हुन त साथीहरूलाई कुराहरू तुलना गरेको मन नपर्न सक्छ तर समय र सन्दर्भले हरेक कुराहरूलाई तुलना आफै गराउँदो रहेछ ।
जापानमा रेलवे सेवा सन १८७२ मा सुरु भएको रहेछ । हाम्रो देशमा भर्खर सुरु हुने कुरा छ ।
छिमेकी भारतमा चाहिं सन १८५३ अर्थात जापान भन्दा झन्डै २० वर्ष अघि रेल सेवा सुरु भएको रहेछ र बंगलादेश(पूर्वी बंगाल)मा सन १८६२ मा,जापान भन्दा दश वर्ष अघि ।
अहिले भारत लगायत विश्वका धेरै देशमा जापानले मेट्रो तथा मोनोरेल विस्तार र विकास गर्न सघाइरहेको छ ।
भारतको रेल सेवा बिस्तारित र व्यापक भए पनि गुणस्तर युक्त र सेवामुखी छैन । बंगलादेशको त झन कुरै नगरौं । हाम्रो देशमा कहिले हुने होला, त्यो धेरै टाढाको कुरो छ ।
प्रायः साथीहरूको आपत्ति मैले जापान संग जब देशलाई जोडेर लेख्छु तब हुँदो रहेछ । धेरैको दलील हुन्छ- ‘हाम्रो देश जापान भन्दा सय वर्ष पछाडि छ कसरी कम्पेयर हुन सक्छ । नेपाल नेपाल हो,जापान जापान हो । यस्तै यस्तै..!’
तर होइन, नेपाल र जापान दुबै पृथ्वीका हिस्सा हुन । दुबैको उत्पत्ति संगै भएको हो । दुबै देश संग झन्डै उस्तै भु-बनोट र प्राकृतिक संसाधन थिए । दुबै देशले राजतन्त्र र प्रजातन्त्र दुबैको अभ्यास गरे (नेपालमा प्रगतिको बाधक भनिएको राजतन्त्र जापानमा अझै छ बरु )।

जापान युद्ध र प्राकृतिक प्रकोपले थिलो थिलो भयो बरु तुलनात्मक रुपमा । जापानमा अहिले पनि अमेरिकी नीति अख़्तियार गरिन्छ तर नेपाल आज सम्म पराधीन भएको छैन । किन फरक छ त सयौं वर्षको ?!
किनकि,
एउटा देशले हरेक कुराहरूलाई ‘सिरियस्ली’ लियो । अर्को देशले हरेक कुराहरूलाई ‘दम्भ’को रुपमा लियो । एउटा देशले गल्ती र क्षतिहरू बाट सिकिरह्यो अर्को देशले ‘गल्ती नै गर्दिन’ भनेर दावी गरिरह्यो ।
जापानले आफूलाई बाँकि विश्व संग ‘कम्पेयर’ गर्यो र अघि जान खोज्यो, नेपालले बाँकी विश्व संग हामीले आफूलाई ‘कम्पेयर’ गर्नु हुँदैन भनेर बस्यो ।
फरक यहीं नेर पर्यो । ‘कम्प्यारिजन’ भनेको ‘कम्पिटिसन’ पनि हो र ‘हेल्दि कम्पिटिसन’ प्रगतिको मार्गनिर्देशक पनि हो ।
‘उसको जति मार्क मेरो किन आएन’ भनेर कम्पेयर गर्ने र त्यही अनुसार मेहेनत गर्ने विद्यार्थीले नै परीक्षामा राम्रो रिजल्ट ल्याउँछ ।
‘म म हुँ, ऊ ऊ हो’ भनेर बस्ने विद्यार्थी जहाँको त्यहिं रहन्छ । विकासले प्रतिष्पर्धाको माग गर्छ-स्वस्थ प्रतिष्पर्धाको ।
यो कुरालाई भारत जस्ता देशहरू र त्याहाँका राजनीतिज्ञ तथा नागरिकहरूले हृदयंगम गरेको भए आफु भन्दा झन्डै दुई दशक पछि रेल चलाउन थालेको जापानले आज भारतमा मेट्रो लाइन बनाइदिइरहेको हुँदैन्थ्यो ।
हामीले पनि सोंच्ने तारिका फेर्यौं भने मात्र केही दशक पछि नेपाल माथि गर्व गरेर मेरो सन्तानले स्टाटस लेख्नेछन । नत्र त यही स्टाटस कपी गर्न बाध्य हुनेछन !
: हेमन्त गिरीको फेसबुकबाट साभार