(Japan) 27 th June | 2026 | Saturday | 6:38:05 PM || (Nepal) 3:23:05 PM
 
 

नेपाल जान मेरो 'लगेज रेडी' !

  POSTED ON : Sunday, 03 May, 2020 | Views : 6630

नेपाल जान मेरो 'लगेज रेडी' !


यो बेला मानवजातिको लागि महा सङ्कटको समय हो ! अप्रत्यासित एवं अपत्यारिलो तरिकाले निस्केको कोरोना भाइरसको जीवाणु सारा संसारभरि पुग्दा यो सँसारमा खेलिरहेको मानबजाती माथि ठुलो आक्रमण भईरहेको हामि सबै मानिसहरुले देखेका छौं ।

कोरोनाकै चपेटामा परेर लाखौंले ज्यान गुमाइरहेका छौं । त्यसबाट बच्नको लागि अनेक किसिमका साबधानीहरु अपनाई रहेका छौं !

हाम्रो देश नेपाल, हामि नेपालीहरु पनि यो कोरोना भाईरसका कारण प्रताडित बनिरहेको अबस्था छ !

देशमा लकडाउन छ । जनता लकडाउन भित्र दिनहरु कटाईरहेछन !

यस्तै गरि देश छोडेर परदेस लागेका दशौं लाख नेपालीहरु पनि कोरोना भाइरसका कारण भयभित छन् !

अमेरिका, बेलायत जस्ता मुलुकहरुमा रहेका नेपालीहरु पनि यसबाट संक्रमित भएर केहि जनहरु दिबंगत हुन पुगेको पीडादायी समाचार हामि सुनिरहेका छौं भने अझै धेरै संख्यामा धेरै देशतिर कोरोना भाइरसका संक्रमितहरु उपचार गराईरहेका छन् !

दिन प्रतिदिन यो महामारीको प्रकोपबाट दुखद समाचारहरु सुनिने क्रमले आम प्रवासी नेपालीहरुमा थप छुट्टै किसिमको डर, त्रास र भयको स्थिति सृजना हुन थालेको देखिन्छ ।

आखिर प्रवासी नेपालीहरु किन त्रसित बनेर बस्न बाध्य छन् र उनीहरु के चाहन्छन भन्ने कुरा आजको यस शिर्षकमा म आफुलाई उभ्याएर उल्लेख गर्न पुगेको छु !

बास्तबमा म र म जस्ता थुप्रै नेपालीहरु रोजीरोटीको लागि परदेस लाग्नु परेको तितो यथार्थता हामीलाई जगजायर भएको कुरा हो ।

हामि बिदेसमा बस्दा मुख्य रुपमा नोकरी गर्नु र दुइचार पैसा कमाएर नेपाल पठाउनु, त्यो पैसाले भविष्यको लागि जीबन बाँच्न सुरक्षित भईन्छ भन्नु नै हो ।

यो हामि प्रवासी नेपालीको सामान्य बिचार र तितो यथार्थता हो । परदेसमा बस्दा यो बिचारले सार्थकता पाउन पनि सक्छ, नपाउन पनि सक्छ । यदि सार्थकता हुन नसक्ने जस्तो अबस्था आएको खण्डमा बिदेश बस्नुको अर्थ नभएको ठानी स्वभाबिक रुपमा आफ्नो देश फर्किने र सके देशमै बस्ने, फेरी पनि नसके अरु बिकल्प खोजेर परदेस लाग्ने यो नियम विद्यमान छ ।

जे होस् हामि सबैको मूल उद्देश्य धन कमाएर फर्किने र शुखका साथ जीबनयापन गर्ने नै हो । यसरि बिदेसमा बस्दा यस्तो किसिमको समस्या आइपर्छ । नोकरी छोडेर या बिदा लिएर कोठामा खुतुर्किएर बस्नु पर्छ भन्ने सोचाई कसैमा पनि हुन्न । यति लामो समय बस्ने भनेको छुट्टीमा देश जाँदा र कुनै ठुलै बिमार भएर आराम गर्दा मात्र हुने गर्छ ।

सामान्य ज्वरो, रुघाखोकी वा टाउको दुख्दा समेत छुट्टी नगरी काममा होमिने हामि नेपालीहरुलाई अहिले यो अबस्थाले खासमा भन्नु पर्दा बेचैन हुने कुरा त छँदै छ, त्यो भन्दा अझै बिदेसमा बेरोजगारी हुनु, खतराको घन्टी बजिरहँदा रहँदै पनि काममा जानु, संक्रमितको खतरा दिनरात मानसपटलमा उब्जिनु, प्रत्येक महिना आउने पारिश्रमिकबाट यहाँको खर्च कटाएर बाँकी पैसा रेमिटेन्स गर्दा बैंक ब्यालेन्स नहुनु, राहतको प्रतिक्षामा बस्नु पर्ने अबस्था सृजना हुँदा नेपालीहरु खिन्न हुँदै गईरहेको महशुष गर्न सकिन्छ ।

कोरोना भाइरसको असर निरन्तर रहिरहने हो भने भोलिका दिन अझै बढी मानसिक र आर्थिक रुपमा समस्या झेल्नुपर्ने कुरा पनि आम प्रवासी नेपालीहरुले नजरअन्दाज गरिरहेका छन् ।

यावत समस्याहरुका कारण अहिले नेपालीहरुको चाहना नेपालको लकडाउन छिटो भन्दा छिटो खुलोस् । बिदेसमा बस्ने नेपालीहरु स्वदेस फर्किन चाहेको खण्डमा नेपाल सरकारले फिर्ता लैजान भूमिका खेलोस् भन्न थालेका छन् ।

यो समयमा मैले पनि भन्न थालेको छु कि नेपाल जान मेरो लकेज रेडी छ । के नेपालको जहाज लैजान तयार छ त ?

पक्कै पनि भोलिका दिनमा यो समस्या जटिल बन्दै गएमा नेपाल सरकारको आँखाको चस्मा प्रवासी नेपालीहरु तर्फ कुनै कन्जुस्याई नगरी फर्काउनु पर्छ ।

-सेबक पिसी