घरबाट जापान फिर्ता हुनुपरेको तनाब अनि कलेजको धेरै समस्याहरुले गर्दा मन उदास -उदास थियो ।
साथिहरु सबै ब्यस्त थिए, व्यस्त नभएपनि मेरो रुममा आउन भन्ने अवस्था थियन ! किनभने म नेपालबाट आएको कारणले १४ दिनको सेल्फ क्वारेन्टाइनमा बसेको थिए । साथ दिने कोहि भेटिएनन !
म कल्पना गर्ने र चाहिने भन्दा वढिनै सपना देख्ने मान्छे, पूरा गर्न सक्छु सक्दिन खासै सोच्दैनथेँ, तर सपना चाँही बुनिहाल्थे मनमा । बिमान भरि भनौ या घरबाट चार्टर फ्लाईटको टिकट लिएदेखि नै मनमा सपना बुन्न भ्याइसकेको थिएँ ।
पहिला भाषा नजान्दा कोहि साथिहरु नचिन्दा पनि त जापानमा आएर सामान्य रुपमा जिवन यापन गर्न सकेको थिएँ ।
अहिलेत भाषा पनि त जान्दै नजान्ने हैन, गएर बस्नलाई आफ्नो रुम पनि त छ । केहि समस्यानै हुन्ननि भन्ने छुट्टै सपनाले घर बनाइसकेको थियो मनमा ।
२०२०-०६-०४ गते जापानको लागी नेपाल एयरलाइन्सको बिमानमा उडेकि थिएँ म ।
सामान्य रुपमा पुराहुने मेरो सपना यो पटक पूरा भएन ! आउनत आएँ आफ्नै रुममा तर ४ महिनादेखि ओसिहाराइ (विल) नतिरेकोले न बिजुली बत्ती थियो, न पानि थियो, न मोवाइल चल्यो ! वाईफाइ पनि थिएन रुममा, र म त्यो सबैको बिल तिर्नलाई आफू बाहिर जान मिल्ने अवस्था पनि त थिएन ।
त्यस माथी अर्को समस्या, हुनत सवैको परिवार त्यस्तै हो तर मेरो परिवारमा नविनाको अलि बढिनै पिर लिनुहुन्थ्यो ! किनभने म सानो कुरामा धेरै चिन्ता मान्थे, सँधै जसो सपना देखि हाल्ने म आज त सपना देख्ने कुनै बाटो भेटिन । मनमा यहि मात्र थियो अब मैले घरमा कसरि भन्नु ‘म राम्रो सँग आइपुगेँ’ भनेर !
धेरै बेर सोँचे अनि आँफैले नेपाल जानुभन्दा पहिला काम गर्ने क्याफे रुम नजिकै थियो र त्यहीं गएर मोबाईलमा वाईफाइ जोडे । अनि हत्तार हत्तार घरमा फोन गरिहाँले, नविना पुग्यो कि पुगेन राम्रोसंग केहि समस्या पो परेको होकि भनेर ‘ममी’ लाई परेको चिन्ताको कुनै सिमा थिएन ।
मम्मीलाई खुसि देखाउदै भने ‘मम्मि म राम्रो संग आँए टेन्सन लिनुपर्दैन सबै ठिकै छ ! खाना बनाउदै छु’ भने ।
बाहिर धेरै बेर बस्ने अवस्था पनि त थिएन म क्वारेन्टाइनमा बस्नुपर्ने थियो ।
‘म थाकेको छु अब खाना खाएर निदाउँछु राखे है ! फोन’ भन्दै राखे । तर मम्मिलाइ फोन राख्न पटक्कै मन थिएन ।
अव घरमा त भनिहाले सबै ठिकै छ भनेर । भने जस्तो ठिक साँच्चै कहाँ थियो र ?
रुममा कति धेरै डर थियो ! मनमा १ दिन पहिला सम्म घरको मुल ढोका बाहिर ब्याडमिन्टन खेलेर भित्र आउँदा मात्र पनि भाइबहिनीले एकै स्वरमा ‘दिदि हात धोएर मात्र भित्र आइजहै !’
