(Japan) 24 th August | 2026 | Monday | 3:08:21 PM || (Nepal) 11:53:21 AM
 
 


नाचुमी सान म जिवनभरी मिस गर्नेछु, म हजुरलाई चाँडै भेट गर्न चाहन्छु

Apsara Paudel   POSTED ON : Saturday, 14 August, 2021 | Views : 5436

नाचुमी सान म जिवनभरी मिस गर्नेछु, म हजुरलाई चाँडै भेट गर्न चाहन्छु


…उसले नजिकै आएर ‘त ठिक छस्, हेर त तेरो हालत कस्तो भइराछ मलाई झन टेनसन भइराछ, तँ ट्याक्सिमा जा, कि त होटलमा आज रेष्ट गर । म तेरो काममा कल गरेर सबै कुरा भन्छु’ भन्यो । मैंले ‘मिन्स भएको ४ दिन भएर बढी गाह्रो भएको हो, मलाई केही भएको छैन अब त ट्रेन पुग्न लाग्यो । अर्को ट्रेन चेन्ज गरेर १२ बजे त घर पुग्छु म’ भनें ।

तर उसले ‘तलाई धेरै गाह्रो भएको हुँदा ट्याक्सिमा जानत, फेरी तलाई ट्रेनको नोरिखाई थाहा रैन छ, फेरी अर्को ट्रने चेन्ज गरिस भने के गर्छेस् ? म तलाई पुर्याउन जाउँत ?’ उसले मलिन स्वरमा यस्तो भन्दा मैंले मेरो लागि यति सोचेकोमा धेरै धन्यवाद त दिएं । तै पनि धेरै थकित छस् तेरो नि काम छ भने-‘तलाई नि रेष्ट गर्नुपर्छ मलाई मात्र ट्रेन कहाँबाट चढ्ने र कहाँ गएर ओर्लने र कुन ट्रेन चढ्ने अर्कोमा यति मात्र भन म जसरी पनि जान्छु । मेरो मोबाईल पनि चार्ज भएको छ ।’

उसले तर तेरो धेरै चिन्ता लागेको छ, यस्तै भन्दै पीर लिंदै त्यो फेरी ट्रेन रोकियो भने अब त मैंले आज घर फर्कन बाहिरकै बास हुनी भयो भन्ने सोचेर आउँदै त्यो उठेर ट्रेनको मान्छेलाई ‘रक्सि खाएर चलाको हो कि के विधि यस्तो रोक्न पर्ने, पानी त छैन!’ अहिले भन्दै झ्यालबाट टाउको लम्काउँदै हेर्दै थियो । मैंले उसलाई भने ‘त्यो नगर, म कतै कोम्बिनी तिर गएर कफी खाँदै रात बिताउँछु र भोली बिहान ट्रेन चढेर फर्कन्छु । अब तँ धेरै चिन्ता नलिग मेरो । आज तलाई मैंले नभेटेको भए के गर्थे होला ट्रेनमा ?’

उसको ‘कोही छैन भन्दा भगवानले तलाई मेरो लागि हेल्प गर्न पठाएको जस्तो लागिराछ । यति धेरै गरिसकिस् अब भयो पिर नगर ।’ उसले ‘चुप त्यस्तो नभन, तँ ट्याक्सिमा जा, जति खर्च लाग्छ म दिन्छु, अब अरु कुरा नगर’ भन्दै गाली गर्दै थ्यो । तेत्तिकैमा ट्रेन चलेर त्यसको केही समयमै हामी ट्रेनबाट ओर्लने ठाउँमा पुग्यौं ।

