नागरिक उड्डयन प्राधिकरणको चार्टर उडान बन्द सम्बन्धमा अचानक आएको बिज्ञप्ति लाज पचेको नालायकी पनको पराकाष्ठ हो अनि चार्टर उडान शुरु हुदा ताका खुसियाली मनाउने हरु मध्येका केहि तथ्य भन्दा बाहिर गएर घिउ मा आगो सल्काउन खोज्ने दले समाजसेवी हरु सस्तो लोकप्रियताको लागि चार्टर उडान मा लुट भएकोले बन्द गरेर ठिकै गर्यो भन्दै रोइलो गरिरहेका छन्।
विपतको बेला अन्तरास्ट्रिय चार्टर उडान का नाउमा एयर्लाइन्स र ट्राभल एजेन्सी बाट मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरण ले कुटनीतिक माध्यमबाट हुने चार्टर उडान बाहेक सबै माथि रोक लागाएको छ भन्दै नागरिक उड्डयन प्राधिकरण को बिज्ञप्ति लाइ आधार बनाएर कान्तिपुर दैनिक ले समाचार बनायो।
समाचार लाइ नै आधार बनाउने हो भने चैत यता १सय १० वटा अन्तरास्ट्रिय उडान भइसकेका छन् भनिएको छ। अब मेरो जिज्ञाशा तथा प्रश्न?यो संग सम्बन्धित मन्त्रालय र बिभाग लाइ। यदि यो सम्बद्द निकाय साचिकै संसारब्यापी महामारीको को बिचमा जनताको हक हितमा संबेदनशील शुरुवाती दिन बाटनै भइदिएको भए आज यो अवस्था पक्कै आउने थिएन।
सम्बन्धित मनत्रालय, बिभाग र एयर्लाइन्स ले यो महामारी लाइ मौकामा चौका हान्ने अवसर को रुपमा लिए र निश्चित स्वार्थ र लाभ मा मोहित हुदै केहि ट्राभल एजेन्सी हरुलाई पहुच र आर्थिक लाभ बाट प्रभावित भइ अनुमति दिए। चार्टर उडान को सम्बन्धमा एजेन्सी हरुको छनोट को लागि सरकारको सार्बजनिक आबहान सहित कुनै पनि निश्चित प्रक्रिया भएको देखिदैन। लुटेर खान पल्किएका हरु मा साचिकै निस्वार्थता भएको भएदेखि नेपाल एयर्लाइन्स ले सम्बन्धित देशको दुताबास र एनआरएन संग सहकार्य गरेर सम्पूर्ण ब्यबस्थापकीय र ब्यापारिक जिम्मेवारी आफैले लिएको भए पनि केहि हदसम्म जनतालाई सुलभ भाडा दर उपलब्ध हुने थियो कि भन्ने अनुमान लगाउन सकिन्छ। एनआरएनए ले यो कुरा शुरुवाती दिन बाट नै गर्दै आएको थियो जापानको हकमा भन्नु पर्दा एनआरएन जापान र राजदुताबास मिलेर नेपाल बाट आउनुपर्ने हरु र जान इच्छुक हरुको डाटा तयार गरेर सम्बन्धित निकायलाई बुझाएको पनि हो तर सम्बन्धित निकायले त्यसैलाई हतियार बनाएर एजेन्सी को बाटो तिर बिचौलिया हरु उन्मुख गरायो।यदि ट्राभल एजेन्सी लाइ नै दिनु छ भने उडान गर्ने देश अनुसार निश्चित मापदण्ड र भाडादर तोकि दिएको भएमा बीच बिचमा बिचौलिया हरुले र एजेन्सी हरुले लुटको खेति गर्न पाउने थिएनन् ।
बैदेशिक रोजगार अध्ययन या विभिन्न शिलशिलामा नेपाल फर्किएका हरु आफु बसेको देश फर्किन नपाउने अझै पनि नगन्य छन नेपालमा त्यसैगरी नेपाल फर्किन चाहने हरुको लर्को त झनै लामो छ। यदि पररास्ट्र मन्त्रालय,संस्कृति तथा पर्यटन मन्त्रालय,नागरिक उड्डयन प्राधिकरण साचिकै नेपालीको जनताको हितमा सोच्ने भइदिएको भए निश्चित भाडा दर तोकेर मापदण्ड सहित कि एजेन्सीलाई जिम्मा दिने थिए कि सम्बन्धित एयर्लाइन्स लाइ प्रत्यक्ष गर्न आदेश दिदै कार्वान्वयन गर्ने लाग्नु पर्ने थियो। हैन भने लुट्न पाउञ्जेल लुट्ने अनि केहि व्यक्ति या संस्था हरुको अभिस्ट स्वार्थ पुरा हुन छाडेपछि र लुटाईको मात्रा कम हुन थालेपछि अर्थहीन बिज्ञप्ति र गैर्ह्जिम्मेवर निर्णय गरेर झनै सर्बसाधारण लाइ दुख दिने प्रवृति बन्द गरिनु पर्छ।
चार्टर गर्नेहरुको बाध्यता र लुट तन्त्र दुवै
