सन्दर्भ हो एनआरएनए जापानको विवादको बारे, म त्यति धेरै बुझ्दा पनि बुझ्दिन, त्यति धेरै टांग अड्काउने गर्दा पनि गर्दिन र गरेको पनि खास चित्त बुझदैन । हुन त यो प्रवृति कसलाइ पो मन पर्ला र ?
एनआरएनए जापान संचालनका लागि बनेको विधान अनुरूप निर्वाचन समिति गठन गरी सोही बमोजिम प्रक्रियामा उम्मेद्वार बीच छलफल गराइ निकालिएको निष्कर्षलाई मापदण्ड मानेर निर्वाचनमा हामी सबै सहभागी बनेका हौं, भन्ने कुरामा म निश्चिन्त छु ।
त्यो निर्वाचन गराउनका लागि निवर्तमान कार्यसमितिले नै वैधानिक रूपमा नै गराएको जगजाहेर नै छ । त्यसका निर्णय कपि सुरक्षित नै होलान भन्ने मेरो विश्वास छ ।
निर्वाचन हो, त्यसमा सबैले आ आफ्नो रणनीति बनाएकै हुन्छन । जीत हासिल गर्ने मनसायले नै निर्वाचन लड्ने गरिन्छ, भन्ने मेरो विश्वास छ । सन् २०२१ जुलाई ३० मा सम्पन्न निर्वाचनमा पनि त्यस्तै भएको होला नै । निर्वाचनमा धाँधली हुन सक्छ, निष्पक्ष नभएको हार्ने पक्षलाई लाग्न सक्छ त्यो स्वाभाविक नै हो । विधि विधान पद्धतिको पालना गर्नु सामान्य संगठनमा संगठित रहेर कार्य गरेका जसलाई पनि सामान्य ज्ञान हुनुपर्ने हो र छ भन्ने मलाई विश्वास छ ।
तर नेपाली उखान छ नि निदाएको मान्छोलाई उठाउन सजिलो छ निदाए जस्तो गरेकोलाई कहिल्यै उठाउन सकिंदैन, भने झैं जापानको एनआरएनएको सन्दर्भमा झिकिएको विवाद यस्तै हो भन्ने मेरो बुझाई हो ।
एनआरएनएका आफ्ना संरचना निकाय र नियन्त्रण गर्ने निकायले अन्यथा निर्णय नगरेसम्म निर्वाचनको परिणामलाई सबैले स्वीकारेर जानु नै श्रेयशकर हुन्छ । यो नै संघ संस्था संचालनको विधि र पद्धति हो ।
संस्था जहिले पनि अविच्छिन्न उत्तराधिकारी हुने गर्छ । निवर्तमान कार्यसमितिको कार्यवाहक अध्यक्षको अध्यक्षतामा भएको अधिवेशनले विधिवत रूपमा २०१९ २०२१ कार्यसमितिलाई वैध रूपमा विघटन गरी अध्यक्ष मण्डल मार्फत बन्दसत्र संचालन गरि बन्दसत्रका आवश्यक कार्य सम्पन्न गरेपछि सो समिति कसरी कुन एनआरएनएको कुन संरचनाको निकाय, एनआरएनए नियमक निकाय वा कुन मितिको विषेश अधिवेशनको निर्णयले निरन्तरता पायो मैले यो कुरा पटक्कै बूझेको छैन । बझ्नु भएकाले यो मेरो जिज्ञासा मेटाइदिनु होला ।
आइसीसीको लडाईको मार हामी जापानबासी एनआरएनएलाई माया गर्नेले भोग्नु पर्दा साढेको जूधाईमा बाच्छोको मिचाइ हुन पुगेका छौं ।
अझै भनौं जापानका अग्रजहरु आईसीसीमा जापानबाट सिंगो कार्यसमीती नै जांदै हुनुहुन्छ ।
तपाईहरु के का लागि जादै हुनुहुन्छ ? तपाईहरुको दोहोरो चरित्रले गर्दा राष्ट्रिय समन्वय परिषद जापानको यो हालत भएको तपाईहरुले बुझ्नु भएको छ की छैन होला ?
तपाईहरुकै मातहतमा रहेर भएको चुनावमा विजेता र उपविजेता विच विबाद चर्किदै गर्दा तपाईहरुले खै समन्यकारी भूमिका खेलेको ? दुवै पक्षलाई टेवलमा राखेर निष्कर्षमा लैजान सक्नु हुँदैन भने तपाईहरुले आइसीसीलाई कसरी न्याय दिनुहोला ?
एनआरएनए जापानका हामी संस्थापन पक्षले पनि असन्तुष्ट पक्षलाई मिलाएर लैजाने वातावरणको सृजना गरिनुपर्नेमा त्यो पहल नपुगेको हो कि भन्ने मलाई लागेको छ । हामीले नगरेका होईनौ तर अझै गर्नु पर्ने हो की । सत्तापक्षले जहिलेपनि आफ्नो छाती फराकिलो पारिनु पर्छ र त जगतले को असल को खराब भन्ने छुटयाऊन सक्छ । यहाँनिर अलि गम्भिर भएर सोचनुपर्ने पो हो कि वा समन्वयकारी मध्यस्थकर्ताको खोजी गर्दै द्वन्द्व व्यवस्थापनका उपायहरूको पनि किन खोजी नगर्ने हो भन्ने मलाई लागेको छ ।
बाहिरबाट आम नागरिकले हेर्दा यो विवादले गर्दा एनआरएनएप्रति नै वितृष्णा पैदा भएको हामी सबैले बुझेकै छौं । आकाशतर्फ फर्केर थुक्दा आखिर त्यो थुक आफूमाथि नै पर्ने हो । घर रहेन लुछाचूडी गरौंला, घर नै नरहे रात भरि जाडोमा बाहिर बस्दाको पिडा भोग्ने बाहेक अरु के नै होला र ।
ठिक समयमा ठिक निर्णय गर्यौं भने त्यसले ठिक परिणाम दिदै ठिक दिशामा लैजान्छ । नत्र बाटो बिरायौं भने तारेभिर माथि गएपछि बाहीरबाट राम राम भन्लान् काँध थाप्न कोही आउने छैनन, मात्र रमिता हेर्नेको भीड हुनेछ ।
...
लेखक : एनआरएनए जापान केन्दिय सदस्य हुनुहुन्छ ।