(Japan) 26 th August | 2026 | Wednesday | 5:21:35 PM || (Nepal) 2:06:35 PM
 
 


ईटलीलाई दु:खमा साथ दिने यी सहयोगी देशहरु प्रति सलाम !

Deepak Dhital   POSTED ON : Tuesday, 24 March, 2020 | Views : 3390

ईटलीलाई दु:खमा साथ दिने यी सहयोगी देशहरु प्रति सलाम !


विश्वभरमा कोरोनाका कारण मृत्यू हुनेको संख्या इटलीमा धेरै छ । प्रधानमन्त्री यो अवस्था देखेर रुन पुगे । चीन, रुस, क्यूवा र जर्मनीले इटलीमा सहयोग गदैछन् ।

पछिल्लो साता इटालीले यस्तो अवस्थामा पनि इयूका मुलुकको कुनै सहयोग नभएकोमा चित्त दुखाएको थियो ।

हिजो जर्मनीबाट ३ सय भेन्टिलेटर, केहि विज्ञ र अन्य चिकित्सा उपकरण लिएर एक टोली इटाली पुग्यो ।

गत साता मात्रै जर्मनीको अस्पतालहरुले फ्रान्सका कोरोना संक्रमित गम्भीर बिरामीहरुलाई सघन उपचार कक्षमा राखेर उपचार गराउने निर्णय गरेको थियो । 

कोरोनाबाट अत्यन्तै प्रभावित इटलीको लोम्बार्दी सहर लगायत अन्य क्षेत्रमा क्यूबाका ५२ चिकित्सकले व्यापक उपचार सहयोग गरिरहेका छन् ।

कोरोनाको उपचारका लागि क्युबाले ६० देशमा आफ्ना नर्स र डाक्टरलाई खटाएको छ ।  २०१४ मा  अफ्रिकामा इबोला माहामारीको विरुद्ध लड्दा पनि क्युबाको व्यापक प्रशंसाा भएको थियो । विश्वको मन जितेको थियो । 

चीनको टोली २ साता अघिनै आवश्यक केही उपकरण र चिकित्सक टोली सहित इटाली पुगेर उपचार कार्य र आवश्यक सहयोग जारी राखेको छ ।

रुसले पनि हिजो चिकित्सा उपकरण र केही स्वाथ्यकर्मीको टोलीलाई इटाली उतारेको छ । जसमा केही भाइरोलोजिस्ट र बैज्ञानिकहरु पनि रहेका छन् ।