(Japan) 30 th November | 2022 | Wednesday | 1:16:26 PM || (Nepal) 10:01:26 AM
 
 

‘अधिकांश युट्युबे : लगाम बिनाको रातो घोडा’ अनि टिकटक र फेसबुके ?

  POSTED ON : Saturday, 12 March, 2022 | Views : 2402

‘अधिकांश युट्युबे : लगाम बिनाको रातो घोडा’ अनि टिकटक र फेसबुके ?


सुचना प्रबिधीको बिकाशले सन्सार ‘एकै छानो मुनीको घर’ जस्तै भएको बर्तमान दुनिया अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टुमा चिट्ठी पत्र बाधिदिएर “लैजा चरी हावा सरी” भनेर आसे भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन ।

श्रीमती गर्भवती भएको खबर सहितको चिट्ठी ससुराली पठाएको ज्वाइले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जादा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको बिलम्ब सेवा पनि अबको पुस्तालाई केवल एकादेशको कथा जस्तै लागिसकेको छ । हिजो जसरी सुचना गुमराहमा बस्नु पर्ने अवस्थामा छैनौ हामी आजका दिनमा । २००७ साल मा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनता ले २००८ सालको अन्त्य तिर सुनेका थिए रे ।

प्रबेशिका परिक्षाको नतिजा हेर्न हिजो केवल एक मात्र सरकारी समाचार पत्र थियो, नतिजा आएको एक साता भन्दा पछी सदरमुकाम  पुगेर गएर पत्रीका ल्याए पछी मात्र जानकारी पाइन्थ्यो । धेरै पनि भएकै छैन , केहि बर्स कै अन्तरालमा सन्चार जगतले हाम्रो देश मा यत्ती छिटो पाइला चालिरहेको छ कि, यसले अन्य धेरै पुर्वाधारका सुचकाङ्कलाई समेत पछी पार्दै आफुलाई अब्बल साबित गरेको छ ।

 हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा त यसले यत्ती चाडो आफ्नो प्रभाव बिस्तार गरेको छ भने झन बिकशित मुलुकहरुमा सुचना प्रबिधीको बिकाश कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौ । आज यहाँ प्रस्तुत गर्न लागिएको बिसय भनेको युट्युब मिडिया अनि यसले समाजमा फैलाईरहेको बिकृती सङ समबन्धित छ । 

यो ट्रेन्ड नेपालमा मात्र हो त भनेर बुझ्दै जादा यसले सारा बिश्व भरी नै ‘बेतुक’ को खबरलाई चाडो फैलाउने (भाइरल्) हुने प्रबृत्ती रहेको पाइयो । जुन कुराको नियमन गर्न धेरै मुलुकहरुले प्रबावकारी सम्यन्त्र नै बनाएर परिचालन गरिसकेको र यस्ता किसिमका अफवाह फैलाउने काम गर्ने सबै सामाजिक सन्जाल , हरुलाई कारवाही गर्ने गरेको पाइयो ।

 वास्ताबिक सुचनालाई अनावस्यक रङ लगाइ अनेकौ फुल बुट्टा भरेर कुन सब्द , शिर्शकले तुरन्तै कौतुहलता देखाउछन , त्यो शिर्शक लेखी भित्र बेतुकको समाचार सामाग्री राख्ने मुलुकमा सायद हाम्रो नाम अग्रपङ्ती मै सायद आउछ होला ।

के यि अफवाह कै निमित्त मात्र यस्ता सामाजिक सन्जालको प्रार्दुभाव भएको हो त ? यि र यस्ता बिसयमा कलम चलाउनु अघी यसको इतिहास अध्य्यन गर्नु आवश्यक भएको हुँदा मैले बुझे सम्म देहाय अनुसारका लागी यस्ता केहि तीन महत्वपुर्ण  सन्जालको बिकाश भएको पाइयो:-


फेसबुक :-

युवा विद्यार्थी जुकर्वर्कले सन २००५ मा आफ्ना हाराएका प्रियजन भेट्न सकिन्छ कि भन्ने हेतुले स्थापना गरेका एक गुगल इन्जिनले अत्यन्तै छोटो समय मै यत्ती लोकप्रियता हासिल गर्‍यो कि आज बिस्वको १ दसमलब ७ बिलियन  जनसङ्ख्याले यो सेवाको प्रयोग गरिरहेको पाइएको छ ।

