(Japan) 25 th August | 2026 | Tuesday | 9:14:48 PM || (Nepal) 5:59:48 PM
 
 


'जापानको भाषा, संस्कार र संस्कृती बुझे सपना पुरा हुन समय लाग्दैन'

Sandesh KC   POSTED ON : Monday, 18 January, 2021 | Views : 7508

'जापानको भाषा, संस्कार र संस्कृती बुझे सपना पुरा हुन समय लाग्दैन'


हजार माइलको यात्रा एक पाईलाबाट सुरु हुन्छ भने झैं, आज मैले बिताएको नेपाल देखि परदेश सम्मको यो यात्रा लाई एक पाईलाको रुप मा सम्झिएको छु ।

समयलाई सस्तोमा बेचेर महङ्गो घडि लगाउनुको अर्थ छैन भन्ने बुझ्दै गरेको म बिद्यार्थी हिडदै, सोच्दै र म खोच्दै छु । यि आफ्ना हरेक पाईलाको महत्व सायद म जस्ता १ लाख भन्दा धेरै नेपालीहरु यहि यात्रा मा हुनु हुन्छ होला जापानमा । विंक्रम संवत् २०५४ सालमा जन्मेको म त्यहि हजारौँ नेपालीलाई बिदेश जान माध्यम बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र छिर्दै गर्दा र ठुलो जहाज चढ्दै गर्दा मात्र म २१ बर्षको थिए । परदेशमा पाइला राखेको २ बर्ष वितिसकेछ अर्थात् अहिले म २३ बर्षको भएछु । समय कति छिट्टै बितेको पतै भएन ।

मलाई लाग्छ यो समाज मेरो लागि नौलो र सिक्नु पर्ने कुरा घेरै बाँकी रहेछ्न् । नौलो समाज नौलो सँस्कृती अनि फरक भाषा मेरा लागि हरेक कुरा निकै चुनौती पुर्ण थिए । यसो भनिरहदा अझै पनि संघर्षरत यो विद्यार्थी जिवन कालमा चुनौतीहरु थुप्रै रहेकाछ्न् । फरक यति मात्र हो समय सँगै सपना पनि परिवर्तन हुदो रहेछ । सुरुवाति दिनहरुमा जापान आउदै गर्दा ऋण कसरि चुत्ता गर्ने त्यस पश्चात् कहाँ कुन कलेज जाने भन्ने सोच आउँथ्यो भने अहिले कसरि भिषा जोगाउने र कसरि स्थापित हुने भन्ने कुराले पिरोलि रहन्छ र ति बाटो म खोजिरहेको छु ।

घरको आर्थिक स्तर कमजोर भएकाले नेपालबाट मलाई अध्ययन गर्न पैसा पठाउन नसक्नुको बाबजुद एउटा काम गरेर जिविकोपार्जन गर्न र यता कलेज शुल्क जुटाउन निकै गाह्रो भैरहेको थियो । म विद्यार्थी भएको नाताले हप्तामा २८ घण्टा मात्र काम गर्न पाउने जापान सरकारको नियम र नियम विपरीत काम गर्यो भने नेपाल फर्काइ देला भन्ने कुराले पिरोलिन्थो ।

जसोतसो एउटै काम गरेर २ बर्ष बिताएछु । नेपाल हुने बेला ईन्जिनियर पढ्दै गरेको मान्छे जब म जापानमा पाइला टेकेँ त्यस पछि मेरो जिबनको नया संघर्षका दिनहरु सुरुवात भयो ।

घरमा खाना खाएर थाल समेत नमाझेको म जापानमा आए पछि कैयौं घण्टा रेष्टुरेन्टमा भाडा माझे । आफ्नो जिम्मेवारीमा सहायक कुक र अन्य कर्मचारीहरु घण्टौंसम्म जागरण र उत्प्रेरणा गराउने म जापानीज भाषाको अभाबकै कारणले कैयौँ पटक अबुझ जसरी मौन बसेको छु । 

अहिले यि कुरा तपाईंहरु समक्ष ब्यत्त गर्न पाउदा गर्ब लागि रहेको छ ।किनकि परिस्थितिले मान्छेमा धेरै नै परिवर्तन ल्याउँदो रहेछ । हरेक जसो यात्रामा देखिने ब्यवधान र समस्याहरुले नै आज मेरो लागि जीवन जिउन सिकाउने किताब बनेको छ ।

यस कारण म भन्छु तपाई पनि सङ्घर्ष गर्नुहोस् । जब यहाँको सँस्कार  संस्कृती र भाषालाई बुझ्ने हुन्छौं नि त्यो दिन तपाईले देख्नु भएको सपना पुरा हुन समय लाग्छ जस्तो लाग्दैन । जापानको बारेमा मेरो साँडे २ बर्षको अनुभव मा यति कुरा ढुक्क साथ भन्ने भएको छु कि जीवनलाई फुल सम्झेर पानी हाल्नुहोस, सुगन्घ र सौन्दर्यता फुल आफैले दिन्छ ।