गाउंपालिका अध्यक्षलाई परदेशिको चिठ्ठि पछि म तपाईमाझ फेरि पनि जानकारिमुलन लेख लिएर आएको छु । सबैलाई नमस्कार, आराम हुनुहुन्छ भनौ कि कोरोनाको कुनै लक्षण त छैन रु भनेर सोधौ दोधारमा छु, किनकि समय यस्तै आएको छ । हिजो बिरामि हुँदा भेट्न जाने चलन थियो । आज बिरामि हुँदा टाढिने जमाना आयो ।
आस्चर्य लाग्छ । हजुरबुबा, हजुर आमाले बारम्बार भन्ने वाक्य 'कलियुग हो उल्टो हुन्छ' आजकल यहि कुरा मानस्पटलमा घुमिरहन्छ । कोरोनाका कारण अकालमै आफन्त गुमाउने म जस्तालाई यो कुरा त झन प्रमाण प्राप्त भएको छ । यतिवेला नेपालमा अस्पताल बिरामिले भरिभराउ छन । सजिलै उपचार पाउन सकिने स्थिति छैन । स्वास्थ्य क्षेत्रले नराम्रो झड्का बेहोर्नु परेको छ । यो लेख लेख्दै गर्दा पनि उपचारको लागि पालो कुर्नु पर्ने, अक्सिजन नपाएकै कारण ज्यान गुमाएका र लास जलाउन कै लागि पनि पालो बस्नु पर्ने समाचारले बिश्वका चर्चित मिडियामा स्थान जमाई रहेका छन् ।
एक सचेत नागरिकको तर्फदेखि परदेशमा भएपनि मातृभुमि र नेपालीको ज्यु ज्यान जोगाउन सकेको सहयोग गर्नुपर्छ भन्ने कुरा मनमा खेलिरहन्छ । भुगोल र राष्ट्र दुरिले टाढा भएपनि नक्सा र चित्र मन मै छापिदो रहेछ अटुट रुपमै । डेड बर्ष लामो यात्रामा कोरोना थाकेको छैन, बरु झन्झन फैलंदै गैरहेको छ । यो परिस्थितिलाई सामना गर्न एक्लै एक्लै बेग्ला बेग्लै आफ्नो ठाउॅंमा सुरक्षित हुनु पर्ने कुरा त प्रमुख छँदै छ । तर पनि दुखमा परेकाहरुलाई कसरि साथ दिएर सहयोग गर्न सकिन्छ त भन्ने क्रममा म जापान बासि सहयोगि मनका धनि केहि साथिहरुसॅंग सॅंगै हातेमालो गर्दैछु ।
पछिल्लो समय हेल्पिगं ह्याण्ड जापान टिमको बारेमा नसुन्ने कमै हुनुहुन्छ होला । निशुल्क र निस्वार्थरुपमा दुखि पिडितलाई सहयोग गर्नका लागि एक जुट भएको यो ग्रुप मार्फत मातृभुमिमा अक्सिजन अभावका कारण अकालमै ज्यान गुमाउने नेपालीहरुलाई सहयोग गर्नु पर्छ भन्ने सल्लाह भयो । त्यो कसरि सकिन्छ भन्ने क्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाबिर पुन सॅंग जोडिन पुग्यौं ।
प्रत्यक्ष संबादको आधारमा नेपालमा अहिले अक्सिजनसॅंग सम्बन्धि खास समस्या के हो त ? भनेर बुझेका थियौं । उहांका अनुसार ,
नेपालमा अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्टहरु प्रयाप्त मात्रामा छन् तर सिलिण्डर छैनन् ।
कोरोना महामारि भन्दा अगाडि सिलिण्डर प्रयोग कर्ताले रोटेसन अनुसार प्रयोग गरिरहनु भएको र अहिले कोरोनाका बिरामि थपिएकाले थप सिलिण्डर नेपालमा नहुनु नै प्रमुख कारण हो ।
भएका सिलिण्डरहरु पनि ब्यापारिहरुले कालोबजारिका लागि लुकाउनु छिपाउनु पनि समस्या कै रुपमा छ जुन काठमाडौं, धनगढी लगायत ठांउका समाचार आई रहेका छन ।
अक्सिजन सिलिण्डरको लागि तत्काल के गर्न सकिन्छ त ?
