(Japan) 29 th March | 2024 | Friday | 2:51:25 PM || (Nepal) 11:36:25 AM
 
 


मेरो रेलको साथी 'नाचुमी सान' (भाग १)

Apsara Paudel   POSTED ON : Tuesday, 03 August, 2021 | Views : 7738

मेरो रेलको साथी 'नाचुमी सान' (भाग १)


जुलाई १०, यो दिन म कुनै काम विशेषले टोकियो जानुपरेकोले शनिवारको दिन पारेर चाँडै उठेर गएँ । आफु जाने ठाउँको 'लोकेशन' पाएको हुँदा मोबाईलमा 'सर्च' गर्दै गएको थिएं । समयमै पुगेर पनि बेलुका फर्कने बेलामा चाहिँ दिउँसोको त्यो ३५ डिग्रिको तापक्रमले मलाई धेरै सताएको हुँदा म धेरै थकित थिएं ।

बाहिर कतै जाने भन्नासाथ सँधै 'हिल' लगाउनुपर्ने मलाई त्यसकै कारण पनि थोरै गाह्रो बनाएको थियो । करिव ५ बजे तिर म मेरो ठाउँमा फर्किन 'ट्रेन' चढें । तर 'ट्रेन' चढ्ने बेलामा कहीँ कतै नहेरी चढेको थिएं । कहिले गएर सिटमा बसौंला भनेर भित्र जाँदा सिट खाली हुँदा म बसी हालें । 'ट्रेन' भित्र धेरै थकानले गर्दा म निदाएछु, करिव साँडे तीन घण्टा पछि झल्यास्स बिउझिँदा 'ट्रेन' रोकिरहेको थियो ।

बाहिर ठूलो पानि र सँगै चट्यागं पनि परिरहेको थियो । म आफु झर्ने ठाउँ आयो होला भनेर हेर्दै थिएं तर मैंले केही बुझ्न सकिन । म कहाँ छु, कहाँ आइपुगें 'ट्रेन' किन रोकिएको केही थाहा छैन र उठेर यताउती हेरेको 'ट्रेन'को म भन्दा अगाडी २/३ जना मान्छे र मेरो 'साईड'को केही पर एकजना केटा मात्र बसेको देखें । मैंले केही नबुझेको हुँदा त्यो केटालाई सोध्नु नै उचित लाग्यो र मैंले उसलाई 'सुमिमासेन' भनेर इशारा गरें ।

उ पातलो-पातलो म भन्दा थोरै अग्लो गोरो वर्णको रातो टिसर्ट र कालो पेन्ट र साथमा ठूलो पछाडी भिर्ने व्यागमा थियो । मैंले बोलाएको देखेर उ मेरो नजिक आएर 'किन, के भयो ?' भनेर सोध्यो । मैंले 'म यो ठाउँमा जानुपर्ने ट्रेनमा चढ्दा म निदाएछु अहिले कहाँ छु ? ट्रेन किन रोकिराखेको छ ?' भनेर सोधें । उसले 'हामी त गुन्मा केन पुग्न लाग्यौं । तँ, चिबाको छेउमा पुग्नुपर्ने मान्छे, यो ट्रेन तैंले बिचमा चेन्ज गर्नुपर्थ्यो, त विद्यार्थी भएर पनि किन गरिनस् । त्यहि भएर त मिस्टेकले यहाँ आईस, यो ट्रेन रोकिएको चै बाहिर ठूलो बर्षा भइराको छ त्यहि भएर' भन्यो ।

मेरो एक्कासी आँखा भरी आँसु आयो । मलाई उसै त सन्चो थिएन । झन त्यो कुराले झन गाह्रो हुन थाल्यो । रातको ८:३० बजेको थियो । घडी हेर्दा व्यागमा पैसा जम्मा ५,००० येन थियो । अब के गरौं, मलाई 'ट्रेन' खासै नचढेको हुँदा त्यसको 'आईडिया' पनि थिएन । अब कहाँ गएर ओर्लेर म आफ्नो ठाउँमा जाने होला, भोलीपल्ट १ बजेको काममा नपुगी हुन्न, मेरो मनमा कति प्रश्न आउन थाले तर उत्तर केही थिएन । आफैं देखी रिसपनि उठ्यो । 'ट्रेन'मा कोही ३ घण्टा निदाउँछ । हुन त थकाईले होला, फेरी आफैं देखि दया लाग्यो । बाहिरको त्यो ठूलो बर्षात सँगैको चट्यागंले म झन् डराएको थिए । मेरो यस्तो हालत देखेर त्यो जापानीज केटाले 'त पिर नगर, तलाई म हेल्प गर्छु, त आफैं आफ्नो घर फर्कन्छन्, पिर नगर' भन्यो ।

