(Japan) 26 th August | 2026 | Wednesday | 5:20:10 PM || (Nepal) 2:05:10 PM
 
 


घटेन साकुरा मोह : कोरोना र सरकारको आदेश उल्लंघन गर्दै जापानी नागरिक

Prakash Panta   POSTED ON : Sunday, 05 April, 2020 | Views : 3204

घटेन साकुरा मोह : कोरोना र सरकारको आदेश उल्लंघन गर्दै जापानी नागरिक


टोकियो ।

विश्वमा कोरोनाको संक्रमण आगोको मुस्लो गतिमा फैलिरहदा धेरै देशहरूले सावधानी देखी विभिन्न रोकथामका उपायहरू अवलम्बन गरिराखेको देखिन्छ ।

हाम्रो मातृभूमी नेपाल लगायत कती राष्ट्रले त लकडाउन सम्मको बाटो अबलम्वन गरिरहेकै छन् ।

तर विडम्बना जापानको राजधानी टोकियो, नागोया लगायतका ठुला र वढी जनघनत्व हुने शहरका पार्कहरूमा मानिसहरूको भिडभाड र रौनकतालाई हेर्दा कोरोनाको खासै ठुलो प्रभाव परेको देखिन्न ।

चेरी 'साकुरा' फुलेको हेर्न र सेल्फी लिदै लाईभ गर्ने र भिडियो सामाजिक सञ्जालमा राख्न हरेक दिन जापाका मुख्य पार्कहरूमा वाक्लो संख्यामा आम सर्वसाधारण भेला हुन्छन् ।

कोरोना संक्रमण नियन्त्रणको एक मात्र प्रभावकारी उपाय एक्लै बस्नुलाई लिइएको छ । अर्थात् भिडमा नजाने, घरमै बस्ने ।

यसबाहेक सावुन पानीले हात धोइरहने, खोक्दा या हाच्छिउँ गर्दा रुमाल या हातको सहायताले मुख छोप्ने र कुनै समस्या परेर निस्कन परे सुरक्षाका उपाय अपनाउँदै निश्चित दुरी कायम गर्न सरकारले आग्रह गरेको गर्यै छ ।

तर दुर्भाग्य मानिसहरू सरकारी आग्रह र नियमलाई पुर्ण रूपले वेवास्था गर्दै रमाईलो गरिरहेका दृश्य सामाजिक संजालमा यततत्र देखिन्छन् ।

अमेरिका लगायत पुरै युरोप भरी कोरोना संक्रमित बढेको बढ्यै छन् ! यि यावत घटना संग नजिक र परिचित रहेका पनी खै किन हो किन ब्यक्तिहरु सामाजिक रुपमा बढ्दो प्रकोपलाई रोक्न क्षणिक समयका लागि पनि सम्बन्ध तोड्न राजी देखिएका छैनन् ।

हरेक देशको सरकारले आफ्ना नागरीकको सुरक्षाको खातिर विभिन्न निती र कडाई गरिरहेको छ त्यसको विपरीत धेरै जनमानसको हुल भने आदेशको उलंघनका घटनामा सरिक भईरहेका छन् ।

यि सबै देश्द लाग्दैछ युवा जोश र साकुरा मोहले जापानलाई कोरोना कहरमा छिट्टै फसाउँदैछ ।