(Japan) 26 th August | 2026 | Wednesday | 5:22:08 PM || (Nepal) 2:07:08 PM
 
 


किन बन्छ बिदेशिएका युवाको सत्ता प्रति बागी मनोबिज्ञान -लोकेन्द्र खड्का

  POSTED ON : Tuesday, 14 April, 2020 | Views : 5866

किन बन्छ बिदेशिएका युवाको सत्ता प्रति बागी मनोबिज्ञान -लोकेन्द्र खड्का


नेपालीले संंझिने गरेको अघिल्लो शासन ब्यवस्था १०४ बर्षे जहानिया राणा शासननै होला । जुन शासनमा राजा श्री पाँच पनि श्री तीनकै अधिन थिए भने जनताको अबस्था दयनिय थियो ।

बिश्व राजनितिक परिवेश पनि कहिल्यै घाम नअस्ताउने बेलायती साम्राज्यको चपेटामा थियो अनि बेलायतले भारतमा इष्ट इण्डिया कम्पनीको नामबाट शासन गरिरहेको थियो भने सोही कम्पनीको भरथेगमा नेपालमा राणा शासन चलिरहेको थियो । राणहरुले पनि  आफ्नो  शासनको निरन्तरताको लागि नेपाली युवालाई कम्पनीमा  भर्ति गराउदै र देशको साधान श्रोत कम्पनीको स्वार्थमा सुम्पिने गर्दथे ।

शिक्षित जनतालाई शासन गर्न गाह्रो हुन्छ भन्दै  राणाहरुले सर्बसाधारणलाई लेखपढको  छुट थिएनन् । केही ब्राह्मणहरुले धार्मिक कर्मकाण्डको लागि सस्कृत पढ्न बनारस, काशि वा भारतका बिभिन्न शहरमा जाने, केही युवा बेलायतको राम्राज्यको रक्षाकवज बन्न कम्पनीमा भर्ति हुनजाने बाहेक नेपाली युवा बिदेशिने  संभावना थिएन । त्यसैले युवाहरु स्वदेशमै बसेर तानाशाह शासकको बिरोधको कानेखुशी गर्थे ।

बाहिरि दुनियामा के भईरहेछ भन्ने पत्तो पाउदैनथै यसको फाइदा शासकलाई हुन्थ्यो । बेलायती साम्राज्यको पतनसंगै भारत पनि इष्ट इण्डिया कम्पनीको पञ्जाबाट मुक्त भयो भने बि.सं. २००७ मा नेपालबाट राणाशासनको अन्त्य भयो । यसैको संझना स्वरुप फागुन ७ गते लाइृ प्रजातन्त्र दिवश घोषणा गरियो ।  

राणा शासनमा जनतासंगै शासित राजाले २००७ फाल्गुण ७ लाई  राजातन्त्रमा बदलेर एकदलिय पञ्चायती ब्यवस्था शुरु गरे । यो ब्यवस्थामा पनि उच्च शिक्षा हासिल गर्न राजा महाराजका सन्तान तथा हुनेखाने बर्गका नेपालीहरु बिदेश जाने र केही केही युवाहरु  भारतको आशाम 'मेघालय' र दार्जेलिङतिर ज्याला मजदुरी गर्न जाने  चलन बाहेक श्रमको लागि युवा बिदेशिने चलन थिएन । त्यसैले अधिकांस युवाहरु स्वदेशमै रहन्थे अनि तत्कालिन शासन ब्यवस्थाको राम्रा नराम्रा पक्ष केलाउदै सरकारको समर्थन वा बिरोधमा सहभागि हुन्थे ।

