(Japan) 18 th March | 2025 | Tuesday | 6:29:29 AM || (Nepal) 3:14:29 AM
 
 


श्रीमतीको बिभत्स हत्यारा रन्जनलाई प्रेमिका ताराको साथ अदालतको आशिर्वाद

Premila Gauchan   POSTED ON : Wednesday, 29 July, 2020 | Views : 3342

श्रीमतीको बिभत्स हत्यारा रन्जनलाई प्रेमिका ताराको साथ अदालतको आशिर्वाद


भनिन्छ नि "महिलाको शत्रु महिला नै हुन्छ" ! यो प्रसँग रन्जन कोइरालाको हकमा हुबहु मिल्न गएको देखिन्छ ।

श्रीमती गीता ढकालको हत्यारा ठहर उनकै श्रीमान पूर्व डिआइजी रन्जन कोइरालाई सर्बस्व सहित जन्म कैद फैसला दिइएको थियो । तर बिडम्बना उनी न्यायाधिशको सनकी आशिर्वादमा मात्र ८ वर्ष ६ महिनामा बिहिवार कैदमुक्त भएका छन ।

सामाजिक सन्जाल सहित समाज नै अहिले यहि अचम्मको न्याय निसफले तातेको छ । अधिकारकर्मीहरु त यसैपनी तात्ने भए नै । सबैको एउटै स्वर छ ‘स्व. गीता ढकाललाई अन्याय भयो" ।

स्व ढकालकी बुवा हरेराम ढकाल भन्दैछन "मेरा जस्ता कैयन छोरीहरु अब न्यायबाट बन्चित हुने भए।"

हत्यारा कोइराला स्व. ढकालको २ छोराहरु समेतका श्रीमान हुन भन्ने थाहा हुँदा हुँदै तारा नाम गरेकी महिला मरिहत्ते गरेर पिछा लागेकी छिन् ।

अर्काको पति त्यसमा पनि पत्निको मानब कलंककै रुपमा हत्या गर्नेसँग लठारिनु के कती जायज यो बहसको बिषय बनेको छैन !

तर जो जससंगको अनैतिक सम्बन्धका कारण रन्जनको घर परिवार नै बिग्रियो त्यसमाथी पनि कोइरालाले आफ्नै श्रीमतीको हत्या गर्न पुगेका छन । यसमा न्यायालयले नजर पुर्याउन सकेको देखिन्न । जबको परोक्ष रुपमा हत्या गर्न प्रेरित गर्न ताराको भूमिका रहेकोमा कुनै शंका गर्ने ठाउँ छैन ।

भनिन्छ नि " केटाहरु परस्त्रीसँग पल्केपछी घरको मूल खम्बा (दलिन) नै बाङो देख्छन । "

कुनै पनि पुरुष परस्त्रीसँग रम्ने गरेको छ भने घरको श्रीमती जती नै सुन्दर, जती नै बहुप्रतिभाशाली लक्षणको भए पनि आफ्नो श्रीमतिलाई कुरुप देख्ने, श्रीमतिले जती नै राम्रो गर्न खोजे पनि दोषारोपण गर्ने आरोप लाग्ने गर्दछ ।

किन कि यो सत्यताको नजिक जस्तो पनि देखिन्छ जसलाई समाजमा भेटिएका भुक्तभोगी महिलाहरुको कथाले बताउने गर्दछ ।

बाटामा अनगिन्ती फूलहरु भेटिन्छन्, प्रत्येक फूलको रस र वास्ना सुघ्दै हिंड्ने हो भने त त्यो बगैचाको सौन्दर्यता नै के नै होला र जबकी फूल बिनाको बगैचा ।

जीवनमा भेटिने अनगिन्ती फूलहरु राम्रा हुन्छन र त्यसका आफ्नै किसिमको वास्ना । हामीले त्यसलाई देखेर आनन्द लिने हो तर भोगचलन होइन । हामीले आफ्नो मनलाई काबुमा राख्न सक्नु पर्छ । होइन भने रन्जन,गीता र तारा जस्ता पात्रहरु जन्मन सक्छन र समाजलाई एक नारकिय अवस्थामा रुपान्तरण गर्न सक्छन ।

कल्पना गरौ त यस्ता घटनाहरु फैलिदै गयो भने भोली तपाई हामी बिच कस्तो बित्ला ? एउटा कहाली लाग्दो र दर्दनाक स्थिती सृजना हुन सक्छ ।

रन्जन कोइरालालाई जेलमुक्त गर्न आदेश दिने प्रधानन्यायधिश चोलेन्द्र विक्रम शाहको नैतीक चरित्र धरापमा पर्ने भएकोले नै बाध्यतावश यो निर्णय गर्न पुगेको केही विश्लेषकहरुको भनाइ छ भने कोही पैसाको चलखेल त कोही राजनैतीक दवाव ठानिरहेका छन ।

यो फैसलामा व्यक्ति, परिवार, समाज तथा राजनैतीक आस्थाबाट अलग भएर न्यायालयले स्वच्छ र निश्पक्ष फैसला गरेको देखिन्न । 

यहाँसम्म कि रन्जनले प्रेमिका तारा रेग्मीको सहयोगमा आफ्नै श्रीमती ढकाललाई हत्या गरी सम्पूर्ण प्रमाणहरु नष्ट गर्ने प्रयास गरेको तर त्यो सफल नभएको मिसिल फाइलमा उल्लेख छ ।

