専門学校や大学での入学に関する手続きや注意事項
विद्यार्थी जिवन एक तहलाई समापन गर्दै अर्को तहमा पाईला प्रवेश गराउनु नै अध्ययनको एउटा सार्थकता हो ।
देश तथा विदेश जहा रहेपनि विद्यार्थीको एउटै साझा उद्देश्य भनेको आफुले प्राप्त गरेको ज्ञान तथा शिक्षाको आधारमा आफ्नो क्षमता र सक्षमतालाई सहि विन्दुमा पुर्याउनु हो।यतिबेला जापानमा निहोङ्गो गाक्कोउ 2年生(2nd एअर) अध्ययन गर्दै गर्नुभएका विद्यार्थीहरु पनि यहि अवस्थामा हुनुहुन्छ !
जहा अहिलेसम्म पढेको तहलाई विट मार्दै सेनमोन गाक्कोउ तथा दाईगाकुको ढोका खोलि प्रबेश चरणलाई सुनिश्चित गर्दै हुनुहुन्छ ।
यतिबेला जापानमा अध्ययन गर्ने विदेशि विद्यार्थीहरुको बढ्दो आगमनले गर्दा सेनमोन गाक्कोउ र दाईगाकु प्रवेश प्रकृया तथा चयनको बाटो पनि चुनौतिको रुपमा देखिन थालेको छ । त्यसैले यो चुनौतिलाई अवसरको रुपमा परिवर्तन गरि सफलतालाई आफ्नो पक्षमा उभ्याउन जरुरी छ ।
विशेषगरी जापानमा 2021 April बाट सुरु हुने नया विद्यार्थी भर्ना प्रकृयाको लागि यतिबेला सेनमोन गाक्कोउ तथा दाईगाकुहरुले विभिन्न स्थानमा सेमिनार क्लास सन्चालन गरि ९ महिनाबाट लिखित तथा मौखिक परिक्षामा समावेश गराई विद्यार्थी छनोट कार्य गर्ने गर्दछन भने अनलाइनबाट पनि परिक्षा लिने गर्दछन ।
यस प्रकृयालाई पुर्णता दिनको लागि गाक्कोउमा सेनसेइसंग विभिन्न सुझाव लिइ अघि बढ्नुपर्दछ।
सर्वप्रथम परिक्षामा सहभागि हुनको लागि तयारी गर्नुपर्ने डकुमेन्ट प्रकृया, सम्बन्धित गाक्कोउबाट 願書(Applicationform)प्राप्त गरि Personal Data भर्नुपर्दछ नेपालबाट पास गरेको माथिल्लो तहको +२ Bachelor,Master)Transfer सर्टिफिकेटको जापानीज Translation , पासपोर्ट र 在留カード (Residence card) को फोटोकपी, गाक्कोउबाट प्राप्त सेइसेकि स्योउमेइस्यो, स्युउसेकि र सुइसेन्स्योउ तर सुइसेन्स्योउ सम्पुर्ण विद्यार्थीहरुले प्राप्त नगर्न पनि सक्छन ।
गाक्कोउअनुसार नियम फरक हुन्छ, यदि यो भयो भने थप सहयोग तथा छुट हुन सक्छ। यति गरि सकेपछि डकुमेन्ट बुझाएर परिक्षाको मिति तय गरि बस्नुपर्दछ र गाक्कोउले तोके अनुसारको रकम बैङ्क अकाउन्टमा डिपोजिट गरिदिनुपर्दछ।
लिखित तथा मौखिक परिक्षाको तयारी
विशेषगरी लिखित तथा मौखिक परिक्षामा सोधिने सम्भावित प्रश्न तथा केहि नमुनाहरु यसप्रकार छन;
लिखित परिक्षामा 文法,文字,語彙 बाट सामन्य प्रश्नहरु त्यसैगरी 漢字=ひらがな, ひらがな=漢字,作文 र केहि Mathmatics प्रश्नहरु,
मौखिक परिक्षा (Interview Examination)
विशेषगरी मौखिक परिक्षामा विद्यार्थीहरुको भाषाको तहको मापन गर्नलाई विभिन्न प्रश्नहरु सोध्ने गर्दछ जस्तै;
जापानमा अध्ययनको लागि आउनुको मुख्य कारण, आफ्नो अभिवाकको आम्दानिको स्रोत, जापानमा आफुलाई मन पर्ने तथा मन नपर्ने पक्षहरु, सुरुका दिनमा जापानमा भोगेका असहज परिस्थितिहरु, बाइतोबाट प्राप्त अनुभवहरु, सम्बन्धित गाक्कोउ छनोट गर्नुको उद्देश्य, सम्बन्धित विषय छनोट गर्नुको उद्देश्य, स्योउखाईको माध्यम, जापानीज मन पर्ने खाना तथा आफ्नो रुचिको क्षेत्र यस्तै यस्तै किसिमका प्रश्नहरु सोध्न सक्छ त्यसैले पुर्वतयारी गरि बस्नु पर्दछ ।
सेनमोन गाक्कोउ तथा दाईगाकुमा छनोट गर्न सकिने विषय तथा क्षेत्रहरु
सेनमोन गाक्कोउ(専門学校)
२ वर्षको कोर्स सन्चालन हुने सेनमोन गाक्कोहरुमा इट Global IT बसइनेस्स Hotel मङेमेन्त Fashoin डिजाईन, काईगोस्या (Caregiver) लगायत अन्य क्षेत्रहरु सँग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ ।
