(Japan) 13 th November | 2025 | Thursday | 9:00:59 PM || (Nepal) 5:45:59 PM
 
 


एनआरएनए जापान अध्यक्षमा शिवको शसक्त उम्मेद्धारी, ईमान्दार शिवका यस्ता छन् प्रतिवद्धता (विशेष अन्तर्वार्ता)

  POSTED ON : Tuesday, 23 July, 2019 | Views : 8330

एनआरएनए जापान अध्यक्षमा शिवको शसक्त उम्मेद्धारी, ईमान्दार शिवका यस्ता छन् प्रतिवद्धता (विशेष अन्तर्वार्ता)


शिव प्रसाद पौडेल पेशाले जापानका एक सफल नेपाली व्यवसायी । व्यवसायीक सफलताका बिच पौडेलले आफुलाई पेशागत दायरा भित्र मात्र सिमित राख्नुभएको छैन । जसका कारण जापानवासी नेपालीको लागि एक सहयोगी नाम बनेको छ शिव प्रसाद पौडेल ।

'आफुले कमाएको केही प्रतिशत मात्र भनेपनि सामाजिक काममा खर्च गर्नुपर्छ, त्यो समाजप्रति व्यक्तिको उत्तरदायित्व पनि हो' शिव प्रसाद पौडेल भन्नुहुन्छ 'त्यहि समाज सेवाको भावले नै मैंले कास्की पोखरा समाजको अध्यक्ष देखी गैर आवासिय नेपाली संघ जापानको उपाध्यक्षमा रहेर संस्थागत जिम्मेवारी सहि ढंगले पूरा मात्र गरेको छैन व्यक्तिगत रुपमा समेत सबैलाई सकेको सहयोग गरिरहेको छु ।'

शिवको व्यवसायिक सफलतालाई देख्ने मध्ये धेरै उहाँको यहाँसम्मको जीवन यात्रा बारेमा त्यति परिचित छैनन् । 'नेपालमा अध्ययन देखी जापान आउन गरेको भगिरथ प्रयास अनि जापान आएपछिका संघर्षका दिनहरु सम्झंदा म आफैंलाई एउटा जुगनै पार गरेजस्तो लाग्छ' विगतलाई सम्झंदै गर्दा गम्भिर भावमा देखिनुभएका पौडेल भन्नुहुन्छ 'मनमा अठोट, मेहनत अनि निरन्तर प्रयास गरे सफलता ढिलो चाँडो हातपर्छ यत्ति होकि आफुले कर्म गर्न छाड्न हुँदैन ।'

त्यो बाल्यकाल र विद्यार्थी जीवन

बिहान घाँसपात, हतारको विद्यालय कुदाई अनि साँझ गोठालो र स्याउला । बल्ल भएको विद्यालय बिदामा खेतीपाती, गोठालो र गाईवस्तु हेरचाह ।

बुवा भारतीय लाहुरे, हजुरबुवा नेपाल सरकारका सुब्बा, जग्गा जमिन प्रशस्त भएपनि शिव प्रसाद पौडेलको बाल्यकाल एउटा किसानी छोराको संघर्ष भन्दा कत्ती फरक रहेन ।

तीन सन्तान मध्ये जेठा पौडेल भन्नुहुन्छ-'ध्यान लगाएर पढे छिट्टै बुझ्थें तर कहिल्यै पढ्न मेहनत गरिन साथी संगतले गर्दा पनि होला उतारचढावपूर्ण अध्ययनका बिच पृथ्वी नारायण क्याम्पस पोखराबाट विज्ञान विषयमा बिएस्सी भने उत्तिर्ण गरें ।'

धार्मिक र परम्परागत कडा नियममा हुर्किनुभएका पौडेलले अध्ययनकै क्रममा बिवाह भएपछि पारिवारिक जिम्मेवारी समेत पुरा गर्न सन् २००२ मा शारदा मावि पोखरामै अध्यापन थाल्नुभयो ।

विज्ञान, गणित लगायत मुख्य विषय पढाउनु भएका पौडेल भन्नुहुन्छ-'पढाई रोकिएपनि पढाउने काम र कमाई राम्रै चलिराखेको थियो । विद्यालयमा सबै विद्यार्थीको प्रिय शिक्षक बनेको थिएं अकस्मात फेरी थप पढ्ने हुटहुटीले एमएस्सीमा फिजिक्स पढ्न काठमाडौं हान्निएं ।'

सिमित कोटामा देशभरबाट आएका उत्कृष्ठ विद्यार्थीसँगै त्रिभुवन विश्वविद्यालयमा फिजिक्स पढ्न प्रवेश परिक्षा दिनुभएपनि असफल हुनुभएका पौडेल असफलताको कथालाई संकोच नमानी भन्नुहुन्छ-'खास समस्या तब सुरु भयो जब विद्यालयको जागिर छुट्यो प्रवेश परिक्षामा फेल भएं अब के गर्ने भन्ने केही टुंगो भएन ।'