अनि गमलामा फूलमा पानी हाल्दै गर्नुभएको ममी पनि भन्नुहुन्थ्यो ‘हात नधोइ नजाउ है !’ भनेर र आफ्नै काममा भ्याइ नभ्याइ खटिरहनु भएको बावापनि ‘छोरि हात नधोइ नजाउ है भित्र!’ भन्न भ्याउनु हुन्थ्यो ।
तर आज न हात धोउ भन्ने कोहि छ, नत पानि नै छ कोठामा । घरमा त्यस्तो माया र हेरचाह पाएको म आज त्यति टाडा बाट आउँदा हात सम्म पनि धुन पानी पाइन !
नेपालबाट लेराएको ‘लगेज’पनि जस्ताको तस्तै ‘किचन’ मा छोडेर ‘बेड रुम’ मा छिरे !
तर १ मिनेट पनि बस्न मन लागेन अनि ‘बाल्कोनि’ मा निस्किए र बाहिर शहरका दृश्य हेर्दै धेरै बेर बसे ।
मन अनि मस्तिक भरि नेपालमा परिवार सँग बिताएका पलहरु घुमिरहेको थियो ।
बाहिर बस्दा बस्दा रातिको १२:४० भएछ । बाहिर चिसो हावा चलिरहेको थियो चिसोले गर्दा होला कफिको याद आयो र सोचे अब कफि बनाएर खान्छु भन्दै भित्रछिरे । तर भित्र छिरेपछि बल्ल याद आयो कफिको के कुरा गर्नु खानको लागि एक थोप्पा पानि पनि थिएन ।
३ महिना सम्म रमाइलो गरेर फेमिलीसंग समय बिताएको मान्छे म आज यो अवस्थामा छु ! मनमनै सोचे भगवान हुनुहुन्छ सबैकुरा बिस्तारै ठिक हुन्छ र फेरि मनमनै सपनाहरु बुन्दै ‘बेड’ मा पल्टिए !
तर बिहानको ७ बज्दा सम्म मेरो आँखाको परेली भने बन्द भएन !
बिहानको ७:४० भएको रहेछ, रातीभरि ननिदाएको म अलिअलि आँखा मात्र लोलाएको थियो ‘रुम’को ‘बेल’ बज्यो ।
झसङग भएर उठे र ढोका खोले । एकजना जापनिज ‘आमा’ हुनुहुँदो रैछ । जो १ वर्ष अगाडिबाट म संग एकदमै घनिस्ठ हुनुहुन्थ्यो । मेरो रुममा आउने खाना खाने गर्नु हुन्थ्यो ।
रूममा भित्र वोलाउन पनि डर लाग्यो ! ढोकाबाट नै कुरा गरे । घरबाट निस्कने बेलामा ‘मेसेज’ गरेको मान्छे आज जापान आउदै छु भनेर ‘फेसबुक’ मा पोस्ट’ गरेको मान्छे मेसेज गरेको केहि ‘रिप्लाई’ आएन मैले गरेको मेसेजको अनि आएको म भन्नुभयो ।
‘हिजो बिदामा ब्यस्त भएँ आउन पाँइन सरि’ भन्नुभयो !
जो म आफ्नो घरमा मम्मि सँग फोन गरेर बोल्न नपाएको पिडामा रातभरी निदाएको थिइन, उहाँले त्यसो भनेपछि मेरो आँखाबाट आँसु रोकिएन ! धेरै रोक्ने कोशिस गरे, अरुको अगाडि रुन हुदैन भनेर तर आफै आशु झर्न पुग्यो !