बिरोध गर्नेलाई देशद्रोही भनेर जेलमा कोचिन्थ्यो । यसको मतलब सरकारको सारा कामको समर्थन गर्ने वा जेलमा कोचिने बाहेक बिदेशिने बिकल्प थिएन यसबाट तत्कालिन पचायती ब्यवस्थाले घाटा ब्यहोयो भने पञ्चायत बिरोधी दलहरुले जसको प्रमाण २०३६ सालको जनमत सग्रह र २०४६ सालको जन आन्दोलनमा धेरै युवाहरु सहिभागि गराई फाइदा उठाए लिए । 

नेपालका गाउंmघरै रित्तिने गरी युवा बिदेशिने बस्तुस्थितिचाँहि २०४६ सालको परिवर्तन पछि सृजना भएको हो  । २०४६ परिवर्तन ल्याउन युवाहरु उत्साहित थिए अनि परिवर्तनको स्वाद चाख्न लालायित हुनु स्वभाविक हो यति सम्म कि भारतमा समेत मजदुरी गर्न जानु पर्दैन कि भन्ने आशा पलाएको थियो ।

तर यसको बिपरित  बैदेशिक रोजगारीमा जाने युवाहरुको ताँती बढेर गयो यसको श्रेय लिन समेत तत्काल सरकार पछि परेन झन  बैदेशिक रोजगारीकिो खोजिमा सरकार भौतारिन । ०४६ सालको परिवर्तनमा युवा सहभागिता देखेका नेताहरुनै सरकारको नेतृत्वमा रहेकोले युवा स्वेदशमै बसिरहे  आफ्नो सत्ता दिर्घजिवी बन्दैन भनेर अनुमान गर्न नसक्ने कुरै भएन त्यसैले  जानिबुझिकनै बैदेशिक रोजगारीको खोजि गरिएको हुनुपर्दछ 

 देशमा २०५२ शसस्त्र द्वन्द्व शुरुहुँदा नेपाली युवाहरुलाई तत्कालिन सरकारको समर्थन गर्ने, शसस्त्र द्वन्द्वमा सहभागि हुने वा बैदेशिक रोजगारीमा जाने तिनवटा बिकल्प उपलब्ध थिए जस मध्ये धेरैले बैदेशिक रोजगारीको बिकल्प रोजे । द्वन्द्व बढ्दै जाँदा द्वन्द्व पिडित रुपमा पनि धेरै युवा बिदेशिए । २०५२ पछिको १० बर्षमा राजदरबार काण्ड घट्यो,२०६२/६३ मा माओबादि समेत संलग्न जनआन्दोलन भयो,  माओबादीले शान्ति प्रकृयामा अवतरण ग¥यो,देशबाट राजतन्त्र हट्यो अनि देशले   संघिय लोक तान्त्रिक गणतन्त्रको बाटो समात्यो । राजनीतिक हिसावले यो ठूलो परिवर्तन हो अनि यसमा पनि युवाहरुको सहभागिता अत्याधिक थियो ।

परिवर्तन पश्चात युवाको हरेक क्षेत्रमा पहँुच बृद्धिको सट्टा युवाहरु हर क्षेत्रमा बञ्चित हुदैगए । यतिसम्मको स्थिति पैदा भयोकि ज्यानको बाजी थापेर बन्दुक बोकेर जनयुद्ध लडेका युवाहरु समेत अयोग्य लडाकुको बिल्ला भिरेर राजनैतिक परिदृश्यबाट ओझेल पर्न थाले भने कैयौं युवाको  जिविकोपार्जनमै समस्या आइप¥यो र बिकल्पको रुपमा बैदेशिक रोजगारीमा हामफाल्नु प¥यो । भुकम्प र भारतको नाकाबन्दीले समेत नेपालको रोजगारी क्षेत्रमा गम्भिर अशर गरेकोले युवाहरु रोजगारीको लागि बिदेशिन बाध्य भए ।

