे अर्गानिक मलको प्रयोग बढ्ने कृषि विज्ञहरूको विश्वास छ ।

नेपालमा हरेक वर्ष अरबौं रूपैयाँको रासायनिक मल आयात हुन्छ । जसले उत्पादन त दिन्छ, तर माटो बिगार्दिन्छ । अर्गानिक मल वातावरणमैत्री, दीर्घकालीन असर कम हुने र स्वदेशी समाधान हो ।