सन् २०१६ जुलाई ९ तारिख तद अनुसार २०७३ साल असार २५ गते अपरान्हपख मोबाईलमा सेभ गरेकै नम्वरबाट फोन आयो । जापान आएको केही महिना मात्र भएको थियो । मान्छे चिन्दै थिएं, साना भन्दा साना लाग्ने कुराहरु नौलो लाग्थे ।
फोन उठाएं अनि 'नमस्कार !' भनें । सुरुवातमै सोधियो 'तिमि कता हो ?' सोधेको के भनौं आदेशानुसार हैकम जारीको शैलिमा सोधपुछ सुरुभयो । मैंले आफु काममा जाँदै गरेको बताएं ।
भर्खर शिन्जुकु रेल स्टेशनबाट उत्रिएर मुल गेटबाट बाहिरिएको थिएं । अनि प्रश्न र प्रश्नमाथि प्रश्न राख्दै आज्ञा भयो 'भाई तेरो पखेंटा पलायो कि के हो ? कमिलाको पखेटा पलायो भने के हुन्छ थाहा छ नी ? पहिला हिँड्न सिक ! एकैटपक धेरै उड्न नखोज ।'
धम्कि र चेतावनीको त्यो शब्द अझै कानमा गुन्जिन्छ बेला बेलामा । कारण मैंले रेकर्ड गरेको त्यो आवाज अझै सुरक्षित राखेको छु । घडिको पला हेरेर भन्नसक्छु सम्वादका हरेक शब्द कस्ता थिए भनेर ।
मैंले नेपालमा रहँदा देखीनै सन् २००९ देखी संचालन गरेको टपनेपालन्युजडटकममा जापानको अग्रणी भनिने संस्थाले आफ्नै महासचिव, उपाध्यक्ष सहित चारजनासँग स्पष्टिकरण सोधेको तथ्य सम्वन्धित संस्थाकै पदाधिकारीहरुले उपलब्ध गराएका थिए ।
उपलब्ध कागजात अनुसार स्पष्टिकरण सोधिएका मध्ये एकजनासँग जानकारी लिंदा 'हो' भन्ने पुष्टिपछि जानकारी समाचारको रुपमा प्रकाशित भएको थियो ।
भित्रि कुरा बाहिर आउँदा असन्तुष्टि जाग्न सक्छ हरेक संस्थाका पदाधिकारीलाई । तर मसँग भएको संवादको त्यो शैलि र शब्द त्यो पदमा बस्नेका लागि 'दण्डित हुन लायक' थियो र छ भन्ने मेरो बुझाई अझै अटल छ ।
उताबाट फेरी आज्ञा भयो 'तलाई यो कुरा कसले दिएको त्यति मात्र भन् तलाई केही गर्दैनौं !'
भनिएको यो कुराको हरेक शब्द मैंले कयौं पटक तिनको व्यक्तित्वसँग तौलिएको छु । यसले उनको बौद्धिकता र पदिय अहमता कतिसम्म थियो भन्ने मलाई ज्ञान लिन धेरै सदसम्म सघाएको छ ।
मैंले थोरै पढेको, सिकेको र बुझेको पत्रकारिताको मर्म सिकाउँदै श्रोत कसैगरी भन्न नसकिने बताउँदा उनले भनेको त्यो रुखो बचन अझै सम्झन्छु 'तँ हामीलाई पत्रकारिता नसिका भाई, जापानमा धेरैको पत्रकारिता देखेको र धेरैलाई सिकाएका छौं ।'
यो भन्दा भन्न पर्ने थप कुरा यो प्रसंगको लागि चाहिन्छ भन्ने लाग्दैन । लेखेको समाचार हटाउन देखी अनेक प्रशंग कोट्याएर ७ पटक विभिन्न व्यक्तिबाट आएको फोन रेकर्ड अझै सुरक्षित छन् । जसले जापानको अनौपचारिक पत्रकारिताको जग सिक्न मलाई अझै सघाईरहेको छ ।
पात्र फेरिएपनी संस्थाको नाममा व्यक्तिको अहमता उस्तै !
अगष्ट ५ २०१६ रात ११ बजेको समय । कामबाट फर्कंदै थिएं । रेलबाट ओर्लने वित्तिकै फोन आयो । के विषयमा कुरा गर्न खोजेका हुन् भन्ने अनुमान पहिले नै थियो । त्यसैले पूर्वानुमान अनुसार परिचित व्यक्तिको भएकाले फोन उठाएं ।
विषय मैंले गरेको अनुमानको भएपनी संवाद मैंले कल्पनै नगरेको भयो । जापानमा हुने ठूलो संस्थाको भव्य कार्यक्रमको विषय थियो त्यो ।
'त, मा...नेलाई किन जान्ने हुनुपरेको, हाम्ले गरेको कामको तँ किन बिरोध गरेर मात्र लेख्छस् ? तलाई किन जान्ने भएर लेख्नुपर्यो हाम्ले जे गरेपनी ?'