परिवारको बोझ उठाउने २५ देखि ४० बर्षको उमेर समुहका स्वदेशमै परिवारसंग बसेर केही गर्ने  जमर्को गर्ने युवाहरु पनि पूंजि, प्रबिधि र  बजार ब्यवस्थापनको अभावमा  हतोत्साही भए अनि अन्तिम बिकल्पको रुपमा साहुको महंगो ब्याजको ऋण बोकेर बिदेशिन बाध्य भए । अनि यो बस्तुसिथतिको निर्माणकर्ता सरकार हो भन्नेमा बिदेशिने युवाहरु प्रष्टछन् त्यसैले सरकार प्रति घृणाभाव झल्किरहरन्छ ।

बैदेशिक रोजगारीको प्रमूख गन्तब्यमा खाडि मुुलुक भयो सहायक गन्तब्य युरोपियन मुलक भए पनि सवै बिदेशिने युवाको नेपालको सरकार प्रतिको बागि  मनोबिज्ञान समान रह्यो । यती भइरहदा पनि सरकार चाँहि मेनपावर कम्पनी, बैदेशिक रोजगार बिभाग, बैदेशिक रोजगार प्रबद्र्धन बोर्ड जस्ता निकाय खडा गर्दै युवालाई बैदेशिक रोजगारीमा प्रबद्र्धन गरिरह्यो अनि ठूलो संख्यामा युवा बिदेशिइ रहदा सरकार मुक दर्शक बन्यो जस्ले गर्दा बिदेशिने युवाहरुको मन अमिलो भईरह्यो । 

२० बर्षमा २० वटा सरकार व्यहोरेका नेपालीले पछिल्लो राजनैतिक घट्ना क्रमबाट “समृद्ध नेपाल शुखी नेपालीको” नारा सहित  स्थिर सरकार प्राप्त गरे अनि यसले नेपाली युवाको भाग्य र भबिश्य कोर्छ कि भनेर आशा पनि उत्तिकै राखे तर “समृद्ध नेपाल शुखी नेपालीको” ऐनामा समेत युवाले आफ्नो अनुहार देख्न  पाएनन् अनि सरकार प्रतिको बागि मनाबिज्ञान  बिदेशिने पंक्तिमा लामबद्ध भए । त्यसैले  बिदेशिने युवाहरुको हुडलिएको मन सत्ता संचालक प्रति बढिनै बिद्रोही भएकोछ ।

हरेक राजनैतिक परिवर्तनमा अग्रपंक्तिमा लड्ने युवाहरु परिवर्तन पश्चात् सरकारबाट उपेक्षित भएकै कारणले बिदेशिनु परेको हो भन्ने बस्तुगत तथ्यबाट अव युवा अनभिज्ञ छैन र  सरकारको उछितो काढिरहन्छ । आफूले  श्रम बेचिरहेको मुलुकको अबस्थासंग आफ्नो देशको अबस्था दाजिरहन्छ अनि आफ्नो मूलुकको अबस्था नाजुक पाऊंछ र त्यसको कारण तत्व सरकार हो भन्ने कुरामा उ ढुक्क छ त्यसैले उ सरकार प्रति धारेहात लगाईरहन्छ ।

स्वदेशमा आफै संलग्न आन्दोलनबाट भएको परिवर्तनको फल नेता र तिनका नातेदार र आफन्तले मात्र भोगचलन गरेको,आफूले कुनै अबशर नपाएकोले बिदेशमा गएर बिदेशीको अरनखटनमा पसिना वगाउनु परेको हिनताबोध भइरहन्छ  । 

आफू बिदेश भएपनि आफ्ना परिवारले ठूलो भरोसा गरेर चुनेका नेताहरु पालैपालो मन्त्री बन्दै भ्रष्टाचारमा संलग्न हँुदा आफ्ना परिवारको समृद्धिको छाया कतै देख्न पाउदैन । आफ्नो परिवार सिटामोल नपाएर मरिरहेको पिडा बोकेका युवाहरुले दिनदिनै  नेता तथा उच्च बर्गमा मान्छेहरु उपचारको लागि सरकारी खर्चमा अमेरिका र सिंगापुर पुगेको समाचार सुनिरहन्छन । त्यसैले उनिहरु सरकारको कित्तामा चाहेर पनि उभिन सक्दैनन । 

