चाईनाको वुहानबाट उत्पन्न भएको कोरोना भाईरसको झिल्कोले वुहान शहरलाई ध्वस्त पार्दै गर्दा दुनियाँले सामान्य आँखाले हेर्दै थियो ।
यो चाईनिज रोग हो, सो रोग चाईनामा मात्र सिमित रहन्छ भन्ने कुराको अड्कलबाजी बिश्वका बिकसित देसहरुले गरिरहेका पनि थिए ।
तर त्यसको ठिक बिपरित आँकलनबाट हुँईकिएको कोरोना भाईरस मान्छेबाट मान्छेलाई सर्ने क्रममा संसारका कुना कुनामा पुगिसक्यो । यतिबेला बिश्व जगतलाई गर्हौं चिन्तनको बिषय बनिरहेको यो कोरोना भाईरसले इटालीलाई सखाप पारेको छ, स्पेन लगायत युरोपीयन देशहरु आक्रान्त बनिरहेका छन् ।
अझै बिश्व महाशक्तिको तक्मा लगाएको अमेरीकामा यस्को प्रभाब बेजोड तरिकाले बढ्दो छ । अहिले अमेरीका आकुल ब्याकुलको स्थितीबाट गुज्रिरहेको छ ।
संसारमा सबै भन्दा बढी कोरोना भाईरस संक्रमितको सुचिमा अमेरीका देखिएको छ ।
यो दुखद क्षणमा जीबन प्रबाह गरिरहेका नेपालीहरुले प्रथमत: आफ्नो देशको चिन्ता गरे । यत्रा यत्रा महाशक्ति राष्ट्रहरुको त यस्तो हालत छ भने हाम्रो जस्तो देशमा यस्को संक्रमण कति पिडादायी होला भन्ने कुराको महशुष गरि सर्वत्र लक डाउनको आवाज उठ्यो ।
नेपाल सरकार पनि यो कुरामा ढिलाई गर्न नहुने मनःस्थिति तुरुन्तै तयार पारी लकडाउन गर्ने अबस्थामा पुग्यो ।
तर लकडाउन अघि नै बिदेशबाट नेपाल गएका केहि परदेसीहरु यो कोरोना भाईरस बोकेर प्रबेश गरे ।
फलस्वरुप हालसम्म नेपालमा ५ जना कोरोना भाईरस संक्रमितहरु भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
यहि कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढिरहेको एसियाको महाशक्तिशाली राष्ट्र जापानमा संक्रमित संख्या ३००० नाघिसकेको छ भने अन्त्यन्तै जनघनत्व भएको टोकियो शहरमा ५०० बढि संक्रमित भएको आधिकारीक पुष्टी छ ।
यस घडिमा जापानमा बस्ने नेपालीहरुले पनि लकडाउनको अपेक्षा गरिरहेका छन् । यसर्थ गरिरहेका छन् कि यस रोगको संक्रमण नफैलिसोस्, १०-२० दिन काम नगरेपनि हामी मर्दैनौं, ज्यान जोगियो भने धन पैसा फेरी नि कमाउन सकिन्छ ।
बिदेशमा यस्तो रोगबाट आक्रान्त भएर नेपालमा भएका परिवारजनलाई थप पीडा नहोस् भन्न चाहन्छन् ।
यस्तै गरि अहिले भईरहेको काम घटिरहेको छ । महिनामा १०-१२ दिन भन्दा कामको शिफ्ट छैन । त्यो १०-१२ दिन काममा जाँदाको खतरा संझेर बरु लकडाउन होस् चाहन्छन् ।
नेपालीहरुका रेष्टुरेण्ट व्यवसायमा ग्राहकहरुको कमि छ । २-४ जना ग्राहक आउँदा कतै रोग सर्ने त होईन, बरु लकडाउन भए घरमै बसेर सुरक्षित हुन्थ्यो भन्ने कामदारमा छ भने संचालकहरु जापानले ठोस् कदम चालोस भन्नेमा छन् ।
नेपालीहरुका यावत भनाईहरुले लकडाउनको अपेक्षा नेपालीको लागि जायज हो । तर यो कुरा जापान सरकारको लागि फरक हुन्छ ।
जापान सरकार सकेसम्म लकडाउन गर्ने पक्षमा छैन । ३००० बढि संक्रमित हुँदा समेत संकटको घडी आईनपुगेको दाबी गर्दै तत्काल लकडाउन नहुने बताइरहेको छ ।
पक्कै पनि जापान सरकार जापानी जनताको सुरक्षा र हितमा अघि बढिरहेको अवस्य छ ।
आगामी दिनहरुमा यो देशले गर्ने रोकथाम र निर्मुलको बाटो हेर्दै अहिले हामी नेपालीहरु कत्ति पनि भयभित नभई साबधानीका संम्पुर्ण उपायहरुका साथ आफुलाई यो धरातलमा बिराजमान गराउनुको बिकल्प छैन ।
अहिलेलाई यत्ति भन्न सकिन्छ ‘हामी सबैको भगवान पशुपतिनाथले रक्षा गरुन् !’
धन्यवाद !