आफ्नै मोबाइलमा 'ट्रेन'को 'लाईन सर्च' गर्न थाल्यो । कहाँबाट मेरो 'एड्रेस'मा पुग्ने 'ट्रेन' लाग्छ भन्दै । म भने यता रुनु न हास्नुमा थिए । 'तर पानी यती ठूलो छ की हामी समयमा नपुग्न पनि सक्ला' भन्यो । म भन्दा पनि पर बसेको हुँदा उसले राम्रोसँग बोलेको सुनेको पनि थिएन । मात्र टाउको हल्लाएर ईशारा गरिरहेको थिएं । उसले एकछिन पछि 'मातेमात्ते, म केही गर्छु' भन्दै कसिएर मोबाइलमा लागेको थियो । मेरो भने आफ्नो मोबाइलमा चार्ज नभएर मोबाइल पनि अफ भएको थियो । के गर्ने पैसा पनि ५,००० छ । अब फर्किंदा कति लाग्छ । आज घर त पुग्छु नी यस्तै कुरा मनमा खेलाउँदै थिएं । बाहिर यती ठूलो चट्यागं पर्यो कि, म नराम्रो सँग तर्सिएं । यो देखेर त्यो जापानीज केटा मेरो नजिक आएर 'तलाई ठिक छ नि ? के भयो ? नडरा म छु त तेरो नजिक' भन्दै थियो । आफ्नो भने सातो गइसकेको थियो । म धेरै डराएको देखेर उसले मेरो सिटको अगाडी 'म यहाँ बसौं ?' भनेर सोध्यो । मैंले हुन्छ भनें । उसले मोबाइलमा 'चार्जर' पनि बोकेको रहेछ । उसले 'चार्जर' २ वटा मोबाइल निकालेर 'चार्ज' गर्दै 'ट्रेन सर्च' गर्दै थियो ।

उसले मलाई भन्यो 'त सँग २ वटा अप्सन छ । पहिलो ठूलो पानि परेको हुँदा यो रोकिराखेको ट्रेन कुन बेला जान्छ त्यहाँ यदि हामी समयमा पुग्यो भने ट्रेन भेटेमा अर्को ट्रेनमा फर्कने र दोस्रो पानीले गर्दा ट्रेन भेटिएन भने म अर्को ट्याक्सी खोजेर ट्याक्सी चढाईदिन्छु । ट्याक्सिको पैसा पनि म आफैं तिरिदिन्छु तँ ट्याक्सिमै जा ।' मैंले 'ट्याक्सिको भाडा धेरै महँगो छ, ट्याक्सिमा त जान्न' भन्दै थिएं, उसले 'त्यसो भए यहि नजिक होटेलमा बस आज राती, भोली म ट्रेन चढाईदिन्छु अनि फर्की । होटेलमा लाग्ने पैसा म दिन्छु त पिर नगर ।' उसले यस्ता कुरा सायम म थकित र रुन्चे अनुहारमा भएर दया लागेर भन्यो होला । मैंले 'पर्दैन, होटेलमा बस्न, म अहिलेसम्म यसरी नबसेको हुँदा म बस्दिन तर घर चै आज नफर्की हुन्न' भनें । भोली १ बजेको काम छ भनेर के भनेको । 'यो तेरो हालत यस्तो भइराखेको छ नि, लाग्छ तलाई हस्पिटल लेर जाउँ । त भने भोलीको काम सोचेर बस्दै छस्' भन्यो । मैंले 'हामी स्टुडेन्ट अर्काको देशमा आएर बसेका छौं । यहाँ यस्तै छ हामीलाई भोली समयमा पुगिन भने कामबाट निकाल्छ' भन्दा 'मेरो तेही एउटा मात्र काम छ, त्यो पनि भएन भने के गर्ने ?' यस्ता कुरा भन्दा उ मलाई अचम्मित भएर हेर्दै थियो ।
मेरो बारेमा सोध्न थाल्यो । 'कहाँबाट आएको, कति बर्षको भईस्, हेर्दा त १७/१८ बर्षको बच्चै लाग्छ, के गर्न जापान आएकी यति सानैमा, तलाई घरको याद आउछ आउँदैन, खाना कसरी खान्छस्, कलेजको पैसा आफैं काम गरेर तिर्छेस् कि घरबाट मगाउछेस्, को सँग बस्छेस ?' उसले मेरो बारेमा जान्न चाहेको देखेर उसले सोधेको प्रश्नको सबै उत्तर दिएं र उसको बारेमा पनि सोधें ।