उसले हतारहतार मेरो ब्याग बोकेर छिटो छिटो सिनकानसेन ट्रेन अबको १० मिनेटसम्म छ, त्यसपछि सबै ट्रेन बन्द हुन्छ पानी झन ठूलो पर्छ भन्दै उठाएर लग्यो । मेरो पेट धेरै दु:खेको मलाई हिड्न धेरै गाह्रो भइराखेको थियो । मैंले म वासरुम जान्छु भने । उसले ‘उता छ तँ जा, म तलाई बाहिर वेट गर्छु’ भनेर मेरो ब्याग समातेर बस्यो । म करिव ५ मिनेटपछि आउँदा उ त्यहिँ उभिराखेको थियो र मलाई हेर्दै ‘तँ ठिक त छस् । यस्तो बेला हिड्न नहुने सानी छेस्, एक्लै अर्कोको शहरमा बस्नी पनि एक्लै, तलाई गाह्रो हुन्छ नि ! कोही केटा साथी (व्वाईफ्रेण्ड) बना कि त कोही केटीसँगै रुम सेयर गरेर बस् ।’ उसले यो भन्दा मैंले ‘मन पराएको मनबाट चाहेको केटा आज सम्म छैन भेटेकी, सबै केटा मेरो रुप नै हेर्थे, मलाई त धेरै मनपर्छ भन्ने छन् तर मलाई मायाँ गर्ने केटा भने भेटेको छैन र केही साथी को त के कुरा गरौं । जसलाई आफ्नै बनाएर बसेको थिएं उहिबाट ठूलो विश्वासघात भएको छ । त्यसैले एक्लै बस्ने बानी गर्दै छु’ भनी उसलाई यसो भन्दा ‘त यति सानैमा आफ्नो परिवारको लागि जापान आएको देख्दैमा म छक्क छु, झन् तेरो कुराले त मलाई मेरो मुटुनै छोयो’ भन्यो उसले ।

’ल हिँड टाईम धेरै छैन, म टिकट काउण्टरमा गएर कुरा गरिदिन्छु, त उताबाट अगि मिस्टेकले आएकी उतै फर्कर्दै छ, थोरै पैसा घटाउन सक्छ हिँड’ भन्दै लग्यो । म उसको पछिपछि गएं, उसले गएर टिकट काउन्टरमा कुरा गर्दै सिनकानसेनको टिकट देउ भन्यो ।

मैंले पैसा निकालेर दिंदै थिएं उसले ७,००० पैसा निकालेर हत्तपत्त दियो र मलाई भन्यो ‘तेरो पैसा अहिले पछि काम लाग्छ, अहिले मैंले गरिदिन्छु ।’ उसले त्यसरी पैसा दिंदा मैंले नाई कि नाई भन्दा उसले मेरो मुखमा हेर्दै ‘तलाई यत्ति त केही गरेको होईन पछि काही भेट हुँदा त्यो बेला त सँग त्यो क्यास जरुर लिन्छु तर यो पटक चुप लाग ।’ उसले मलाई ट्रेन कुन चढ्ने नी थाहा छैन, म ट्रेन चढाएर आउँछु त्यसको लागि कति क्यास तिर्नुपर्छ भन्दा त्यहाँको मान्छेले ‘तपाईको गर्लफ्रेण्ड हो ?’ भन्दा नाई जस्ट हेल्प गरेको भन्दै थियो । ‘त्यसो भए यहाँको मान्छेले देखाउँछन् तपाई बेकारमा किन पैसा खर्च गर्नुहुन्छ ?’ भन्दा उसले ‘पर्दैन म देखाउँछु, यसलाई सन्चोपनि छैन । कति लाग्छ क्यास ?’ भन्दा उसले खै कति तिर्यो र मलाई छिटो हिँड भनेर लग्यो । म हिँड्न नसकेको उसलाई थाहा थियो र उसले मेरो हात समातेर विस्तारै ल हिँड भन्यो ।