आफुले पढेको विषय सँग सम्बन्धित कम्पनिमा नाइयो मिलाउनु पर्ने हुदा आफुले काम गर्न चाहेको विषय छनोट गरि अघि बढ्नु पर्दछ । Fashion Design तिर जादा नेपालबाट दाईगाकु छैन भने कम्पनि पाउन गार्हो हुन्छ त्यसैले अहिले नै सोचेर अघि बढ्न जरुरी हुन्छ ।
सेनमोन गाक्कोमा २ वर्षको शुल्क करिब १४०-१६० मान सम्म लाग्न सक्छ भने केहि थपघढ पनि हुन सक्छ । जहा गाक्कोउ अनुसार फरक हुन सक्छ।
दाईगाकु(大学)
४ वर्षे कोर्स सेमेस्टर प्रणालिमा सन्चालन हुने यस क्षेत्र तिर समय र पैसाको केहि बढि लगानि लाग्न सक्छ तर दिर्घकालिन रुपमा बढि प्रभावकारिता हुन सक्छ।
नेपालबाट +२ पास गरेर आएका विद्यार्थीहरुले दाईगाकु अध्ययन गर्न सक्ने हो भने अझ बढि सुरक्षित हुन सकिन्छ । जापानको प्रावधान अनुसार दाईगाकु पास गरेको विद्यार्थीलाई धेरै कम्पनिहरुमा प्रवेश गर्न सहजिकरण हुने व्यवस्था रहेको छ।
दाईगाकुमा पनि विभिन्न विषयहरु इट Global IT बसइनेस्स म्यानेजमेन्त Hotel and Tourism, Arts, Political Science तथा Business Law लगायत अन्य थुप्रै क्षेत्रहरु सँग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ।
सेनमोन गाक्कोउ तथा दाईगाकु छनोट पछिको प्रकृया :
प्रायजसो गाक्कोउहरुले नतिजा दिईसकेपछि ३-६ हप्तासम्ममा पैसा (३०-४०) मान बैङ्क डिपोजिट गरिदिनु पर्ने हुन्छ र यो गाक्कोउ अनुसार फरक पनि हुने गर्दछ । धेरै विद्यार्थीहरुको सेनमोन तथा दाईगाकु प्रवेश संगै Visa Update गर्नु पर्ने भएकोले सकेसम्म नेपालबाट पैसा बैङ्क Transfer गरियो भने थप सहयोग हुन सक्छ तथा आफुले गाक्कोउमा पैसा डिपोजिट गर्ने समयमा नेपालबाट आएको साथिहरुको पासपोर्टको पछिल्लो पेजतिर भएको Foreign Exchange For Travelling Expenses मा उल्लेख रकम नजिक छाप हानेको हुन्छ । त्यो सङ्गै पासपोर्टको फोटोकपि गरेर बुझाउन पर्दछ अर्थात जापानमा कुनै पेशामा आवद्ध भएको ब्याक्तिको बैङ्कबाट रकम Transfer गरि फोटोकपि पनि बुझाउन सकिन्छ ।
नेपालबाट बैङ्क Transfer गर्नु परेमा गाक्कोउ बाट डकुमेन्ट प्राप्त गरि आफ्नो पासपोर्ट र 在留カード को फोटोकपि सहित पठाउनु पर्दछ र आफ्नो सम्बन्धित ब्यक्तिलाई भनि शिक्षा कार्यलयमा गई नया NOC Letter बनाउन भन्नुपर्दछ।
1 Year Class
यदि सेनमोन गाक्कोउ तथा दाईगाकुमा नाम निकाल्न सकिएन भने 1 Year Class पनि भर्ना हुन सकिन्छ । जसबाट अर्को वर्षको लागि preparation Class सन्चालन हुन्छ भने नेपाल बाट दाईगाकु भएको विद्यार्थीहरुलाई कम्पनि प्रवेशको लागि तयारी गर्न सकिन्छ ।
त्यसैले सम्पुर्ण विद्यार्थीहरु यतिबेला यि सबै कुराहरुलाई बुझेर अघि बढ्नु पर्ने हुन्छ । साथै सेनमोन गाक्कोउ तथा दाईगाकुमा राम्रोसङ्ग पढियो भने स्योउगाकोकिन 奨学金 (Scolarship) पनि पाउने सम्भावना बढि हुन्छ । आफ्नो अध्ययन संगै JLPT 能力試験 (Ability Test Exam) लाई प्राथमिकता दिने गरौ ।
विशेषगरी आजभोलि Student Visa तथा Working Visa Update गर्ने बेला न्युकानले चेकिङ्ग गर्ने सम्भावना धेरै छ । त्यसैले सकेसम्म कसरी हुन्छ Overwork बाट Secured भएर काम गर्ने प्रयास गरौँ ! अनि जापानको दिर्घकालिन बसाई सुनिश्चित गरौँ । तपाई सम्पुर्ण बिद्यार्थीहरुमा सफलताको शुभकामना !!!
...
मोहन कुवर
गुल्मि सत्यवति गाउँपालिका
हाल : ओसाका जापान