(Japan) 24 th August | 2026 | Monday | 3:08:21 PM || (Nepal) 11:53:21 AM
 
 


'तालिबान' घोकाइएको आतंककारी र बास्तविक अफगानी युद्ध श्रृंखला

Bhesh Narayan Shrestha   POSTED ON : Tuesday, 17 August, 2021 | Views : 4672

'तालिबान' घोकाइएको आतंककारी र बास्तविक अफगानी युद्ध श्रृंखला


दक्षिण एसियाको बिशेष गरेर दुई देश नेपाल, अफगानिस्तान  ल्याण्ड लक कन्ट्री हुन ।  नेपाल जस्तो पहाडै पहाड भएको देश गएको ५ दशक देखी लगातार युद्ध हुनमा यो विश्व भूगोलको (central location of Gograpy ) बिच भाग हो । 

ठुला ठुला साम्राज्यहरुको बिचमा अबस्थित रुस, युरोप, अरब, चिन र भारतसंग जोडीएको यो देश यहीकारणले दशकौं देखी अफगानिस्तान इतिहासमा अस्थिर रहनगयो । जुन सरकार आएपनि कुनै न कुनै हिसाबले बाहिरी (forgien power )  शाम, दाम र तागतले शासन गर्ने यो देश सोभियत संघ रुसले सुरुमा कब्जा गर्नुखोज्नु,  बिचमा काजाकाजाकिस्तान तुर्किस्तान, अफगानिस्तानसंग जोडीएको यि दुबैदेशलाई रुसको हिस्सा भन्ने सोच्ने गर्दथे । रुसले यसैलाई समातेर अफगानहुदै अरब एसिया भरि ब्यापक व्यापार बिस्तारगर्न चाहन्थ्यो भने अमेरिका पनि त्यहि दाउमा थियो । बिचमा असाध्य ठुलो हिन्दुमाउण्टेनकोष अबस्थित दुबैतिर ठुलाठुला पहाडै पहाड वरीपरी माला Garland highway ले घेरिएको देश ! १९१९ मा अंग्रेजबाट स्वतन्त्र भए पछि ब्रिटेन र सोभियत संघ रुसले बफरजोन अर्थात् कसैले आक्रमण नगर्ने विषयमा सम्झौता गरे ।

त्यसको लगातार लगभग ४० बर्ष राजाहरुले शासन गरे । १९१९ बाट महमत जाहीर शाह ले राजाको रुपमा राज्य गरे । बिकासको क्षेत्रमा उल्लेखनिय कामगरेका उनि नेपालमा तत्कालिन महेन्द्र राजाकै शैलिका बिकासको लहर ल्याएको बुझ्ने गरिन्छ । बिभिन्न  infrastructures हाई 

 स्कुल कलेज बाटाघाटा उद्योग जस्ता इतिहासमै नयां नयां काम गरे । १ १९५४ मा सिकिस्त परी ईटाली गएको समयमा आफ्नै साख्य भाईले दाजुलार्इ हटाएर महमत राजाको ठाउमा प्रधान मन्त्रीलाई राष्ट्रपति घोषित गरे ।

१९७३ मा उनको बिरोधमा सेनाको सहायताले दाउत खानले सत्ता परिबर्तन गरे बिस्तारै उनको पनि बिरोध बढ्न थाल्यो । बिरोधको बाबजुत Political सामान्य Rights दिनथाले लोकतन्त्रको सुरुवात गर्यो ! pepple democrcy of afganishyhan(pdpa) गठन गरेर कम्युनिष्ट पाटी स्थापित भयो । पछि केही महिनाको आन्दोलनले अफगानिस्तान कम्युनिष्ट राज्य घोषित हुन पुग्यो । 

राजा र सेनाबाट खोसेको सासन भन्दै अहम र घमण्डको बिकास हुन थाल्यो । केही महिनामा आफु आफु आफुमा जुध्न थाले । देश बद्ल्नुको सट्टा बम पट्काउन थाले, खुसिको सट्टा जनतामा बेखुसी बाड्न थाले  ।