सकारको निश्चित मापदण्ड नभएपछि जसको शक्ति उसकै भक्ति भने जस्तै देखियो चार्टर उडानमा।
जापानकै सन्दर्भमा कुरा गर्दा सामान्य अवस्थामा ७५ हज्जार देखि ८५,९० हज्जार सम्म दोहोरो भाडा आवतजावत भइनै रहेको हो।यो मूल्य बाट पनि सम्बन्धित ट्राभल हरुले एयर्लाइन्स बाट नाफा नै लिएर आफ्नो कम्पनि चलाउने र एयर्लाइन्स ले पनि नाफा नै भएर ट्राभल हरु लाइ यति मा बेचेको हुनुपर्छ यद्दपि यसका व्यवसायिक पाटो हरु पनि हुन सक्लान। चार्टर गर्नेले जहाजको पूर्ण सिट क्षेमता अनुसार पर ब्लक आवर अमेरिकी डलर १७,२६० को दरले नेपाल एयर्लाइन्स लाइ बुझाउनु पर्ने बाध्यता देखिन्छ यद्दपी यो उडान हुने देश या ठाउ अनुसार फरक हुन सक्ला यसरि हेर्दा जापान मै भएको एक चार्टर उडान लाइ कम्तिमा तिन करोड को हाराहारीमा ट्राभल एजेन्ट हरुले बुझाउनु पर्छ भने सम्बन्धित निकाय हरु सम्पूर्ण बाटअनुमति प्राप्त गर्न भ्रस्ट हरुलाई खर्च गर्नु पर्ने रकम को हेक्का नै भएन। यति गरेर बल्ल बल्ल अनुमति पाएका हरुले भनेजति प्यासेन्जर पाएनन् भने आफै खाल्डो मा पर्ने सम्भावना त छदैनैछ यद्दपि कम्तिमा पनि ९०० देखि १००० डलर सम्ममा टिकट बेचेको भए पनि नाफा हुने हुदा हुदै पनि मौका चौका हान्नु पर्छ भन्ने भ्रस्ट सोच बाट लालायित भएर ११०० डलर देखि २००० डलर सम्म भाडा असुलेको देख्दा भने यिनी हरु प्रति पनि सार्है नै घृणा पैदा भएर आउछ। हरेक बर्गको नेपालीको आफ्नै समस्या छ अझै बिध्यार्थिको हकमा त यो लुट तन्त्रले मर्नु न बच्नु बनाएको देखिन्छ।अनेकौ जोहो गरेर कम्तिमा ६ महिनाको शुल्क कलेज लाइ बुझाएर नेपाल गएका बिद्यार्थी हरु यो महामारीमा उतै अड्किनु परेपछि पढ्न नै नपाइ यता कलेजको अर्को सेमेस्टर को शुल्क बुझाउने समय ले पिरोलेको पिडा एकातिर छ भने अर्को तिर १ लाख ४० हज्जार देखि २ लाख सम्म तिरेर चार्टर फ्लाइट मा आउनु पर्ने बाध्यता।यो सबै गर्न बाध्यात्मक स्थिति सृजना गर्ने समबन्धित सम्बद्द निकाय हरुले कोरोनाको महामारीको बीच सर्बसाधारण माथि गरेको यो अपराध क्षेम्य भने पक्कै छैन।
ट्राभल हरुको अस्वस्थ प्रतिस्पर्धा ले सरकारी लुटेरा हरुलाई फाइदा मर्कामा सर्बसाधारण
पावरको चलखेल मा घुसपैठ को समिश्रण ले नहुने काम पनि सजिलै हुने तलमाथि गर्न नसकेमा हुने काम पनि नहुने संस्कार ले पिल्सिएको हाम्रो देशमा बिश्वब्यापी यो महामारीमा पनि जनता नै नराम्रो संग लुटिन पुगे,ट्राभल बिचको हानाथाप र एकलौटी राज गरेका केहि हवाई माफिया हरुले जापानी राजदुताबासको हवाला दिएर शक्ति दुरुपयोग गर्दै श्री नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्ह स्तरिय समन्वय समिति सचिबालय सिंहदरवार लाइ प्रयोग गर्दै अचानक बिचमा मे २८ तारिक मा हुन लागेको ओसाका को चार्टर उडान लाइ असफल बनाउन मे २७ तारिक देखि उताको जापानको चार्टर उडान हरु अर्को सूचना नहुन्जेल सम्मको लागि स्थगित गर्नु भनेर अपराधिक चलखेल गरे जसको असर आउने तयारी गरेर अनेकौ दुख कस्ट सहदै राजधानी आइपुगेका सर्बसाधारण हरुमा पर्न गएको प्रस्ट नै छ।
निर्मम भएर कमाउने केहि ट्राभल एजेन्ट दुख पाउने एनआरएन जापान अन्तर्गतका केहि इमान्दार पदाधिकारी हरु
