(Japan) 26 th August | 2026 | Wednesday | 5:19:36 PM || (Nepal) 2:04:36 PM
 
 


जनता र सरकारबिचको सहकार्यबाट मात्र कोरोना भाईरसको पराजय हुन्छ : सेबक पिसी

  POSTED ON : Sunday, 05 April, 2020 | Views : 4470

जनता र सरकारबिचको सहकार्यबाट मात्र कोरोना भाईरसको पराजय हुन्छ : सेबक पिसी


यतिबेला हाम्रो देश नेपाल बिश्व महामारी कोरोना भाईरसको कहरबाट बन्दक जस्तै भएको छ ।

बिभिन्न देशहरुमा कोरोना भाईरसका कारण संक्रमण हुने संख्या फराकिलो रुपमा अघि बढिरहेको छ । दशौं हजार मानिसहरुले यो महामारीमा परेर ज्यान गुमाईसकेका छन् ।

बिश्व यस कठिन अवस्थासँग जुधिरहेको बेला हाम्रो देश नेपाल पनि यसमा आफ्नो क्षमताले भ्याएसम्म प्रतिरोध गर्न जुटिरहेको छ ।

वास्तबमा कोरोना भाईरससँगको लडाई र जित त्यति सजिलो रहेनछ भन्ने कुरा आम नेपालीहरुले संसारका बिकसित देसहरुको चिच्याहट र त्यहाँको मानबिय क्षति हेरेर अनुमान लगाईसकेको अबस्था छ ।

नयाँ कोरोना भाईरसको औषधी पत्ता लगाउन आन्तरिक रुपमा बिश्वले गृहकार्य अवस्य गरिरहेको छ । तर त्यो भन्दा पहिला ठुलो भन्दा ठुलो क्षति नपुगोस् भनेर सचेत हुनु र साबधानी अपनाउनु बाहेक मानबजातिका लागि अर्को बिकल्प नरहेको सबैलाई अबगत पनि भईसकेको छ ।

यहि समस्यालाई मध्यनजर राख्दै हाम्रो देश नेपाल यो कोरोना भाईरसको कहर माथि कसरी बिजय प्राप्त गर्न सक्छ त भन्ने कुरामा केहि कुराहरु गर्नु आवस्यक छ भन्ने ठानेको छु ।

मुख्य कुरा जनता र सरकारको पारस्परिक सहयोग अहिलेको प्रमुख आवश्यकता हो । कतै जनता सरकारप्रति रुष्ट नहुन्, कतै सरकार जनताप्रति रुष्ट हुन नपरोस् भन्ने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नु अपरिहार्यता देखिन्छ ।

हाम्रो जस्तो श्रोत साधनको कमि भएको देशमा कोरोना भाईरसको संक्रमण रोक्न गरिएको पहलकदमी अन्तर्गतको लकडाउन अति नै जायज छ ।

लकडाउनले मान्छेको आवातजावतमा र भिडभाड हुनमा काफि मद्दत गरेको हुन्छ । यो संक्रमण हुने भनेकै मान्छेको सम्पर्कबाट नै हो । मान्छेसंगको दुरी केहि टाढा हुनु पर्छ ।

यस सँगै साबधानीका धेरै तौरतरिकाहरु छन्, तिनलाई हामी सबैले सहि ढंगले पालना गर्नु पर्दछ ।

सरकार, स्वास्थ्य मन्त्रालयले जनताका लागि साबधानीका विभिन्न विधिहरु बिभिन्न माध्यमबाट प्रसारण गरिरहेको छ । यसैगरि सरकारले पनि जनताका दैनिक जीबनका आधारभूत आवस्यकताहरु पुर्ति गर्न कुनै पनि मानेमा पछि पर्ने काम गर्नु हुँदैन । केहि त सरकारले गरेको छ है भन्ने अनुभुति हरेक मान्छेको मनमा उब्जिरहन सके कोरोना भाईरसको कहरबाट जोगिने प्रयासमा जनता जागराम बसिरहनेछन् ।

यो लकडाउनको समय गाउँ गाउँमा दैनिक ज्यालामजदुरी गरेर खानेहरूलाई लक्षित गरी हरेक वार्ड वार्डमा सरकारले पहिलो चरणको राहत रकम पठाई सकेको छ । वार्डमा निर्वाचित जनप्रतिनिधिहरू छन् तिनीहरु जोखिम मोलेरै त्यस्ता मजदुर र गरिबको लगत संकलन गर्दै राहत बाँड्दैछन् ।

उद्योग वाणिज्य संघहरू, राजनैतिक दल, तिनका भातृ संगठनहरू, सहकारीहरू ती पनि लागी परेकै छन् राहत बाँड्नको लागि । यथार्थमा सरकारले गर्ने कुनैपनि खालको सहयोगलाई हार्दिकतापुर्वक ग्रहण गर्ने, अनुरोधलाई अनुसरण गर्ने काम जनताको हो भने यस अबधिमा जनतालाई आईपर्ने समस्याहरु समाधान र आपतकालिन माग परिपूर्ति गर्ने काम सरकारको हो ।

यि दुबैको सहयोगको फ्यूजनबाट कोराना भाईरसलाई पराजित गर्न सकिन्छ । नेपालीको नयाँ जीबनमा सुन्दरता ल्याउन सबै मिलेर लाग्नु जस्तो अर्को महान काम यो महत्वपूर्ण अघिमा अरु केहि हुनैसक्दैन ।

...

हाल : टोकियो, जापान ।