१. अफगान युद्ध

कम्युनिष्ट व्यवस्था धर्मसंस्कृती नमान्ने, तर त्यो देशमा काबुली संस्कृतीको बहुत महत्व थियो । हजारौ सालदेखी मनाउदै आएको काबुली धर्म संस्कृती जो सरकार आएपनि मतलब थिएन तर कम्युनिष्ट सरकारले नष्ठ गर्न सुरु गर्यो पछि यसैले ठुलो बिरोध बढायो ।

८८ प्रतिशत गांजा खेती योग्य मुलुक, संसार भरि गाँजा यही देशबाट बाहिरीन्छ भने १२ प्रतिशत खेतीयुक्त जमिन रहेको अफगानिस्तान कम्युनिष्ट सरकारले गाउँगाउँमा खेत बाड्न थाले ।   किसानहरु यो निर्णय बिल्कुल मान्न तयार भएनन रक्तपातको स्थिती हुन पुग्यो । कृषक र सरकार जोरढुगां हानाहानको स्थिती हुन थाल्यो । यही कारणले एकसाथ सरकारको बिरोधमा नारा घन्कन थाल्यो । अन्तिम अबस्थामा समाधानको उपाय खोज्न अफगान सरकाले बिश्वासिलो मित्रदेश सोभीयत संघ रुस सगं शैनिक सहयोग माग्यो । रुसबाट हात हतियार साधन स्रोत सेना तत्ताकपडा पठाएयो । रुसी सेनाले शासन गर्न सुरुगर्यो ।

आफ्नै पार्टी हफाजुना भन्ने कम्युनिष्ट राष्ट्रपतिको गोली हानी हत्या गरे । गांउगांउमा कृषकमाथी गोली चल्न थाल्यो । सारा गाउ शहर कब्जा गर्यो । काबुली संस्कृतीमा दमन बढ्यो । यो घट्नाको दुनिया भरको ३४ मुस्लिम राष्ट्रहरुले एकैसाथ बिरोध गरे । संयुक्त राष्ट्रसंघले बिरोध गर्यो । धर्मिक मुजाहिद्दिन नारा दिइयो । बिदेशी सेना मान्दैनौं,  दुनियाभरको मुस्लिम एक हौ, भन्दै नारा घन्कियो । बिभिन्न देशका धार्मिक मुस्लिम जवानहरु अफगानि स्वतन्त्रताको लागि त्यहाँ पुगेर लड्न सुरुगरे । लिबिया साउदी अरब, टर्की, फ्रान्स, युके आदी देशले यसमा साथ दिए ।

१९८९ को दशकमा साउदी अरबको खुंखार धनिका छोरा ओसामा बिन लादेन अफगानिस्तान प्रबेश गरे । धार्मिक मुजाहिद्दिनको तिन वटा हतियारधारी समुह बन्न पुग्यो । पहिलो अलकायदा, दोस्रो तालिबान र तेस्रो अहमत शाह यिनी ३ समुहलाई अमेरिकाले दिमागमा दुम्सी हाल्न सुरु गर्न थाल्यो । चाहीएको सयोग गर्ने बाचा गर्यो किनकी उ चाहन्थ्यो रुसी सेना त्यहाँबाट लखेटियोस् । सोही अनुसार ति सबै समुहलाई हतियार सप्लाई गर्न थाल्यो ।   ISI भन्ने यो अमेरिकाको ऐजेण्डा थियो यो पाकिस्तानमा रहेको थियो १  यही  ISI ले यो तिन समुहलाई गुपचुपमा हतियार सप्लाई गर्दथ्यो । यो तिन समुह शक्तीशाली बन्दै गए । कयौपटक सोभियत सेनाको आकाशमा उडेको हेलिकप्टर ध्वस्त पार्न सफल भए । यो तिन समुहले सोभियत सेनालाई कमजोर बनाउदै गए । सन् १९८५ मा मिखाएल गोर्वाचोभ रुसको राष्ट्रपती बने र उनले यो निर्णयगरे कि बाहिर बिदेश कुनैपनि सेना नपठाउने । आफ्ने देशको ध्यान दिऔ भन्ने घोषणा गरेर १९८८ मा सारा सेना रुस फर्काए ।