त्यसपछि हामि ढोका बाहिर र भित्र गरेर नै २ घण्टा जति गफ गर्दै बस्यौ ।उहाँले मलाई रुममा चाहिने सामानहरु लेराइदिनु भएको रहेछ ।
भित्र लेराएर राखे । आफ्नो परिवारको सदस्य जस्तो अनुभब भयो अनि भन्नै मन लाग्यो र भने ‘लाइन पनि सबै काटेको रहेछ’ भनेर । त्यसपछि मलाई त्यो अवस्थामा त्यसरी पिडा सुनाएको देखेर कोठा भित्रनै पस्नुभयो ।
र सोध्नुभयो हिजो के खाएको त ? जवाफ दिन नखोजेको हैन ! तर मेरो आँखाबाट आँसु मात्र आयो । उहाँले आँफै ओसिहाराईको खामीहरु निकालेर फोन गर्न थाल्नुभयो र फोन गरेर बत्ती, पानी अनि ग्यास सुचारु गरिदिन अनुरोध गरिदिनु भयो । मेरो धेरै साथिहरु थिए जसलाई मैले समस्या पर्दा चाहिने र गर्नुपर्ने भन्दा धेरै नै सहयोग गरेको थिएँ ! उनिहरुबाट १ ‘कल फोन’ अनि एउटा म्यासेज पनि आएन । जुन मैले सोचेको पनि थिइन ।
जापानी आमाले ‘म्याङगो जुस’ अनि ‘हलाल’बाट चाउचाउ लेराउनु भएको रहेछ । ‘हिजोदेखी केहि खाएको छैन विरामी हुन्छौ’ भन्नुभयो अनि त्यो चाहि खाइहाले ।
त्यसपछी उहा फर्किनु भयो । ‘भोलि ब्यस्त छु, पर्सी आउछु है’ भनेर । फेरि मनमनै अर्को सपना बुनिहाँले अब त खासै समस्या हुन्न, भएपनि उहाँलाई ‘रिक्योस्ट’ गर्छु भनेर ।
केहि समय पछि बिजुली बत्ती अनि पानी आउन थाल्यो, अनि नुहाउने, कपडा धुने गरेर खाना बनाए अनि घरमा फोन गरेर कुरागर्दै थिएँ मम्मीले गालि गर्नु भयो ।
‘पहिला खाना खाएर फोन गर’ भनेर ! किचनमा गएर खाना पस्किएर खानाखान लागे । जुन मैले ३ दिनमा खाना खान लागेको थिए । खाना खाइसकेर फेरि घरमा फोन गरे । मम्मीलाई जापानिज आमा आउनुभएको कुरा भने । मम्मीपनि खुसि हुनुभयो ।
घरमा फोन गरेर कुरा गरिसके पछि रातभरि ननिदाएको म निन्द्रा लाग्ला जस्तो भयो । अनि वेडमा पल्टिएको थिएँ । एकछिन निदाएको मात्र रहेछु, घरमा भएको सपना देखेर झसङग भएर बिउझिए । निदाउन धेरै खोजे तर त्यसपछी सकिन ।
अनि फेरि मोवाइल नै चलाउन थाँले । उठेर २ दिनसम्म त्यस्तै भयो ! न दिउँसोमा निदाउँथे न रातिमा नै ! त्यहि ननिदाएको भएर होला नेपालबाट आएको ५ दिन भएको थियो, काम अनि स्कूल केहि नभएकोले बेलुका ९ बजेनै खाना खाएर सुतेको थिएँ ।
राति २ बजेतिर पहिले जस्तै घरमा गएको सपना देखेर विउझिए ।फेरि निदाउन धेरै खोजे तर सकिन । दिमाग भरि घरमा हुदाँ परिवारसंग बिताएको समयहरु याद आइरह्यो । धेरै रोएं ! न यो सबै समस्या म कसैलाई भन्न नै सक्थे, न खाना खाने न निदाउन नै ।
त्यही भएर होला भोलिपल्टबाट विरामी भए । न कसैलाई बोलाएर हस्पिटल जाँउ भन्न मिल्यो न घरको यादहरुले मलाई निदाउन नै दिन्थ्यो । अतिनै भएपछि अब हुन्न म यस्तो गरेर जापान बस्नुको केहि अर्थ छैन बरु नेपाल जान्छु भन्ने निर्णय गरे ।