विदेश बाट आउने हरुको लागि जापान सरकारको क़ुआरेनटिन सम्बन्धि नियमले एयरपोर्ट बाट आफु बस्ने ठाउँ सम्म सार्बजनिक सवारी साधन प्रयोग गर्न नपाउने भएपछी आफ्नो या आफन्तको गाडी नभएमा घर पुग्न असम्भब देखिएको यो अवस्थालाई ध्यान मा राखेर चार्टर उडान गरि चर्को रकम असुल्ने हरुले जापान एयरपोर्ट बाट पनि घर सम्म पुग्ने व्यवस्था गरिदिएको भए आज परिस्थिति केहि सहज हुने थियो होला तर धेरै ले त्यसो नगरी निर्लज्ज भएर एनआरएन संगको परामर्श बिना नै एयरपोर्ट बाट घर सम्म एनआरएन ले लगिदिन्छ भनेर झुटो आस्वासन बाडे।
हुन त नेपाल गएर चार्टर उडान मा फर्किने हरु मध्ये सिमित व्यक्ति बाहेक सबै आफ्नो ठाउमा सक्षम नै हुनु पर्छ तर बर्तमान परिस्थिति केहि फरक भएकोले भोलनटियर संस्था एनआरएन को केहि क्षेत्रीय समितिहरु एनआरएन कान्साई र एनआरएन क्युस्यु ले आफ्नो क्षेत्रमा आउनु पर्ने नेपाली हरुलाई सम्बन्धित व्यक्तिको आफ्नो खर्चमा ब्यबस्थापकीय सहयोग गर्ने भनि सम्पर्कको लागि समिति बनाएर बिज्ञप्ति नै निकाली काम अगाडी बढाए पछि त्यसैलाई अन्य क्षेत्रीय समिति हरु ले साथ् दिए भने कति मुकदर्शक नै छन् अजै पनि। तर यो विषम परिस्थितिलाई जापान मै फेरी अर्को कमाउने भाडो बनाउने सोच भएका दलाली हरुले नारिता एयरपोर्ट पुगेर अकल्पनीय दाम भन्दै पुराउने आस्वाशन दिएर मोलतोल सुरु गरे अनि त्यसैलाई आधार बनाएर बिरोधका लागि बिरोध गर्ने हरुले एनआरएन को हवाला दिदै बदनाम गर्न तिर लागे।
म आफै बस्ने ओसाका अनतर्गत पर्ने एनआरएन कान्साई शुरुदेखि नै यसमा निरन्तर लागिरहेको र ओसाका बसेर टोक्यो पुगी ओसाका,कोबे,नारा,क्योटो,वाकायामा त्यति मात्रै नभएर परिस्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै क्युस्युको ओइता, किता क्युस्यु ,नागोया,टोयोटा लगायतको ठाउँ हरु सम्म घर घरमा नेपाली हरु छोडेर आएको अवस्था छ। खर्च सम्बन्धित व्यक्तिको भए पनि हप्तामा दुइ तिन पटक आउने फ्लाइट को लागि ब्यबस्थापकीय सहयोग गर्न लाग्ने भौतिक श्रम समय र आफ्नो खर्च हुने कुराको त कुनै लेखाजोखा नै छैन। यसरि केहि सिमित व्यक्ति हरु अहोरात्र खटेर उद्दार मा एकातिर लागिरहेका छन् भने अर्को तिर पदिय लालच र नक्कली प्रतिष्ठा को लागि मात्रै संस्थामा झुन्डिएका रमिते हरु तिनीहरुको इमान्दारितामा मा प्रश्न गर्ने दुस्साहस भित्र भित्रै गरिरहेका छन्। यसो भन्दै गर्दा संस्था भित्र या बाहिर रहेर यो महामारीमा सहयोग को नाउमा लुट मचाउन खोज्ने हरुलाई भने पहिचान गरेर सामाजिक रुपमा तिरस्कृत भने पक्कै गर्नुपर्छ।
अन्त्यमा सम्बन्धित सरकारी निकाय एयर्लाइन्स, हवाई माफिया, बिचको बिचौलिया हरु र एजेन्ट हरु यी सबैले यो महामारीको बिचमा आजको दिन सम्म जति सर्बसाधारण लाइ चार्टर फ्लाइट को नाम मा लुटे आगामी दिनमा यो यथा शिघ्र बन्द गरिनु पर्छ।
सम्बन्धित देशको राजदुताबास को बिशेष सक्रियतामा आवस्यकता अनुसार एनआरएनए संग सहकार्य गर्दै यो विपद मा नेपाली हरु लाइ सर्वसुलभ रुपमा आवतजावत गर्न मिल्ने वातावरण बनाउन सरकारको सम्बद्द निकाय सम्बेदनशिल भएर लागोस भनि अनुरोध गर्न चाहन्छु। यदि ट्राभल एजेन्ट हरुलाई नै दिनु छ भने भाडा दर लगायतको सम्पूर्ण कुराहरुमा निश्चित मापदण्ड बनाइ निस्पक्ष तरिकाले कार्य सम्पादन हुने गरि प्रक्रिया अगाडी बढाउन जरुरि देखिन्छ ।
...
नेपाल-जापान चार्टर उडान गर्न ट्राभलको हानाथाप, यात्रुको पुर्पुरोमा हात !