(Japan) 25 th August | 2026 | Tuesday | 9:15:19 PM || (Nepal) 6:00:19 PM
 
 


'एउटा असावधानिले दशैं हाँसोमा, तिहार आँसुमा नवितोस्'

Nawina Bhandari   POSTED ON : Saturday, 24 October, 2020 | Views : 4926

'एउटा असावधानिले दशैं हाँसोमा, तिहार आँसुमा नवितोस्'


हो दसैं भनेको हामी नेपालीहरुको महान चाड हो । वर्षमा १ पटक मात्र आउछ । कयौँ महिना अगाडि देखि दसैँको लागी भनेर अनेक प्रकारका योजनाहरु बनाएका हुन्छौँ । हामिहरुले केहि कुरा गर्न मन लागेपनि त्यसलाई गामान गरेर दसैँमा गरौँला भन्छौं । अझ साना नानिबाबू हरुलाई हेरौं त, बावा आमाले विद्यालयको पढाई लेखाई गराउँदा सम्मपनि यदि भनेको मान्यौ भने दसैंमा तिमिले भनेको कुरा किनिदिन्छौं, काँहि घुम्न जाने कुरामा पनि दसैँमा जाउँला भनेर भाका नै राखेका हुन्छौँ ।

हामिहरुले यसरी वर्षभरी योजना बनाएको कुराहरु गर्न नपाउँदा नराम्रो लाग्नु स्वभाविक नै हो । मनमा नराम्रो त लाग्छ नै, तरपनि यो वर्ष विगतका बर्षहरुमा मजाए जस्तो दसैं छैन । वर्षमा १ पटक आउने पर्व हो मनाउनै पर्छ, राम्रोसंग भने जस्तो छैन ।

बिनासकारी भूकम्प गएको समयमा देशमा एक भागमा पिडा रहेपनी अन्य भागमा अवस्था सामान्य सहित डर भएपनी निर्धक्क जीवनको सास फेर्न सकिन्थ्यो । तर अहिले जताततै कोरोना भाइरसको संक्रमण र महामारीले बिनासको रुप लिंदै गईरहेको छ ।

काम, विद्यालय होस् वा कोही कसैलाई भेटघाट गर्न, घर बाहिर निर्धक्कसँग निस्कन समेत डराउनु पर्ने अवस्था सिर्जना गराएको छ । कोरोनाले झन हामि वर्षमा १ पटक आउने चाडबाड हो भेला भएर रमाइलो गर्नुपर्छ भन्न थाल्यौ भने स्थिति अझै जटिल नबन्ला भन्न सकिन्न ।

यहाँ विदेशमा नेपालमा जस्तो सजिलो पनि छैन । आफ्नै परिवार मात्र जम्मा भएर दसैँ मनाउ भन्नलाई । हामि परदेशमा छौं, प्राय सबैको परिवार साथमा हुनुहुन्न । कोठामा एकदुई जना बसेका हुन्छौं । बरु त्यस्तै भए सँगै बस्ने साथीसंगपनि झगडा परेर बोलचाल बन्द भएको अवस्था हुनसक्छ ।

परदेशमा हामिहरु घुम्न अनि रमाइलो गर्नको लागी भनेर पक्कै आएका होईनौं । बावा आमाले दशौं लाख ऋण त्यो पनि ब्याजमा साहुको अनेक सर्त मानेर मागेर पठाउनुभएको हुन्छ । त्यो सबै कुराहरु मनमा राखेर हामिहरु अध्ययन, कामसँगै पैसा कमाउन लागिपरेका हुन्छौं ।

पैसा बचाउनको लागि हामिले यति सम्मकी आफू बस्ने रुमसम्म पनि सानो र सस्तो खोजेको हुन्छौ । जहाँ दुई चारजना साथिहरु जम्मा हुँदापनि राम्रोसँग बस्ने अवस्था हुँदैन ।

यस्ता अनेक कारणहरुले गर्दा हामि सानो समुहमा भेला हुँदापनि रेस्टुरेन्टमा जानै पर्ने बाध्यता छ । तर एउटा कुरा के हो भने एकछिन अनि एकदिनको रमाइलोको लागि जमघट गरेर यदी हामिलाई कोरोना संक्रमण भइहाल्यो भने के हुन्छ ? हाम्रो परिवारलाई नेपालमा कति तनाव हुन्छ ? त्यसको बारेमा हामीले साथीहरु भेला हुने भनेपछि भुसुक्क भुलिदिन्छौं ।

एकछिनको रमाईलोले जीवननै बवार्द हुनसक्छ भन्ने कटु सत्यलाई भुलिदिन्छौं । यति भनिसकेपछि भएका गल्तिबाट पाठ सिकेर भनेपनि हामीले सकेसम्म आफ्नै घरमा निकटका सिमित व्यक्ति मात्र भेला भएर यो दशैं मनाउनु नै एकमात्र विकल्प बनेको छ ।

दसैँ मनाउनै हुँदैन आफ्नो धर्म, संकृती र परम्परा भुल्नुपर्छ भन्ने होईन । वर्षमा एकपटक आउने महान चाड हो दसैं, मनाउनुपर्छ तर सकेसम्म आफ्नै घरमा आफ्ना परिवारजन बाहेक जम्मा नभई मनाऔँ । जीवन रहे यस्ता दसैं दशौं बर्ष बनाउन पाईन्छ । एक छिनको लागि सामान्य असावधानिले गर्दा के थाहा दसैं रमाईलोमा मनाएर तिहार अस्पतालमा आफु छटपटाउँदै अनि परिवार र आफन्तलाई पिडा र छटपटाहट दिंदैको वित्ने हो कि ?

त्यसैले दसैंलाई सुरक्षा र सावधानिको सचेतना अवसरका रुपमा मनाऔं, कोरोना संक्रमणको यो विश्व महामारीबाट आफू बचौं अरुलार्इ पनि सजक र सतर्क हुन सघाऔं ।