आमा चकारी शब्दको सिलसिलेवार कुरा भनिसाध्य छैन । मुखिया त अर्कैं थिए उनि किन त्यस्तो अपशब्द मात्र ओकलिरहेका छन् भन्ने कौतुहलतामा परें एकछिन । मुखियासँग कुरा भएपछी भेउ पाएं चुरो कुरा विवादित काम गर्ने जिम्मेवारी र खुराफाती आईडिया महासयकै रहेछ ।
भोली पल्टबाट सुरुभएको मेलामा गएं । खै के सोचे उनले वा अरुहरुले मेलामा देखेपनी कुरा हुन पाएन तर मनमा थोरै डर भएपनी आँट थियो डटेर सामना गर्ने । तर त्यस्तो अवस्था आईपरेन । अवस्था टर्यो त्यत्तिकै । अहिले चाहिँ सम्वन्ध सामान्य छ भनौं ।
संस्कृती संरक्षण नाममा जातिगत संस्थाको फुर्तीको शान
जापानमा ठूलो जातिगत संस्था दावी गर्ने दुई फरक जातिय संस्थाका माननियहरु चर्को असन्तुष्टि सहित खनिनुभयो ।
पहिलो घटना सन् २०१९ मध्य समयको थियो । संस्था भित्रको विवादको चुरो कुरा सहित खवर प्रकाशित भयो । खवरको जानकारी दिने त फेरी पनि संस्थाकै असन्तुष्ट पक्षनै थिए ।
तर समस्या भएको स्विकार भएपनी आपत्ति चाहिँ संस्थाको समस्या किन लेखिदिएको भन्ने थियो । अर्थात् हाम्रा नराम्रा कुरा लेख्न हुँदैन राम्रा कुरा भए हामी आफैं दिन्छौं अनि छापिदिनु भन्ने आशय ।
प्रकाशित भईसकेको समाचार हट्न वा हटाउन भनिरहेपनी समाचार रहिरह्यो असन्तुष्टि केही दिन रह्यो र सेलायो ।
...
उस्तै प्रकृतिको सामाजिक संस्था भित्रको आर्थिक अनियमितताको तथ्यगत विषयवस्तु सहितको खवर फेब्रुवरी २५ मा जापानसमाचारबाट प्रकाशित भयो ।
लगत्तै संस्थाका अपरिचित सहित अपरिचित व्यक्तिबाट लगातार फोनको ओईरो लाग्यो ।
आधारहिन तथ्य सहितको समाचार भएको आरोप र गुनासो सहित कानुनी कारवाहीमा जाने सचेतना र केही चेतावनी सहितका अभिव्यक्ति अनेक व्यक्तिबाट दुईदिन आईरह्यो ।
'गलत तथ्य भएमा खण्डन पठाउन र तथ्य त्रुटिपूर्ण भए सच्याउन, भुल सुधार गर्न माफी वा कानुनी कारवाही भोग्न तयार' भएको जानकारी गरायौं । तर लगातार चेतावनीयुक्त अभिव्यक्ति आईरहेपछी 'कहाँ कुन प्रहरी चौकिमा आउनुपर्ने जानकारी गराउन तथा प्रहरीमा उजुरी दिंदा व्यक्तिगत विवरण चाहिए फोन गर्न अन्यथा उक्त विषयमा कुरा गर्न फोन नगर्न' भनेपछी विषय शिथिल भयो ।
भोली पल्ट आफुहरुको खण्डन प्रकाशित गरिदिन तथा भविष्यमा संस्थाका विवादित विषय आए सोधेर मात्र प्रकाशित गरिदिन अनुरोध भएपछी त्यसलाई सकारात्मक जानकारी भन्दै विषय त्यसै सल्टाईयो ।
संस्थाको आडमा अहमता
संख्याकै आधारमा ठूलो मानिएको एक संस्थाका केही पदाधिकारी प्रतिनै असन्तुष्टि पोख्दै सोही संस्थाको क्षेत्रकै व्यक्तिले अनुरोधपूर्ण अभिव्यक्तिका साथ आफ्नो लेख प्रकाशित गरिदिन आग्रह गरे ।
बोलेकै भरमा लेखर लेख प्रकाशित हुननसक्ने बताएपछी आफुले लेखेर पठाउने र प्रकाशित गरिदिन अनुरोध आएपछी लेखेर पठाउन सुझाव दिएं ।