तत्कालका लागि गांउघरमा बिना प्रयोगमा त्यस्ता सिलिण्डर छन भने संकलन गर्ने र ग्याँस भरेर वितरण गर्ने ।
हिमाल चढ्ने पर्वतारोहिले प्रयोग गर्ने अक्सिजन सिलिणडर पनि यो वेला काम लाग्ने हुदा यदि कतै कसैसॅंग भए कलेक्सन गर्ने र प्रयोग गर्न सकिन्छ । अहिले सम्म आबिस्कार केन्द्रले ४६ वटा कलेक्सन गरेको छ तर रेगुलेटर बिग्रियकाले रेगुलेटर मगाउनु पर्ने स्थिति छ ।
नेपाल सरकारले यो विवरण तयार पार्दा सम्म चाईना बाट २०००० अक्सिजन सिलिण्डर ल्याउने तयारी थालेको छ ।
यो बाहेक कार्वनडाई अक्साईडको सिलिण्डर २४ वटा नाईट्रोजन ग्यासको सिलिण्डर १० वटा संकलन गरिएको छ । काम गर्छन वा गर्दैनन् परिक्षण गरिदै छ ।
त्यसै गरि खाना पकाउने ग्यासको पनि धेरै तिरबाट कुरा आएकोले परिक्षण गरियो तर काम नगर्ने रहेछ । बैज्ञानिक हिसावले भन्नु पर्दा अक्सिजन ग्यास सिलिण्डरको क्षमता १५० वाट हुन्छ भने खाना पकाउने ग्यास सिलिण्डरले १७ बार पावर मात्र थेग्न सक्ने क्षमता हुन्छ ।
त्यसैले खाना पकाउने ग्यास सिलिण्डरमा धेरै अक्सिजन भर्न नमिल्ने हुदा उपयोगि नहुदो रहेछ । अर्को बिकल्पको रुपमा अक्सिजन कन्सनट्रेटर हो । तर यो एउटै लाई ६०,००० देखि १००००० सम्म खर्चिलो हुने र एक जनालाई मात्र उपलब्ध गर्न मिल्ने हुदा अहिलेको परिस्थितिमा यस्लाई के गर्ने भन्ने छलफलकै बिषय हो । अक्सिजल कन्सन्ट्रेटर भनेको हावाबाट सिधै नाईट्रोजन र अक्सिजन छुट्याउने उपकरण हो । दमका रोगिलाई यसले ठुलो अर्थ राख्दछ। अहिले राष्ट्रिय आबिस्कार केन्द्रमा बिभिन्न ठांउबाट ३५ वटा अक्सिजन सिलिण्डर प्राप्त भएका छन ।
अन्त्यमा ,
यो विवरण पढि सके पछि तपाई पनि स्वदेश बिदेश जहा हुनुहुन्छ नेपालमा आफ्नो गांउघर, आफन्त, मेडिकल, कार्यालय, कम्पनि जहां भयपनि जगेडामा अक्सिजन सिलिण्डर छ भने सामाजिक लेवलमा जो कसैलाई भए पनि सम्पर्क गराउनु होला । त्यो सिलिण्डर सहयोगीहरुले सम्बन्धित ठांउमा पुर्याएर प्रयोगमा ल्याउनको लागि सहयोग गर्नु हुनेछ । कोरोनाको विषम परिस्थितिमा यो सानो सहयोगले पिडितको लागि ज्यान जोगाउन मद्दत गर्दछ ।
साथै परिस्थितिले अहिले अप्ठ्यारो मोड लिईराखेको छ । पक्कै पनि एक दिन सामान्य बनेर जाने छ । यो समयमा जो जहा छौ । तपाई रहेको स्थानिय नियमको पालना गरि आफ्नो दैनिकि चलाउनु होला । अति आवस्यक भन्दा बाहिर ननिस्कनु होला । समय आएपछि हामि सबैको पुरानो जस्तै भेट हुने नै छ । जुटेर हैन छुटेर एक्ला एक्लै बसेर सामना गरौ । सुरक्षित रहौ । धन्यबाद
...
यो लेख राष्ट्रिय आविष्कार केन्द्रमा संस्थापक डा. महाबिर पुनसॅंग हेल्पिगं ह्याण्ड जापान टिममा सोधिएका प्रश्न उत्तरको आधारमा तयार पारिएको हो ।
नारायण पोखरेल
एड्मिन हेल्पिंग हेण्ड जापान टिम (Helping Hand Japan Team)
टोकियो