सन २००७ मा यसको ब्यापक सम्भावना देखेर बिश्वको ठुला औध्योगिक घराना माइक्रोसफ्टले यो सन्जाल आफैले खरिद गरी यसका सन्स्थापकलाई नै प्रमुख बनाएर सेवा प्रवाह गर्न लागे पछी भने त्यी युवा विद्यार्थीले कहिलै पछाडी फर्केर हेर्नु परेन यानिकी यसले यत्ती चाडै छलाङ मारेर एक कोशेढुङ्गा नै साबित गरी दियो । समाजिक सन्जाल मध्य सबै भन्दा लोकप्रिय यो सन्जाल बनाउने बिद्यार्थी हिजो कलेज फी तिर्न पार्ट टाइम काम गर्ने गरेकोमा अहिले फोर्ब्स म्यागजिनका अनुसार उनि बिश्वको पाचौ धनी ब्यक्ती भित्र परेका छन ।  


टिकटक: 

लिप सिङ सँगइ भिडियो बनाएर मनोरन्जन गर्ने हेतुले  यसको सेवाको स्थापना सन् २०१६ मा चिनिया नागरिक झाङ यिमिङले गरेका थिए । स्थापनाको सुरुवाती मै सम्भवत यसले ज्स्ती ब्यापकता अरु ले पाउन सकेको छैन सायद ।

यस आर्थीक बर्शमा यो एप्सले सन्सारको सबै भन्दा धेरै मानिसहरुको मन जितेको कुरा उल्लेख  भए सँगइ यो एप्सले फेसबूक कम्पनीलाई उछिन्दै सबै भन्दा बढी आम्दानी गर्ने कम्पनी बन्न सफल भएको छ । एक प्रतिवेदन अनुसार हाल यसमा ७९८ मिलियन मानिस हरुले आफ्नो खाता खोलिसकेका छन भने सन २०२१मा यसले १३२. ९ मिलियन अमेरिकि डलर मुनाफा आर्जन गरेको थियो । 


युट्युब :-

सन २००५ मै हुर्लेर्ल्री चेड हर्ली, स्टीब चेन अनि जावेद कारीम नामक एप्पल कम्पनीका दिग्गज आइटी इन्जिनियरहरुको संयुक्त पहल कदमीमा यसको सुरुवात अथवा आबिस्कार भएको मानिन्छ । फेब्रुअरी १४ यानिकी प्रणय दिवशका दिन डेटिङ साइट्का लागी बनाएको यस साइट ले पनि स्थापना को छोटो समय मै समय मै यसले पनि आफ्नो बिकासमा फेसबूकले झै छलाङ नै मारेको छ ।

स्थापना कै १८ महिना पस्चात गूगल जस्तो प्रसिद्द इन्जिनले यो खरिद गरेपश्चात यसले दिन दुइ गुणा रात चौगुणा ब्यपकता पाएको हो । एक सर्बे अनुसार हाल युट्युबमा दैनिक सरदर एक करोड भिडियो अपलोड हुने गर्दछ भने हाल यसको प्रयोगकर्ता डेड अरब भन्दा माथी रहेको छ । 

तर तत्समय तत्कार्यका लागी स्थापना भएका यस्ता सन्जालहरु मध्य हाम्रो मुलुकमा आइपुग्दा युट्युब मिडियाहरुले पस्कने अतिरन्जना सहितको बेतुके खबरले जग हसाइ भइरहेको छ । के भन्दा चाही धेरै भन्दा धेरैले त्यो हेर्छन अनि आफ्नो भ्युज र सब्स्क्राइब बढ्छ , त्यस्तै त्यस्तै ‘पाङ न पुच्छर’ का शिर्शक राखेर अतिरन्जना सहित खबर सम्प्रेशण गरिरहदा बिपदको बेलामा जनताहरु थप अन्यौलमा हुने र झन डर चिन्ता थपिने गर्दछ ।

यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आकलन नै नगरी इलजिकल कुरालाई बढाइ चढाइ गर्ने प्रबृतीले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्बसाधारण हरुमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरुले गरिरहेका छन । 