उ २३ बर्षको रहेछ, उसको घर ओमीयामा रहेछ । उसको परिवारमा उ र आमा बुबा मात्र हुनुहुँदो रहेछ । अहिले पढाई सकेर पत्रीका छाप्ने कम्पनीमा समाचार लेख्ने रहेछ । उ २३ बर्षको त थियो तर अरु जापानी भन्दा अलि फरक' हुनत उ त्यो दिन थकीत र मलिन अनुहारमा भएर पनि होला ।

मलाई उसको बोली सुन्दा र उ सँगको साथले त्यहाँ बाहिरको ठूलो बर्षा र चट्यागंको केही मतलब थिएन । उ मेरो नजिक बस्दापनि डराईराखेको या थोरै लजाईराहेको थियो । या अझ उसको बोलीको आवाज त मलाई उ भन्दा पन राम्रो लागेको थियो । अनि उसले मेरो बारेमा लिगेको चिन्ताले मेरो मन डराउन केही कम हुँदै गइरहेको थियो ।

उसले एक्कासी ट्रेन चलेसी 'ओहो ! ९:३० भएछ आज तैंले ट्रेन पाउन्नस जस्तो छ । तर त न ट्याक्सिमा जान मान्छेस् न त होटेलमा, तलाई कसरी घर पुर्याउँ ?' भन्दै उ उठेर यता र उता गर्न लाग्यो ।

त्यत्तिकैमा ट्रेनको बत्तिमा घुमिराखेको किराले आएर मलाई टोक्यो मैंले 'आथा' भन्दै त्यो किरा धपाउँदै थिए । उ हत्तपत्त आएर मेरो खुट्टामा टोकेको किरालाई हातले समातेर फाल्यो र मेरो खुट्टामा उसको हातले विस्तारै थिच्यो । मैंले 'आरिगात्तोउ' भन्यो । उसले भन्यो 'गोमेन्नासाई ! म यो सिटबाट नउठेको भए तलाई टोक्न दिने थिईन । म उठेर गएकाले टोक्यो गोमेन्नासाई !' भनेर उसले २ हात जोडेको देखेर म छक्क परें । बिना गल्ती उ सरी भन्दै छ । मलाई उसले फेरी 'गोमेन्नासाई' भन्यो 'खासमा मैंले अगाडी तलाई भेटेर तेरो ट्रेन चेन्ज गर्न पाको भए तलाई यति धेरै गाह्रो हुने थिएन, त घर गएर सुतिसक्थिस् । अब अहिले मेैंले तलाई केही हेल्प गर्न सकिराखेको छैन' भन्दै उ आँखाभरि आँसु लिएर आउन थाल्यो ।

मैंले उसको आँखामा मेरो लागि आएको आँसुले खै मलाई के भयो उ मलाई धेरै राम्रो लाग्न थाल्यो ! २ घण्टामा भेटेको अन्जान केटा मेरो लागि यस्तो सोच्दै छ जस्तो नि लाग्यो । म भने 'मिन्स' भएको चार दिन भएता पनि 'ब्लिडिगं' धेरै भएको र कम्मर पेट दुखेको हुँदा मुर्छा पर्दै थिएं कता कता । रिंगटा लागेर । म घोप्टो परें ।

...

भाग २, आगामी साता प्रकाशित हुनेछ !