जापान सरकारसंगै विभिन्न सञ्चार माध्ययमहरुले दिनानुदिन काेराेनावाट सावधान रहनकाे लागि सूचनाहरु प्रसारण गरिराखेका छन् । त्यसैगरि जापानमा रहेका नेपालि मिडिया, सञ्चारकर्मि तथा विभिन्न संघ-संस्थाहरुले पनि आ- आफ्नाे ठाउंवाट सूचना तथा समाचारहरु सम्प्रेषण गरिरहेका छन।
अन्तत आपतकाल !
देशनै बन्द गर्नु भनेको सम्भवत कोरोनाको महामारी कम गर्न अन्तिम हतियार हुनसक्छ तर त्यो भन्दा अगाडी त्यसको रोकथामको लागि लड्नै पर्छ भन्ने सोच जापानको हुनसक्छ।
जापानमा धेरै व्यक्तिहरू गरिखाने र संयुक्त्त परिवारमा भन्दा पनि एकल बस्ने गर्दछन । यस देशमा लकडाउन गरे आर्थिक संकटले धेरै मानिसहरु ठुलो आर्थिक संकटमा पर्नेछन् ।
काेराेना सङक्रमणकाे लडाईमा संसार युद्दमा उत्रिईरहंदा जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कतिपयले सामाजिक सञ्जालमार्फत आफुलाई लागेका विचार तथा सूचनाहरु राख्नुभएकाे छ त कतिपयले जापानले लकडाउन गरेन भनेर निकै चिन्ता समेत ब्यक्त गर्नेगरेको देखिन्थ्यो ।
यसमा कतिपयले काम र दैनिकिमा पारेको प्रभाबका तस्बिरहरु राखेर अरुलाई सजक र जानकार तुल्याउने प्रयास गरिराखेका छन् ।
जापानका अन्य प्रिफेक्चरहरु भन्दा टाेकियाेकाे सन्दर्भमा अझै दिनप्रतिदिन काेराेना सङ्क्रमणकाे दर तिव्रगतिमा वढिरहेकाे छ । यसलाई जापान सरकारको तथ्यांक स्वयम पुस्टि गर्दछ ।
जापानवासी नेपालीहरुको अबको बाटो !
सकेसम्म र मिलेसम्म काममा हप्ता/१५ दिन विदा मिलाएर भएपनि घरभित्रै बसौं । ‘आरुबाइतो’ गर्नेहरुले उसलाई काममा सिफ्ट हाल्दियाे मलाई हाल्दिएन भनेर पैसा कमाउने कम्पिटिसन र हाेडवाजि नखेलाैं !
रेस्टुरेन्ट तथा अन्य व्यवसाय गरेर बसेका व्यक्तिहरूले आफ्नो व्यवसाय बन्द गर्नु अहिलेको उत्तम बिकल्प हो । केही आम्दानिको लागि कामदारको स्वास्थ्यलाई जोखिममा पार्दा थाहै नपाई कतिखेर आफु परिन्छ त्यो थाहा हुन्न । जतिखेर थाहा हुन्छ ढिलो भैसकेको हुनेछ । ज्यान वचाउन सके पैसा कमाउने दिन र मौका फेरी आउनेछ ।
नेपालमा दिनभरी श्रम गरेर बेलुका हातमुख जोर्न धौधौ हुने परिवारहरु त ज्यान बाचे त जे हाेला भनेर राहतकाे आसमा आत्मवल वढाएर बस्नु भएको छ भने हामी जापानमा छौ ।
काेराेनाकाे सङक्रमणवाट त्रसित भएर हाेईन संयमित भएर आत्मवल वढाउंदै सतर्कता अपनाओैं,बिनाकाम बाहिर ननिस्कौ, ।
सुरक्षित रहन अपनाउनुपर्ने विधी अपनाऔं र कुनै समस्या परे राजदुतावास, गैह्रआवसिय नेपालि संघ, पत्रकार महासंघ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा सोधपुछको लागि सम्पर्क फोन नम्बरहरूमा कल गराैं ।
एकले अर्काेलाई सहयाेग गराै आफु वाचाैं र अरुलाई पनि वचाओैं ।
टाेकियाे र उच्च जाेखिम रहेका स्थानहरुमा जापानको मेडिकल सेक्टरले धान्न नसक्ने स्थिति आईपरेपछी आपतकाल घोषणा गरिएको छ ।
आपतकाल पछिपनि खाद्यान्न, अस्पताल, यातायात लगायतका अत्यावश्यक ठाउंहरु खुला रहने छ । विशेषगरि रेल, पार्क र सार्वजनिक स्थानहरूमा नजाओैं।
याे जटिल अवस्थामा आफ्नो स्वास्थ्यको एकदमै ख्याल राखाैं आफुलाई सुरक्षित राखाैं । आफु वचाै र अरुलाई पनि वचाओैं ।