२. अफगान सिभिल वा

 

यो तिन समुह अलकायदा, तालिबान र अहमत शाह सबै हतियारधारी समुहले हामी कोही भन्दा कम छैनौ भन्दै आफुआफु लड्ने थाले । सन् १९९२ देखी ९६ सम्म ४ साल भिषड युद्ध हुनगयो । यि तिन समुहमा बिस्तारै बिस्तारै तालीबान शक्तीसाली बनेर सबैतिर कब्जा गर्दै गर्यो । ५ बर्ष तालिबानले शासन गर्यो । उत्तरी भाग अहमत शाहा समुहले कब्जा गर्यो तर २००१ मा तालिबानीले अहमत शाहाको हत्या गरे अनि सबैतिर तालिबानले शासन गरे । तालिबानको अर्थ हो , तालम अथबा कतगमभलत बिध्यार्थी । यो समुहले लगभग ५ साल शासनगर्यो । तालिबान सरकारले एउटा असाध्यै अचम्मको सरिया कानुन लागु गर्यो । यो बहुत कडा कानुन थियो गल्ती गर्नेलाई मार्ने, काट्ने, रगतको भोग दिने यो घटनाको बिश्वभरबाट मानवअधिकार हनन भएको भन्दै बिरोध भयो । दुनिभरको समाचार बन्न गयो । महिलाले पुरै मुख छोप्नु पर्ने, महिलाहरु स्कुल कलेज जान बन्द हुनगयो । बाहिर जान वा घुम्न परेमा पिता पति सगंमात्र जान पाउने भयो । २००२ मा गरिएको एउटा सर्भेले एक महिला भएर बॉच्नु सबैभन्दा कठिन देश अफगानिस्थान घोषणा गर्यो । संसारभरि तालिबान प्रति नकारात्मक संन्देश जान थाल्यो ।

अर्को समुह थियो अल्काइदा । यो भनेको एक अन्तर्राष्ट्रिय नेटवर्क थियो । तालिबान र अलकायदाको बिचारधारामा फरक देखिन्थ्यो । तलिबानले  अफगानिस्तानमा मात्र राज गर्न चाहन्थ्यो भने अलकायदाले बिभिन्न देशमा आतंक फैल्याउन चाहन्थ्यो । यसका लिडर थिए ओसामा बिन लादेन । यिनको नेतृत्वमा सन् २०११ सेप्टेम्बर ११ मा बिनान ठोक्काएर अमेरिकाको ट्विन टावरमा ३ तिनहजार सर्बसाधरणको एकै चिहान बनाए । आंतकारी हमलाको रुपमा यसलाई इतिहासमा सबैभन्दा ठुलो हमला मानिन्छ । अमेरिकालाई ध्वस्त पार्ने घोषणा सहित यो आक्रमण भएको थियो । ओसामा विन लादेनलाई अमेरिकाले हत्या गरेका बताएपनि अलकायदाको शक्ती आज दुनियामा ३४ राष्ट्रमा फैलिएको छ ।

बास्तममा अलकायदा वा तालिबान आतंककारी होइनन् तर आंतक जस्तो देखाएर दुनियामा शासन गर्न चाहान्छन ।