बिमानस्थलमा पुलिसको चेकजाँच अनि प्रशासनिक ब्यवस्थानको क्रममा बोकाइएको अपमानको भारी उसले कमाएर त्यही बिमानस्थल उत्रदा पनि बिसाउन पाउदैन । बिदेशमा दूख गरेर २।४ पैसा कमाएर आफूलाई आवश्यक पर्ने सामाग्रि साथ आफ्नो मातृभूमि उत्रिदा ती सामानहरु चोरिने,लुटिने,टुटफुट हुने, आफ्नै दाजुभाई कर्मचारीको दुव्र्यवहारले गर्दा नेपाल सरकारलाई हेर्ने दृष्टिकोणनै बदलिदोरहेछ । 

युवाहरुले बिदेशमा स्थापित भ्रष्टाचार बिरोधि कानुन, शुसासनको अबस्था, नेतामा भएको नैतिकता, बाटोघाटो, पुल–पुलेसा, मार्ट, अपार्टमेन्ट, पार्क अनि सवारी साधान लगायतको भौतिक सुबिधासंग आफ्नो देशको दुरुह अबस्था दाँजेर पनि नेपाली युवा  बिरक्तिदो रहेछ, ।  

अझ बिश्वमा धेरै देशहरुले बिदेशमा भएका आफ्ना नागरिकलाई चुन्ने अधिकार उपलब्ध गराएको कुरा नजिकबाट नियालेका नेपालीहरुले त्यो अधिकारबाट पनि आफुलाई बञ्चित गरको महशुस गरी बिदेशिएका नेपालीहरु सत्ताको बिपक्षमा उभिदारहेछन् । 

यसरी अनेक समस्याका बावजुद पनि ठूलो सपना सजाउदै बिश्का ११० वटा देशमा श्रम बेचिरहेका दाजुभाई दिदिबहिनिहरुको बागी मन कोरोनाको महामारीमा पनि प्रकट हुन थालेकोछ ।

बिभिन्न देशले आफ्ना नागरिकहरुलाई महमारीबाट जोगाउन जहाज चार्टर गर्दै आफ्नै देश लगिरहको अबस्थमा भारतमा मजदुरी गर्न गएको नेपालीहरु भारतको सिमामा  आएर अलत्र परिरहेको खवरले  बैदेशिक रोजगारीमा गएका युवाहरु नेपाल सरकारको नियत र क्षमता प्रति शसंकित छन । 

यो अबस्थामा नेपाल  सरकारले ठूलै मुल्य चुकाएर बिश्वमा छरिएर रहेका नेपालीलाई सकुशल नेपाल फर्र्काएर नेपालमै जिविकोपार्जनको ब्यवस्था मिलाउन सके युवाको बागि मन र तिनका परिवारले यो सरकारलाई धन्यबाद दिदै सत्ताको साझेदार बन्दै  सदा सदाका लागि सत्ताको हिमायती बन्ने थिए तर त्यसो गर्न सकिएन भने महामारीको कारण संसारभरबाट नेपाली युवा एकमुठ्ठी बिरोधको स्वास लिएर स्वदेश फर्कने, दैनिक रुपमा बिदेशिने क्रम बन्द हुने अनि तिनिहरुको लागि सरकार केही गर्न तयार नहुने हो भने आगामी २० औं बर्ष सत्ता संचालन गर्न तयार भएको पृष्ठभूमिका जुइनाहरु चुडिएर  सरकारको सत्ता प्राप्तीको  भर्याङको श्रोतनै  नेतृत्व तिनै  बागि युवाहरुले लिए भने अर्को सत्ताको धुरी निर्माण हुदैन भन्न सकिदैन ।

(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।)