पहिलो पटक मेरो हात कसैले समाउँदा मलाई तेती धेरै सुरक्षित फिल भएको लाग्छ । त्यो हात कहिले नछोडौं उसले मेरो हात कसेर समातेर लगेको हुँदा म उसँगै गइराखेको थिएं । पछि ट्रेनको अगाडी गएको ट्रेन आइसकेको थियो । उसले आँखाबाट आसु झार्दै ‘तेरो व्यागमा मैंले त कहाँ गएर कुन ठाउँमा ओर्लने कुन ट्रेन चढ्ने र मेरो नाम पनि लेखेको पेपर राखेको छु । त्यहि हेर्दै जानु ।’ उसले यस्तो भन्दा मलाई उसलाई त्यत्तिकै छाडेर ट्रेन चढ्न सकिन फर्केर गएं, यस्तो कसेर अँगालो हाली रोएं उसले दुईहातले च्याप्प समातेर ‘अपु सेन्पाईसिनाईदे दाईज्योबु दाईज्योबु’ भन्दै टाउको सुम्सुम्यायो र अब जा भन्यो । मलाई उसको त्यो अँगालो यति प्यारो थियो नि एकैछिन त म को कहाँ के गर्दैछु सब बिर्सेछु । उसले पछि ‘अब जा ट्रेन जान लाग्यो’ भनेसी बल्ल बिउझिएं र फर्केर ट्रेन चढ्न गएं र झ्यालबाट उसलाई त्यो मुसलधारे पानी सँगै मेरो आँखाबाट निकालेका आँसुका ढिका पुस्दै उसलाई बाई गरें ।

उ परसम्म आउँदै थ्यो । बाई गर्दै । त्यत्तिकैमा ट्रेन हावागतिमा गुड्न थाल्यो । म धेरै रोएँ । मैंले उसलाई नि भनेको थिए । ‘त जस्तो रेस्पेक्ट र केयर गर्ने केटा आजसम्म भेटेको थिईन ।’ यो कुरा सत्य थियो । पछि उसले भनेका कुरा सम्झिंदै व्यागमा हेरेको एउटा कपिमा खाली पानामा ‘मेरो नाम नाचुमी हो । तलाई हेल्प गर्दा आज मलाई संसारकै ठूलो खुशी मिलेको छ । म चाहन्छु त सँगै मेरो दोहोराएर चाँडै भेट होस् । त जस्तो सानु, यति राम्रो गुडिया जस्तो केटी आजसम्म भेटेको थिइन । तेरो बोली र तेरो आँखा मलाई सँधै याद हुन्छ । र तेरो परिवार प्रतिको तेरो चिन्ता र अहिले कोही केटाहरुसँग रिलेसनसिपमा बस्दिन भन्दा कुरा धेरै राम्रो लाग्यो । सानी छेस् तेरो सपना जहाँ चाँडै पुरा होस् र तैंले खोजेको जस्तै ठूलो, अग्लो, गोरो राम्रो र तेरा हेरक कुरा तैंले भन्नु भन्दा अगाडी बुझोस् मेरो प्यारी गुडिया साथी’ भन्दै मेरो व्यागमा भित्रपट्टि वासरुम जाँदा मैंले २ मान क्यास राखेको छु तलाई जाँदा क्यास नपुग्ला यो पैसा युज गर र मेरो एड्रेससम्म आईपुग्ने ट्रेनको नाम लेखेर छोडेको रहेछ ।

त्यो चिट्ठि पढेपछि मैंले खास उसको मोबाईल नम्वर माग्न पाएको भए के जान्थ्यो अब त उसको नाम र उ बस्ने जिल्ला मात्र थाहा छ, अब त भेट सम्भव नै छैन कस्तो लाटी म, मोबाइल नम्वर मात्र मागेको भएनि हुन्थ्यो जस्तो लाग्यो । मोबाईल अफ र उ साथमा भएको हुँदा केही ध्यान थिएन त्यतिखेर होला भन्ने सोचें ।

नाचुमी सान उहाँलाई म जिवनभरी नै मिस गर्नेछु । जहाँ जस्तो अवस्थामा हुनुहुन्छ राम्रोसँग खुशी भएर बस्नु । पहिलो चोटी कोही केटाले हात समाउँदा खुशी र आफुलाई सुरक्षित महसुस भएको त्यो हजुर हुनुहुन्थ्यो । मेरो लाईफमा हजुर जस्तै बुझ्ने, केयर गर्ने कोही आउन् म हजुरलाई चाँडै भेट गर्न चाहन्छु र हजुरको क्यास रिटर्न गर्न र हजुरलाई मनबाट फेरी पनि आरिगातोउ भन्छु । सायद त्यो दिन हजुर नभएको भए मेरो बिचल्ली हुन्थ्यो । म तपाईंलाई साँच्चै एकदमै सम्झिराखेको छु ।