तर केही बुँदामा आफ्ना मनका असन्तुष्टि पोख्दै व्यक्तिले आफुहरु जस्ता धेरै पिडामा रहेको भन्दै पिडितका कुरा कहिले कहाँ सम्वोधन हुन्छ ? भन्ने आशयमा लेखी पठाएको पत्र जस्ताको तस्तै तर व्यक्तिको नाम केरमेट बनाएर लेखको रुपमा प्रकाशित गर्न सम्भव नदेखिएपछी फेसबुक पेजबाट प्रकाशित गरियो ।
प्रकाशन पूर्व प्रकाशन गर्न अनुरोध र लेखी पठाउने व्यक्तिले फोन सम्वादमा विषयको जिम्मेवारी लिने स्पष्ट बताएका छन् । जसको फोन रेकर्ड अडियो र भिडियोमा सुरक्षित छ ।
फेसबुकमा प्रकाशित व्यक्तिको असन्तुष्टिका विषयमा केही घण्टा नबित्दै व्यापक प्रतिक्रिया आयो ।
अगष्ट ३ मा पत्रकाशित पत्रमा उल्लेख गरिएका व्यक्ति र त्यो भन्दा बाहिरका करिव एक दर्जन व्यक्तिको फोन यसरी आयो मानौं कुनै देश बिरुद्ध अनर्गल प्रचार गरियो ।
'व्यक्ति अनुसार' विषयको 'गाम्भियर्ता ख्याल नगरेको', 'प्रकाशन पूर्व नसोधेको', 'किन प्रकाशत गरेको ?'जस्ता चेतावनीको आशय झल्कने अनेक कोणबाट फोनमा असन्तुष्टि पोख्नेहरु भेटिए ।
'कहाँ छस् त्यही आउँछौं', 'कहाँ छस् यहाँ आईजो', 'जहाँ भन्छस् त्यहिँ आउँछौं' जस्ता अनेक चेतावनी शैलिका तर शब्दचाहिँ 'तिमि' स्तरमा फोन र म्यासेज यति आयो कि आफ्नै काम र समाचार सामग्री खोजी गर्ने लोडमा फोन उठाउन छाड्ने देखी केही समय मोबाईल अफ समेत गरिदिएं ।
प्रकाशन गर्न लगाउने व्यक्तिले आफ्नो परिचय खुलाउन सुरुमै अनुमति दिएका थिए । तर विषयको गाम्भिर्यता हेरेर व्यक्तिको परिचय परिचित निकट व्यक्तिहरुबाट दर्जनौंपटक अनुरोध आएपनी श्रोतको गोप्यता जोगाएको थिएं । तर असन्तुष्ट व्यक्तिहरुले आफैं व्यक्ति पहिचान गरेको स्वयं व्यक्तिले नै फोन गरेर जानकारी दिएपछी लुकाउन बाँकी रहेन र व्यक्ति खुल्न गयो ।
अब यसमा समाजमा बसेको सामाजिक व्यक्तिको नाताले, आफ्नो समस्या राख्दा सुनुवाई हुन्छ कि भन्ने आशाले गुनासो पोख्ने व्यक्तिको माध्यम बनेको नाताले तथा सूचना सम्प्रेषण गर्ने मध्यस्थकर्ताको हैसियत समेतबाट हेर्दा त्रुटि, गल्ति वा अपराध भएको चाहिँ के थियो त ?
विषयको बृहत असरको पुरापुर ख्याल नगरेको त्रुटिसम्म भएको विषयलाई पहिले र अहिलेपनी स्विकार गरेको थियौं र छौं । तर भुत्ते बल वा हुलहुज्जतकै आड र भरमा सामान्य त्रुटिसम्मको विषयलाई ठूलो गल्ति वा अपराधसम्म ठानियो भने ठूलो भूल हुनेछ ख्वामितहरु । भोली न तपाईको हातमा छ न हाम्रो ।
आजका दिनसम्म जे भए भए ज्ञान नभएर सिक्ने अवसर मिल्यो भन्ने ठानौं ! अब फेरी पनी कोही कसैले प्रकाशित गरेको सूचना सम्प्रेषणमै पाखुरी बजार्न मन भए प्रहरी चौकी बोलाउनुहोला, तपसिलका हरेक विषयमा कानुनी बाटो समात्न राजि छौं !
भूलचुक लिने दिने !
...
'जापानका सामाजिक संस्था' ५० हजार उठाएर आफ्नो नाममा पाँच पटक समाचार
...
प्रतिक्षा गर्नुहोस् ३० तारिख आईतबार