आफूलाई सम्हाल्नै नसकेपछि ! तर नेपाल जानपनि सजिलो त कहाँ थियो र ? ३ महिना पहिले देखिनै जापानबाट नेपाल जाने उडान रोकिएको थियो । त्यो थाहा हुँदाहुदै पनि धेरै प्रयास गरे । धेरै जनालाई मेसेज गरे ।
तै पनि कहि कसैलाई थाहा छ कि यो बारेमा भनेर म्यासेज गर्दा गर्दै एकजना साथिसँग कुरा भयो ।
म भन्दा ‘सिनियर’ नै भएपनि फेसबुकको ‘फ्रेन्ड लिस्ट’ मा ‘रिलेटिभ्स’ भन्दा बाहिरको मान्छे भएपछि साथि त हो । जो म संग एक वर्ष अगाडिबाट नै फेसबुकको ‘फ्रेन्ड लिस्ट’ मा हुनुहुन्यो, तर हाम्रो खासै कुरा हुदैन थियो ।
कहिले काँहि मेसेज भयोभने पनि ‘डिस्कस’ मात्र हुन्थ्यो ! त्यहि मेसेजमा भएको ‘डिस्कस’ को कारणले गर्दा कतिपटक मेरो फोटोमा गरेको कमेन्टहरुपनि हटाउनु भएको थियो।
तर त्यो दिन ‘डिस्कस’ गर्ने ‘मुड’ मा थिइन म । त्यहीभएर गम्भिर भएर कुरा गरे मेसेजमा र भने ‘म नेपाल फर्कन हुन खोजेको टिकटको बारेमा केहि थाहा छ र हजुरलाई ? थाहा भयो भने खबर गर्नुन है !’ भनेर २ घण्टासम्म मेसेजमा कुरा भयो ।
उहाले पनी डिस्कस नगरी त्यसदिन मलाई सम्झाउन थाल्नुभयो ।आएको एक हप्ता भएको छ भर्खर नेपाल फर्कन्छन् ? अहिले यस्तो भन्नु हुन्न १/२ दिन हो सबै ठिक हुन्छ लामो समय परिवारसंग बसेर आएको भएर यस्तो भएको हो आत्तिनु हुदैन !’ यस्तै यस्तै भनेर उहाँको मेसेजहरु आईरह्यो । मैले उहाको कुरामा खासै ध्यान नदिइ टिकटकै कुरामा जिद्दि गर्दै थिएँ !
जति मेसेज गर्दापनि जानुपर्दैन भन्ने मेसेज आएपछि मैले रिसायर ‘सक्दिन भने सक्दिन नविना मैले भन्दा हुन्छ किन यति धेरै जान्ने बन्नु मलाई सिकाएर’ भन्ने सम्मको मेसेज पठाए ।
त्यतिकैमा फोन आयो मेसेन्जरमा जो संग म आज सम्म फोनमा बोलेको थिइन ।
मेसेजमा पनि डिस्कस् मात्र गर्थे ! राम्रो कुरा कहिले कुरा भएन । २ पटक सम्म फोन आएपछि उठाए । एकछिन सम्मत फोनमा पनि डिस्कस् नै भयो र पछि सम्झाउन थाल्नुभयो । किन नेपाल फर्कनुपरेको यस्तो कोरोनाको बेला छ आएको हप्तादिन भएको छैन भन्ने कुरामा धेरै मान्छेहरुको समस्या आँफैलाई परेको ठुलो लाग्छ भनेर मलाई धेरै कुराहरु सिकाइदिनु भयो ।
जसले जतिनै सम्झाए पनि आफ्नो निर्णय कहिले पनि नफेर्ने म यो पटक आफ्नो निर्णय फेर्न बाध्य भए जस्तै भयो !
म्यसेन्जरमा ‘अननोन’ ब्यक्तिसँग बोलेर २ घण्टामा मैले बिचार नै फेरे !
पहिला जहिले टिकट पाउँछ त्यहि दिन नेपाल फर्कनलाई बुझ्नको लागी भनेर मेसेज गरेको म अब अहिले नेपाल जाँदिन कसरी हुन्छ जहाँ छु त्यहीं समस्या समाधान गरेर अघी बढ्छु भन्ने सोच्न थालेको छु ।
कोहि मान्छे कुनै बेलामा यस्तो बनेर आउछन जो भगवान भन्दा कम हुदैनन ! जसले कुनै समस्यामा परेको छ भने समाधान गर्न सहयोग होइनकी समग्र जीवनमा पर्न सक्ने समस्यासँग जुधेर अघी बढ्न सिकाएर जान्छन.....!
...
- नविना भण्डारी
हाल : टोकियो, जापान