(Japan) 25 th August | 2026 | Tuesday | 2:26:14 PM || (Nepal) 11:11:14 AM
 
 


जापानका नेपाली किसान जो ओलम्पिकको टर्च बोक्दैछन

  POSTED ON : Saturday, 03 April, 2021 | Views : 5838

जापानका नेपाली किसान जो ओलम्पिकको टर्च बोक्दैछन


टोकियो, जापान ।

सन् २००७ को अक्टोबरयता जापानमा बसोबास गर्दै आएका छन कान्छा लामा । सागा प्रिफेक्चरको तोसु शहरमा तालिम सकिएपछि सन् २०१३ सम्म उनी मेई प्रिफेक्चरको विश्वविद्यालयमा पढाई गरे ।

पढाई सकिएपछि उनी पुनः सागा नै फर्किएर काराचु शहर स्थित एक फार्ममा काम गर्न थाले । उनले जापानमा कृषि स्थानीयहरुबाट प्रकृतिबारे जान्नका लागि रोजेका थिए । फार्मबाट फुर्सद निकालेर उनी प्रायः स्थानीय कार्यक्रमहरुमा पनि सहभागी भइरहन्छन् ।

यिनै कान्छा लामा टोकियो ओलम्पिकको टर्च बोक्ने अवसर पाएका छन् । उनी ओलम्पिकको टर्च बोकेर दौडने धावकमा चयन भएका हुन् । टोकियो २०२० को वेबसाइटमा उनै कान्छाको २०२१ फेब्रुअरी ८ मा छापिएको अन्तवार्ताको नेपाली अनुवादः


तपाई जापान आउनु भएको १० वर्षभन्दा धेरै भइसक्यो । जापानबारे तपाईको अनुभव कस्तो छ ? नेपालको भन्दा यहाँको जीवन कतिको फरक पाउनु भएको छ ?

जापानबारे एउटा राम्रो कुरा चाँहि समयनिष्ठता हो । जापानीहरु इमान्दार छन् अनि आफ्नो कामलाई प्राथमिकता दिन्छन् । मलाई यो कुरा निकै मन पर्छ । नेपालको तुलनामा जापान निकै भिन्न छ । यहाँ हरेक कुरा विकसित छ । नेपालमा नागरिकहरुका लागि अत्यावश्यक पूर्वाधार नै पर्याप्त छैन ।


तपाईले सागा प्रिफेक्चर नै किन रोज्नु भयो ?

सागाको विषयमा एउटा राम्रो कुरा के हो भने यो धेरै चिसो छैन । प्राकृतिक विपद् घरीघरी गइरहँदैन अनि यहाँ बस्न पनि सहज छ । निकै स्वादिष्ट माछा पाइन्छ अनि धेरै किसानहरु भएकोले टन्नै ताजा तरकारी खान पाइन्छ ।


यहाँ किसानको रुपमा आफ्नो अनुभव बताउनुहोस् न ?

कृषि क्षेत्रमा काम गर्दा सधैं गाह्रो हुने कुरा भनेको प्रकृतिको सामना गर्दाखेरि हो । मैले के सिकेको छुँ भने कृषिजन्य वस्तु जीवनको जरुरी हिस्सा हो । अनि मौसमी तरकारीहरु निकै मिठो हुन्छन् भन्ने पनि मैले सिकेको छु ।


काराचुबारे तपाईलाई मन पर्ने कुरा के छ ? यसबारे संसारलाई गर्वका साथ बताउनु पर्यो भने के भन्नु हुन्छ ?

यहाँ ऐतिहासिक रुचीका कयौं चिज छन् । यहाँ पर्याप्त मात्रामा प्राकृतिक वातावरण छ अनि मानिसहरु पनि निकै दयालु छन् ।


ओलम्पिकमा टर्च बोक्ने धावकको रुपमा तपाई आफ्नो समुदायका मानिसहरुलाई के भन्न चाहनु हुन्छ ? तपाई कसप्रति आफ्नो आभार व्यक्त गर्न चाहनु हुन्छ ?

म यस अवसरलाई विदेशीका लागि बस्न योग्य ठाउँका रुपमा शहरलाई विकास गर्ने सबै काराचुबासीप्रति आभार व्यक्त गर्न प्रयोग गर्न चाहन्छु । यिनीहरु विदेशीहरुलाई यति दयालु भएर मद्दत गर्छन् कि म आफैंलाई पनि कृषि क्षेत्रको लागि मैले सकेको राम्रो गर्छु भनेर कशम खान्छु ।