यसो बाहिर तिरका बिदेशी मिडियाहरु हेर्यो, जहाँ कत्ती चाखलाग्दा समाचारहरु आइरहेका हुन्छन , बिश्वका मिडियाहरुले “आज नासाका बैज्ञानिकहरुले यो पत्ता लगाए , बिश्व बजारमा आज यती अङ्कले कारोबार भयो, इरान र उत्तर कोरिया ले संयुक्त रुप मा सैन्य अभ्यास गर्ने घोशणा, एप्पल कम्पनीले माइक्रोसफ्ट सँग मिलेर यत्ती रकम समाज सेवाका लागी बिनियोजन लागायतका खबर पस्किरहेको बेला तर हाम्रा हाम्रा बिचरा मिडियाहरु चाही “एस बाट नाम आउनेले मिठो खाना पकाउछ्न रे, सुपा देउराली मन्दिर्: जहाँ लाईक गर्दिना साथ नसोचेको कुरा पुरा हुने गर्छ्, भुमी सुधार मन्त्रीले स्याङ्जा पुगेर गरिन कर्मचारी हरु लाई निर्देशन : काम राम्रो सँग गर्नु, 

२०७२ सालको भुकम्प जादा, सबै जनता डर चिन्तामा बसिरहेका बेला यिनीहरु चाही अझै ९ रेक्टरको भुकम्प जान्छ भनेर नासाले भन्यो रे, एकछिन पछी आउछ रे, यती बजे आउछ रे, उति बजे आउछ रे, अनेक अनेक डर देखाइदिएर आफ्नो भ्युज बढाउन खोज्ने तोरीलाहुरे प्रबृती बाहेक अरु केहि बाकी देखिन्न । 

बिसय केहि पाउदैनन अनि कहिले जोगी, कहिले भोगी , कहिले ढोङ्गी , कहिले रोगीलाई मिडियामा स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी । खबरको हेडिङ देख्दा पनि झर्को लागेर आउने हुन्छन ।

उदाहरणका लागी जस्तै शिल्पा रुदा रुदा साउन भदौको बर्खाको पानी भन्दा धेरै आसु झर्यो, दयाहाङ राइलाई सन्तान प्राप्ती, के जन्मियो हेर्नुहोस्, बरिश्ठ बिश्लेशक पुण्य गौतमले  गरे एक खुलासा: यो सरकार जनताको हितमा छ, अन्तरवार्ता मै सुरेन्द्र केसी यसरि भक्कानिए, धुर्मुस सुन्तली कै सामुन्ने सुबोध गौतमले पिसाब उम्कने गरी यसरी हसाए , बरिस्ठ नारी अधिकारबादी नेत्री साबित्री सुबेदीले भनिन्: आफ्नो रजस्वलाको रगतले मन्दिरको भित्ता पोत्न मन छ , सासु बुहारीको झगडामा: हेर्नुहोस बुहारीको एक मुठी कपाल भुत्याएर सासुले भनिन्: अझै रिस मरेको छैन्, हनिमून पछी नायिका रिचा शर्मा पहिलो पटक मिडियामा: भनिन मज्जा आयो, अध्यक्ष प्रचण्डले बिहान बिहान व्क्सरसाइज गर्न साइकल चलाउछन्, आम्मामा... गगन थापाको अहिले सम्मको डरलाग्दो खुलासा : कम्म्युनिस्ट सरकारले जनहितमा काम गर्न सकेनन्” फलानो नेताले सर्बजानिक मिडियामा भने देशको बिकाश गर्नु पर्छ “ ल हेर्नुस्, अनुले आज यसरि आशु झारिन । देवर भाउजुको गोप्य भिडियो च्याट बाहिरियो ।

पुण्य गौतमले यसरी लोपारिदिए मुकुन्देलाई , अभिभावक दिवसमा गएकी महिला हेड मास्टर सँगइ भइन  बेपत्ता, मुकुन्देले भने- हेलिकप्टरबाट मकै छर्ने गरी देश बिकास गर्ने हो ।, मङ्गल थापाको बिश्लेशण - दिल निशानी मगर महान बिश्लेशक हुन । ज्वाला सङ्ग्रौलाले भनिन्- देशमा भ्रस्टाचार धेरै छ ।

