(Japan) 26 th August | 2026 | Wednesday | 12:16:40 AM || (Nepal) 9:01:40 PM
 
 


सफलता तपाईकै हातमा छ -मोहनप्रसाद खतिवडा

  POSTED ON : Thursday, 13 February, 2020 | Views : 4946

सफलता तपाईकै हातमा छ -मोहनप्रसाद खतिवडा


सपना देख्नेहरु आतुर हुन्छन् साकार पार्न । तिर्खाएकाहरु पानी खोज्छन् प्यास मेट्न ।

मानिस संघर्षशील प्राणी हो बाँच्नको लागि पलपल संघर्ष गरिरहन्छ । संघर्ष पछिका प्राप्त उपलब्धीहरुमा ऊ कहिल्यै पनि बिश्वस्त या पूर्ण सन्तुष्टि भएन र हुँदैन पनि ।

यहि त समाज बिकाशको प्रकृया हो । यसैले त मान्छे असन्तुष्ट रहन्छ र त समाज रुपान्तरण भईरहन्छ सँधैभरि । भन्ने नै हो भने मानब असन्तुष्टिको परिणामले नै संसार आज यति बिकशित भएको हो भन्दा फरक नपर्ला नै ।

आधुनिकीकरण या बिज्ञान र प्रबिधीको यो चरम बिकाशले सबथोक सबथोक प्राप्त गर्न सक्यो मान्छेले तर बनाउँनै सकेन खुशी दिलाउँने प्रबिधी,सन्तुष्ठि मिल्ने मेसिन अनि जोख्नै सकेन मानव संबेदनाको मात्राहरु पनि ।

आज सबथोक छ मानिससँग परिबार छ,घर छ,गाडी छ,सम्पत्ति छ अनि ब्यबसाय छ तर छैन मानव मुहारमा खुशी । हिजो पैसा नहुँदा जुन रुपमा ऊ दु:खी थियो, बेखुशी थियो आज पैसा भएरै पनि त त्यही दु:खी छ उस्तै बेखुशी छ मान्छे ।

हिजो काम नहुँदा,दाम नहुँदा अनि माम नहुँदा जुन दु:खी र बेखुशी थियो मान्छे आज काम छ,खल्तिमा दाम छ माम छ । चौंथाई भए पनि समाजमा नाम छ तर फेरि पनि ऊ बेशुशी छ किन ?

होलान् हिजोका अभावका रेखाहरु फरक थिंए होलान्, खुशीका मात्राहरु बदलिए होलान्, सन्तुष्टिका बक्ररेखाहरु सोझिंए होलान्, दु:खका कठघराहरु तोडिए होलान् तर मन उहि छ खरि झरेको मादल जस्तै ।

'काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर' भनेझैं आफूप्रति बिश्वस्त छैन मान्छे । आफ्नो कामप्रति सन्तुष्टि छैन कहिल्यै पनि । पेशाप्रतिको ईमान्दारिताले नै मान्छेलाई सबल बनाउँने हो, सक्षम बनाउँने हो ।

एउटा गरिब गाँउले किसानको छोरा अब्राहम लिंकन ईमान्दारिता र लगनशीलताको कारण पछि अमेरिका जस्तो देशको राष्ट्रप्रति बन्न सफल भए । तर हामी भने साना साना कुरामा आँफैले आँफैलाई दोष दिएर पन्छिरहेका छौं ।

खुशी त्यसबेला मिल्छ जहाँ तपाई पूर्ण सन्तुष्ट बन्नुहुन्छ । जहाँ तपाई अप्ठ्यारोलाई पनि सहजै स्वीकार्नु हुन्छ । समस्यासँग रमाउँनु हुन्छ,जुझ्ने साहश राख्नुहुन्छ ।

आज तँपाईसँग जे छ जुन पेशा वा ब्यवसायमा हुनुहुन्छ स्वीकार्नुहोस आफूलाई मज्जाले स्वीकार्नुहोस् । कामलाई बोझको रुपमा होईन एउटा खेलको रुपमा बिकाश गर्नुहोस् तनाब कहिल्यै हुँदैन तनमा अनि मनमा पनि । सम्झनुहोस् सफलता तपाईकै हातमा छ ।

-चिवा,जापान

गजल-रित्तियो सम्पति बाबुको सिद्धियो जवानी पनि