समाचार टिप्पणी-काठमाडौं, नेपाल ।
कोरोना संक्रमणको भयका बिच देश लकडाउनमा रहँदा बिहिबार राती प्रधानमन्त्री केपीशर्मा ओली मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
६ महिनादेखी अस्वस्थ प्रधानमन्त्री ओली तीन महिनादेखी अरुको सहारामा हिँडडुल गर्नुपर्ने गम्भिर अस्वस्थताका बिच पदमै बहाल छन् ।
कोरोना संक्रमणले विश्वभर भय सिर्जना गरिरहँदा सरकारले एकहप्ते लकडाउन गर्दा सबैतिरबाट स्वागत भएपनि व्यवस्थापनको चरम लापरवाहीले आम रुपमा बिरोध सुरुहुन थालेको छ ।
यस्तोमा कार्यवाहक जिम्मेवारी समेत नदिई हप्तादिनसम्म मृगौला फेरेर अस्पताल बसेका ओली फेरी अस्वस्थ बन्दा मुलुकले गम्भिर क्षति व्यहोर्नुपर्ने चिन्ता बढ्न थालेको छ ।
आफ्नै अस्वस्थताका कारण पदिय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसिकने अवस्थामा समेत प्रधानमन्त्री पद नछाडेपछि केपी शर्मा ओलीमाथी नागरिक स्वास्थ्यमा खेलवाड गर्न खोजेको प्रश्न उब्जिन थालेको छ ।
कोरोनाको जोखिममा धेरै व्यक्तिसँग सल्लाह तथा निर्देशन एवं अनुगमनमा जानुपर्ने प्रधानमन्त्री आफैं अस्वस्थ भएर उल्टै उनकै रेखदेखमा मान्छे खटाउनुपर्ने दुखदायी अवस्था देशले व्यहोर्नुपरिरहेको छ ।
विश्वभर कोभिड-१९ महामारीमा तयारी बिहिन रहेका मन्त्री भानुभक्त ढकालले चीन र भारतले राम्रो तयारी गरेकाले डर नभएको लज्जास्पद अभिव्यक्ति दिएका छन् ।
घरमा पाहुना आएको भन्दै जिम्मेवारीबाट पन्छिने तथा सरकारी तथ्यांक र संक्रमित बारे समेत सत्यतथ्य थाहा नभएका स्वास्थ्यमन्त्री संक्रमण जोखिमको पहिलो चरणमानै असफल भईसकेका छन् ।
तर मन्त्री ढकालको असक्षमतामा प्रश्न उठाउँदा सत्ताधारी दलका कार्यकर्ता सरकारको बिरोध ठान्ने झण्डावाल मानसिकताबाट मुक्त हुन सकेका छैनन् भने आफ्नै कार्यकर्ताले बचाउ गरिरहँदा अस्वस्थ मधानमन्त्रीको दिमागमा त्यो घुस्ने त कुरै भएन ।
सरकारी ढुकुटी आफ्ना निकटका व्यक्तिलाई सुम्पँदा देखी घुषकाण्डको प्रमाण बाहिरिँदा समेत दोसी नदेख्ने प्रधानमन्त्रीले ढकालको असक्षमता र कमजोरीले यतिचाँडै ठम्याउलान् र छिट्टै नयाँ निर्णय लेलान् भन्नु आफैंमा बेकार छ ।
तर डरको कुरा के छ भने यसअघि चेत ढिलो खुल्दा चरम बिवादित सञ्चारमन्त्री गोकुल वास्कोटालाई प्रधानमन्त्रीले टिमबाट गुमाउनुपर्यो यसपटक पनि त्यहि नियति दोहोरिएमा देशले हजारौं नागरिक (प्रधानमन्त्री समेत !) कोडिभ-१९ को महामारीमा अनाहकमा गुमाउपनुपर्ने हुनसक्छ !