दिल निशानी मगरले भने - प्रचण्ड राम्रो नेता हुन । झलनाथको खुलासा- देश बिकाश हुनु पर्छ । मायामा चोट खाए पछी खोलेको चिया पसलबाट मनज्ञै आम्दानि, रिशी धमलाले यसरि खुलाए ज्योती मगरको भर्जिनिटी, पि. एच. डी. स्कलर पुण्य गौतम र बरीस्ट नारी अधिकारकर्मी साबित्री सुबेदी एकै मन्चबाट भने - देश मा बिकास हुनै पर्छ ।  

पिडित नाबालिका गायिकाको भङ्गाकुर च्यातिएको रिपोर्ट आयो । पल शाह र एक नाबालिका गायिका प्रकरण यती बेला यस मानेमा पनि ब्यापक बन्दै छ कि ।  हाम्रा बेरोजगार युटुब्बे हरुले पल पल मै नया नया शिर्शकमा खबर अपलोड गर्दै यसलाई आवस्यक भन्दा बढ्ता ब्यापक बनाइ रहेका छन । दमौली बजारमा २ सय भन्दा बढी युट्ब्बेको जमात लागेको कुरा होटल ब्यबसायी सङघ तनहुँका एक सदस्यले जानकारी दिएका छ्न ।

उनिहरुले अनेक अनेक बकम्फुसे कुरा , बकम्फुसे बक्ता, हरु सँग कुरा गर्दै फुल बुट्टा भरेर शिर्शक राखी अनेक अनेक कुरा बजारमा छर्दै छन । उनिहरुले अपलोड गरेको त्यस्तै बकम्फुसे कुरालाई फेरी हामी फुर्सदिला र इन्टरनेट पहुचमा भएका हरुको काम नै हुन्छ हेरिदिने र आफ्नो तर्क कमेण्टमा राखिहाल्ने , हो यी र यस्तै प्रसङ्गले हिजो आज बजार तताइरहेको छ ।

के माथीका कुनै खबर शिर्शकमा कुनै दम वजन अनि तुक छ होला र ? कसले भने बरिस्ठ त्यस्ता स्वाठ हरुलाई अनि नेताले देश बिकास गर्नु पर्छ भन्दा त्यो पनि थोडी न्युज शिर्शक बन्छ होला र ? यसो सम्झदा लाग्छ धिक्कार हाम्रा मिडिया अनि झन धिक्कार त्यस्ता पित पत्रकारिताका मसिहा हरुलाई ।

जसलाई अरु कसैको कुनै पर्वाह छैन । यो सबै देख्दा र सुन्दा यसका आबिस्कारक हरु पनि हाम्रा देशमा आए भने “धिक्कार मैले के यत्तीका लागी नै हो त यत्रो दुख गरेर यसको आबिस्कार गरेको” भनेर ओठ लोपार्दा हुन । 

जसलाई पत्रकारिता को प समेत थाह छैन अनि आम सन्चारको इथीक समेत थाहा नहुने स्वाठ हरुले एउटा डि एस एल आर क्यामेरा घाटीमा झुण्ड्याउन साथ सन्चारकर्मी अरे । न त कुनै दर्ता, न कुनै कार्यालय न कुनै आबद्दता न त कुनै हिजाजत न त कुनै सेन्सरसिपको पालना, न कुनै सामाजिक दायित्व ।

भ्युज कै आधारमा बिज्ञापन सङ्कलन गरी पैसा असुल्ने हसुरी प्रबृती । दुखी भोका नाङ्गाहरुको सम्बेदनसिल भिडियो समेत बनाइ उनिहरु को दयनिय अवस्थालाई झन कारुणिक बनाएर शुभ चिन्तकहरु बिशेस गरी परदेशिएकाहरु बाट रकम असुली  गरी लाख उठाइएको छ भने केहि केजी चामल र केहि जोर कपडा किनिदिएर त्यस्ता राहतलाई अनेक अनेक फुल बुट्टा भरेर भिडियो बनाएर त्यसलाई बाघ नै मारेर आएको जस्तो अनेक गर्जनका साथ एनिमल प्लानेटमा बन्यजन्तु खोज्न जादा “ओह माइ गड” भनेर बोले जसरी “उफ उफ” गर्दै के के न गरेको जसरी भिडियो एङ्गल एङगल बाट खिची सो लाई उहि आम्मा मा वाला सिर्शक दिइ सो बाट भ्युज अनि सब्स्क्राइब बटुल्ने “युटुब्बे कुपात्रहरु” ले गर्दा आज धेरै राम्रा राम्रा काम गर्न चाहने पत्रकारहरु र असल नियतका युट्युब सन्चालकहरुले समेत बदनामी हुनु परेको छ । 

