यो एक खुला चिट्ठी हो, सबै सम्बन्धित व्यक्तिले पढेपछि जिम्मेवारी पूर्बक जवाफको अपेक्षा गर्दछु ।
विषय हो अन्तर्राष्ट्रिय साहित्य समाज अनेसास परिवारको । चाहे त्यो अनेसास जापान परिवार होस् या अनेसास अन्तर्राष्ट्रिय होस । अझ यो चिट्ठी मार्फत अनेसास ट्रष्टि परिवार समेतको ध्यानाकर्षण गराउन चाहन्छु ।
म गृष्मा पौड्याल जापानको टोकियोमा स्थाई रूपमा बसोबास गर्दै आएको छु । सबै भन्दा पहिला म अनेसास परिवारको आजिवन सदस्य (सदस्य संख्या हालसम्म थाहा नभएको) पहिला म अनेसास जापान परिवारसंग आबद्ध भएको थिएं जस्तो लाग्छ । किनकी म अनेसास केन्द्र या ट्रष्टि परिवारसंग मात्र सम्बन्धित छु र ? यसको जवाफ कसले दिन्छ ? केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइला या अरू कोहिले ?
अब मुल मुद्धामा आउँ, अनेसासमा अहिले सम्म जम्मा कतिजना आजिवन सदस्यहरू छन् ? लिखित रूपमा लिस्ट उपलब्ध गराउन हुन बिनम्रता पूर्बक अनुरोधका गर्दछु, खासमा यो जिम्मेवारी कस्को हो म अनभिज्ञ छु । बस जवाफको पर्खाईमा छु । अनेसासको आजिवन सदस्य बन्दा मैले जापानी पैसा १०,००० येन तिरेर सदस्यता लिएको हॅु र त्यतिबेला मलाई गराईएको जानकारि अनुसार उक्त रकमको आधा रकम केन्द्रलाई उपलब्ध गराउन पर्ने र आधा रकम सम्बन्धित देशले राख्ने प्राबधान थियो । हालसम्म यस बारेको विधान पाउन सकेको छैन, कृपयाँ बिधान पनि उपलब्ध गराईदिनु होला या यो विधान हामीले इन्टरनेटमा भेट्न सक्छौ भने तुरून्त लिंक उपलब्ध गराईदिनु होला । विधान पढेर म यसबारेमा ढुक्क हुन चाहन्छु ।
अब कुरा आयो जम्मा सदस्य संख्याबाट उठेको रकम २०२०-२०२२ कार्यकालको मात्र भए पुग्छ । यसरी कुल सदस्यबाट उठेको रकम कति हो र यो कहाँ लगानि गर्नु भएको छ ? या छैन ? यदि कतै लगानि गरिएको भए सम्बन्धित बैंक खाताको स्टेटमेन्ट पनि उपलब्ध गराउनु हुन हार्दिक अनुरोध गर्दछु । यदि कतै लगानि गरिएको छैन भने कुनचाहिं बैंकमा राख्नु भएको छ ? बैंक खाताको विबरण तुरुन्त अधिवेशन अगाडि उपलब्ध गराउनु हुन अनुरोध गर्दछु । अबको अधिवेशन कहीले कुन मिति, कुन स्थान र कति बजेबाट हो सम्पूर्ण विबरण पनि यसै जवाफका साथ उपलब्ध गराउनु हुन सबिनय अनुरोध गर्दछु । जवाफ पूर्ण रूपमा लिखितमा उपलब्ध गराउनु हुन पनि अनुरोध छ । यदि यो संस्था जापान भित्र रटिस्टर्ड गरिएको भए रजिस्टर्डको प्रमाण पत्र सहित उपलब्ध गराई पाउॅ ।
र यो अधिवेशनमा हामीलाई लागेको जिज्ञासाको बारेमा प्रश्न राख्ने माहौल बनाईदिनु होला, नत्र कानूनी बाटाहरू पनि भएको कुरा अबगत गराउन चाहन्छु ।
अब कुरा आयो अनेसास केन्द्रको, केन्द्रमा कतिजना आजिवन सदस्यहरू छन् ? च्यापटरहरू कति र हरेक च्याप्टरमा कति कति आजिवन सदस्य संख्या रहेको छ ? सबैको लिष्ट पनि उपलब्ध गराई पाऊॅ ।सदस्यता सॅख्या र सदस्यता बापत उठेको रकमको हिसाब पारदर्षिताका साथ रकमको विबरण, हिसाब किताब प्रष्ट पारीदिनु हुन फेरी पनि अनुरोध गर्दछु ।
अन्तिममा अनेसास ट्रष्टि सदस्यहरू संसार भरीबाट कति जना छन् ? हरेक सदस्यबाट उठेको प्रति व्यक्ति ९०० डलरको आम्दानि र हरेक बर्षमा गरीएका खर्चहरूको बारेमा विगत ५ बर्ष देखिको हिसाब किताबको बारेमा प्रष्ट र पारदर्शी (आम्दानि र खर्चको विबरण) अब आउने अधिवेशन अगावै उपलब्ध गराई दिनुहुन हार्दिक अनुरोध छ । ताकि हिसाब किताब विबरण हेरी चित्त बुझ्दो शिर्षक नभएमा उक्त शिर्षकको बारेमा जिज्ञासा गर्न सजिलो होस् । अनि अनेसासको विधान अनुसार (विधान पढेपछि मात्र निर्णय गर्ने कुरा पनि सम्बन्धित) सबैलाई बोधार्थ सहित यो खुल्ला चिट्ठी आज जापानमा भएको अनलाईन पत्रिका जापानसमाचार डटकममा प्रकाशित गेरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु ।
आशाका साथ सबैमा जवाफ सके जति चांडो उपलब्ध गराई सम्पर्कमा यथा सक्के चांडो आउनुहुन अनुरोध छ । यदि कुनै कारणबस जवाफ आउन ढिलाई हुने भएमा, के कति कारणले जवाफ पठाउन ढिलाई हुने हो सो को चित्तबुझ्दो कारण सहित तुरून्त सम्पर्कमा आउनुहुन सम्बन्धित सबैमा सबिनय अनुरोध गर्न चाहन्छु ।
भवदिय
गृष्मा पौड्याल
आजिवन सदस्य
अनेसास जापान च्याप्टर
ट्रष्टि मेम्बर २०२०
टोकियो जापान
बोधार्थ
अध्यक्ष, गिरिजा गैरे
अनेसास जापान च्याप्टर
अध्यक्ष (केन्द्र)
प्रकाश पौडेल 'माईला'
अध्यक्ष ट्रष्टि
गिता खत्री
र
सम्पूर्ण अनेसास जापान च्याप्टर परिवार
अनेसास केन्द्र परिवार
अनेसास ट्रष्टि परिवार