भन्निन्छ नि " पाप धुरीबाट कराउछ" भने जस्तै मृतक ढकालको नाडिमा भएको जलिरहेको घडीबाट उनकै श्रीमतीको शब भएको प्रमाणित भयो । जुन घडी अघिल्लो साल उनको आमा सिङ्गापुर भ्रमणमा जादा उपहार स्वरुप गीतालाई ल्याइदिएकी थिइन । 

तथापि एउटै मुद्दामा रन्जनसगै १ वर्ष कैद सजाय भोगेर निस्केकी प्रेमिका रेग्मी रन्जनलाई लिन सदर खोरमा निजी गाडी लिएर पुगेकी थिइन ।

सेतो कुर्तामा आधा मुख छोपिएको मास्क लगाएर ।

त्यस्तै उता रन्जन निकै ठुलो काम गरेर फर्के जस्तै गरेर पूरा नेताको शैलीमा सबैलाई हात हल्लाउदै रेग्मिले ल्याएको गाडीमा चढेर आफ्नो बाटो लागे ।

यसले के देखाउछ भने अर्काको घर भाड्ने तथा हत्या समेत गर्न प्रोत्साहन गरेबापत सप्रमाण भेटिएको कारण एक वर्ष जेल सजाय भोगेकी रेग्मिलाई न त समाजको डर लाग्यो न त लाज नै ।

यि दुबैको गतिबिधिले हामीहरु गल्ती गरेर जेल सजाय भोगेका होइनौ कि कुनै उदाहरणिय काम गरे बापत बहादुरी गरेका छौ, सम्मान पाएका छौ भन्ने भान पार्न खोजेको देखिन्थ्यो । यसले वर्तमान परिस्थितीमा हाम्रो समाज  कतातिर उन्मुख भएको छ भन्ने चिन्ताको बिषय पनि बनेको छ।

न्यायकर्मीहरुले बिभिन्न अन्तर्वाता मार्फत न्यायालयको यो आदेश गलत छ भनेका छन । पूर्व न्यायधिश गोपाल पराजुली भन्छन ‘न्यायालय बिधि, पद्दती र प्रकृयाबाट चल्छ, जिल्ला अदालतको फैसालाई केन्द्रले गम्भिर संवैधानिक त्रुटी भएमा सच्याइदिन्छ । तर अहिलेको न्यायलयहरु  माफियाहरुको    सन्जालको शक्तीले बेरिएको छ, त्यसैले यस्ता बिकृतिहरु भएका छन । उहा थप्नुहुन्छ ' अहिले न्यायधिश त्राही त्राही छ , जो फौजदारी मुद्दामा पनि माथिको आदेश सुन्नु पर्ने अवस्था छ ।"

त्यस्तै अधिवक्ता स्वागत नेपाल भन्छन " चोलेन्द्र विक्रम राणाको यो राणाशासन होइन उहा महाअभियोगको लागि तयार हुनु पर्छ । १ सय प्रतिशतभन्दा बढी गल्ति गर्नु भएको छ । किनकी गीताको हत्या आफ्नै श्रीमानले गरेको सारा नेपालीलाई थाहा छ । यद्दपी राणाको फैसलामा भूलबस हत्या भएकोले सजाय घटाइ जेलमुक्त गरिएको जिकिर गरिएको छ । "

तर रन्जनले यो कुरा स्विकारेका छैनन  । त्यसैले अभियुक्तले नस्विकारेको अवस्थामा यो फैसला गर्न मिल्दैन ।"

गीताको बुवा हरेराम भन्छन ' छोरीले हामीलाइ बारबार फोनबाट आजकाल रन्जन मसँग बस्दैन, त्यही तारा रेग्मीसँग बस्न थालेका छन । मैले घर किन छोडेको, घर व्यवहार किन नहेरेको भन्दा मलाई पिट्न आउछ, तेरो लास गायब पार्छु भन्छ । " भन्थ्यो ।

घटना भएको दिन हामीहरुसँग दिउसो १२ बजेतिर कुरा गरेकी थिईन । हामीहरुले आज भाईहरु आएका छन । तिमी  माइत आउ भन्दा ' मेरो खुट्टा भाचिएको छ । आज आउने सक्दिन भनेको थिईन ।  ठिकै छ ' पछी भेटौँला भन्दै बिदा भएका थियौं ।  

कोईराला चीन तालीममा गएको तर सुटुक्कै कार्यालयलाई पनि थाहा नदिई नेपाल आई आफ्नै श्रीमतिलाई हत्या गर्ने आवश्यक योजनाहरु बनाएको यथेष्ट प्रमाणहरु भेटिएका छन ।

न्यायलयको हेल्चेक्र्याइ यहाँसम्म पनि छ कि रन्जन र गीताको २ छोराहरुको उमेर पनि सच्याइएको छैन । उनिहरु नाबालक भएकोले अभिवाबकको संरक्षण चाहिएकोले भनिएको छ । जब कि उनीहरुको उमेर अहिले १९ र २१ वर्ष पुगिसकेका छन । यसले के प्रमाण गर्छ भने मुद्दाको एउटा सानो अंश पनि अध्ययन गरिएको छैन ।

रन्जनको क्रुर अपराधमा सर्बोच्च अदालतका प्रधान न्यायाधिशको बिबेकहिन फैसलाले आम नागरिकहरुमा न्यायलयप्रतिको विश्वाश डगमगाएको छ । यसलाई बचाइ राख्न कम्तिमा फैसलामा जोडीएका न्यायाधिसमाथि महाअभियोग संगै रन्जन र तारालाई पुन पक्राउ गरेर यस्तो फैसला कसरी गर्ने काम भयो अनुसन्धान सहित कडा कारबाही गरिनु पर्दछ । 

...

-प्रस्तुति: प्रेमिला गौचन (टोकियो, जापान)