यहा मैले बुझ्न नसकिरहेको कुरा चाहि, यि युट्युबहरुलाई समाचार प्रकाशन प्रसारण गर्न अनुमती कसले दियो ? यदी बिना अनुमती उनिहरुले जथाभावी बेलगाम बर्बाराउदै हिड्छन भने त्यो गैर्हकानुनी काम भइरहदा राज्यले किन कठालो समाएर तह लगाउन नसकेको होला ?

केहि पहिला मात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया बिध्ययकले यि र यस्ता मिडिया पोर्टलहरुलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो जुन सन्सदबाट पारित हुनु अगाडी मुलधारका मिडिया अनि राम्रा पत्रकारहरु समेतले बिरोध जनाएको कारण स्थगन भएको छ ।

जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युटुब्बे हरुलाई तह लगाउने खालका केहि धारा अत्यन्तै सर्हानिय थियो तर अपसोच त्यो पास हुन पाएन । 

यस आलेख को मुल मर्म त्यी राम्रा, खोज मुलक अनि यथार्थ परक खबर अनि मनोरन्जनात्मक सामाग्री हरु प्रसारण गर्ने यु ट्युबकार हरुलाई निरुत्साहन गर्न खोजेको चाही पक्कै होइन । सबै यु ट्युब्बे खराब छन भन्ने आशय किमार्थ होईन मेरो ।

हेर्ने कथा कि दिक्षा चापागाइ , इन्द्रेणीका कृष्ण कडेल लगायत लाई पनि त्यीनै बकम्फुसे यु ट्युब्बे सँग तुलना गर्नु भनेको महापाप हुन जाला ।  

यो केवल त्यि खुरापाती आत्मा हरुलाई शाब्दिक झापड हान्न खोजिएको हो जसमा जनमानसको कर्तब्यबोध एक रत्ती पनि छैन ।  युट्युबको काम केवल सिमा भित्र बसेर मनोरन्जनात्मक समाग्री हरु पस्कने हो । यिनी हरु ले पत्रकारिता गर्ने होईन अनि सामाजिक सन्जाल ले पनि आफ्नो परिधी नाग्नु भएन ।

यस्ता भ्रामक खबर सम्प्रेशण गर्ने च्यानलहरुको प्रकाशन तुरन्तै बन्द गरिदिनु पर्दछ र त्यस्ता खबर दिने एड्मिनहरुलाई कारबाहीको दायरामा ल्याउन कानुन द्रुत मार्ग बाट बनाएर भए पनि यस्ता गलत काम लाई निरुत्साहित गरिहल्नु पर्छ अन्यथा यस्ता युट्युब्बे हरुले समाजमा झन आतङ्क सिर्जना गर्दछन भने बिपतका समयमा झन पिडा माथी पिडा थपिदिने काम गरिरहेका छन ।  

फेसबूक्, टिकटक, युट्युब्, भाइबर लगायतका सन्जालहरुले प्राय सबै मुलुक हरुमा आफ्ना आफ्ना प्रतीनिधीहरु नियुक्त गरेका हुन्छन जसले सो मा हुने अमरयादित पोस्टहरुलाई सेन्सर गर्ने काम त पक्कै गर्दछ तर कुतर्क हरु अनि सम्बेदनाहिन कुराहरुलाई यसले अटो सेन्सर गर्न सक्दैन तसर्थ यस्ता काम नलाग्ने खालका जथाभावी पोस्ट्याइ गर्नेहरु लाई नियमन गर्न यो सँग सम्बन्धी कानुन बनाएर ब्यबस्थित गर्न ढिलो भइरहेको अवस्थामा पछिल्लो पटक यो साता सरकारले पनि 'अब त अत्ती नै भयो' भनेर उनिहरुलाई निगरानी र नियमन गर्ने कोसिस गरेको खबरले आम मानिसले चैनको सास फेर्न लगेका छन । यो 'कोसिस' ले चाडै मुर्त लिएको हेर्न बाकी छ ।