३. अमेरिका अफगान वार

२००१ ( १०१४ अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले विश्वका हरेक देशलाई कि अमेरिकाले मेरा आउन नभए अमेरिकाको बिरोधमा उत्रिन भन्दै कथित आतंकवाद बिरुद्ध युद्ध घोषणा गरे । संयुक्त राष्ट्रसंघले हमिद कार्जाईलाई राष्ट्रपति मान्यता दियो । तालिबानीहरु पुन बिद्रोही समुह भएर निक्किए । बिस्तार बिस्तार तालिबानीहरुले गाउ कब्जा गर्न थाल्यो । कुन्दुश शहर कब्जा गर्यो । हजारौं व्यक्तिहरु आंतकारीको नाममा मारिए । हजारौं अमेरिकी सेना पनि मारिए । २०११ मा ओसामाबिन लादेन पाकिस्तानको अबोट्टावादमा भेटेर हत्या गरेको अमेरिकाले घोषणा गर्यो ।

अफगानिस्तानबाट केही तालिबानी भागेर सिरिया तिर लागे र आजसम्म त्यहाँ उक्त समुहको आंतक राज चलिरहेको छ । सिरिया, लिबिया, इरानमा विशेष युद्ध हुनुमा धैरै कारण मध्ये एक अफगानिस्तानको युद्धलाई पनि लिइन्छ । अफगानिस्तानमा हरेक पटक भिन्न भिन्न समुहले कहिले पाकिस्तान कहिले सोभियत संघ कहिले अमेरिकाको साथ पाए भने अहिले चिन र पाकिस्तानको अनौठो संगम बनेको छ ।

पूर्ववर्ती राष्ट्रपतिले गरेको सम्झौता कार्यान्वयन गर्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्ना सैनिक अफगानिस्तानबाट फिर्ता लगे । त्यससँगै ८५ हजार सैनिक रहेको तालिबानले अफगानिस्तानमा फेरि कब्जा जमाउन थाल्यो र अन्ततः सत्ता पल्टाउने हैसियत बनाएर काबुल आफ्नो कब्जामा लिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै अगष्ट १५ यता देश लगभग तालिबानि नियन्त्रणमा छ । देशको नागरिकको सुरक्षाको चिन्ता सबै देशले गरेको देखिन्छ भने सबै भन्दा समस्या भारतलाई देखिन्छ चिन र पाकिस्तानको घेराबन्दीमा भारत पर्नेहोकी भन्नेपनि चिन्ता बढेको पाईन्छ । किनभने एशियाली देशको घटनाक्रम मात्र होइन विश्व घटनाक्रम र अफगानिस्तान मुद्दामा दुवै देश एकतिर हुँदा ईण्डिया एक्लिन पुगेको छ ।

निष्कर्षमा अफगानिस्तान हेर्दा तालिबानि शासनमा शान्त हुने होकि भन्ने लागेपनि झन गृहयुद्धमा फस्ने देखिन्छ । साउथ एसियामा आतकंकारीको अखडा बन्ने सक्ने आशंका धेरैले व्यक्त गरेका छन् । यो सबै घटनाको दोषी राजनैतिक शासन व्यवस्था राम्रो संचालन गर्न नसक्नु र बिदेशी ईशारामा हरेक सत्ताधारी चल्नु कारण बन्न पुगेको छ ।

आफुआफु नमिल्नाले, मिलेर बिकास उन्नती गर्न नसक्नाले अफगानिस्तान ५ दशक अघिको अवस्था भन्दा नाजुक अवस्थाबाट जुग्रिन पुगेको छ ।

कम्युनिष्ट व्यवस्थाको लडाई र कम्यनिष्ट यस्तै हुन भन्ने देखाउने अमेरिकाको चाहनाले आधा सताब्दि देखी दर्दनाक र भयावह अबस्थाबाट अफगानी जनता गुज्रिरहेका छन् । संसारको सबैभन्दा भ्रष्टमुलुक पनि यहि देश बन्न पुगेको छ ।

संसारको गरिब अशिक्षा हरेक किसिमका अपांगता भएका नागरिकहरुको कोलाहलबाट गुज्रिरहेको अफगानिस्तान अझै एक दशक अस्थिर बन्ने निश्चित प्राय छ । किनभने शक्ति राष्ट्रहरुको टकराव नयाँ बन्ने तालिबानी सरकारको मान्यता र समर्थन दिने नदिनेबाटै सुरु भइसकेको छ ।