'परिक्षा तयारीसम्म परिवारबाट खर्च सहयोग मिल्यो अब त पढ्ने कुरा पनि सकियो सँगै खाने, बस्ने, खर्च सबै कुराको केही टुंगो भएन । दुख र संघर्षका ती दिनहरु सम्झंदै पौडेल भन्नुहुन्छ खल्ती छाम्यो रित्तो, जता छामेपनि भित्तो भनेजस्तो भयो ।'

साथीभाईको सहयोग अनि उनिहरुकै कोठामा फेरी-फेरी बस्नुपरिरहँदा श्रीमती अनि तीन सन्तानको जिम्मेवारी काँधमा थपिंदा अकस्मात जीवनले नयाँ मोड लियो बिदेश जाने रहरले ।

साथीहरु अमेरिका, क्यानडा विभिन्न देश पढ्न गईरहेका थिए । आफुभन्दा कम उमेरका आफ्नै भाई समेत कलेज पढाउन थालिसकेको थियो । आफु न पढाई न काम, अब भएन भनेर अमेरिका जान समय र खर्च दुवै धेरै लाग्ने भएकाले के गर्ने भन्ने भईरहँदा जापानमै अध्ययन गरेर फर्कनु भएका अरुणा शाक्य म्याडमसँग भेट भयो ।

उहाँसँगकै सल्लाह र उहाँकै ईन्स्टिच्युटमा पढेर जापान आवेदन पनि दिईयो । भाग्यवश जापानबाट ईलिजिविलिटी पनि आयो । सँगै १५ जना साथिले एम्बेसीमा ईन्टरभ्यु दियौं । घरमा जापानको भिषा लाग्यो भनेर खवर गरें । साथिभाईले त थाहा पाउने भईनै हाले । तर हामी मध्ये तीन जनाको आएन अरु सबैको आयो । भिजा नआएको तीन जनामा म पनि थिएं ।

पीर माथि पिर र तनाव माथि तनाव झन थपियो । अब के गर्ने फेरी एप्लाई गरे भिजा लाग्दैन भन्छन् अन्त कता गरौं ? भएन, भनेर अर्को बर्ष फेरी उहि कागजातलाई केही हेरफेर गरेर एप्लाई गरें । कसैले पत्याएकै थिएन मेरो भिजा आयो ।

खुसीको सिमानै रहेन । त्यसपछि घर गईयो अनि जापान उड्ने भनेर काठमाडौं आईयो । काठमाडौं आउँदा त कर्फ्यु, तोडफोड आगजनी भईराखेको । के भएको अकस्मात भनेको त ईराकमा नेपालीहरु मारिएपछि काठमाडौंका म्यानपावरहरुमा तोडफोड भएर प्रदर्शन पो भएको रहेछ ।

धन्न प्रहरीले स्कर्टिगं गरेर गेष्टहाउससम्म लगेर सकुशल छाडिदियो ।

अब जापान उड्ने दिन आयो । अहिले विद्यार्थीहरुले कपडा, खानेकुरा, उपहार अनेकथरी ल्याउँछन् । आफुलाई जापान पढ्न जाने भन्ने मनमा थियो ।

सुटकेसमा आधा जति त कापी र सिसा कलमनै किनेर हालें ।

अप्रिल १० तारिख जापान उडान थियो । एयरपोर्टमा बिदाई गर्न भाई, मामा दिदि बिहिनी, साथीहरु आएका थिए ।

१२ बजेपछिको फ्लाईट थियो । ११ बजे सबैसँग बिदा भएर भित्र छिरें । सामान चेकजाँच गर्दा धेरै भयो सिसा कलमनै ४ ५ दर्जन, कापी त्यस्तै धेरै तौल भएपछि सामान झिकेर फाल्दा र घटाउँदा हतार भयो । सामान पास भएपछि माथि पासपोर्ट चेकिगं भयो । पासपोर्टमा दारी पालेको दुब्लो अनि मैंले जापान आउँदा कपाल काटेर दारी काटेर चिटिक्क परेको । पासपोर्ट चेक गर्नेले म त्यो व्यक्तिनै होईन भनेर लफडा गर्न थाल्यो । नागरिकता देखा तेरै पासपोर्ट भए भन्छ । परिवारको सदस्य भए लेरा भनेपछि कुदेर बाहिर गएं । सबै फर्कीसकेछन् । त्यतिखेर मोबाईल न आफुसँग थियो न भाई र आफन्तहरुसँग । मेरो केहीसिप लागेन । प्लेन छुट्यो ।

प्लेन छुट्यो के भन्नु सपनानै छुट्यो भनेजस्तो भयो ! अब फर्कनुको विकल्प भएन । ट्याक्सीमा जापान आउने बेलामा बसेको गेष्ट हाउस गएं । साथी र भाईहरु म जापान उडेको उपलक्ष्यमा भन्दै नाचगान गरेर रमाईलो गरिराखेका रहेछन् । एउटा कुनामा गएर मज्जाले रोएं । अब उनिहरुलाई रोएको र पिडा के देखाउनु हाँस्दै उनिहरु भएको ठाउँमा गएं ।

सबै कुरा बताएं । संयोगले परराष्ट्र मन्त्रालयमा हाम्रो एकजना हजुरवुवा हुनुहुँन्थ्यो । उहाँले 'कसले छेक्दो रहेछ ल हिँड म जान्छु' भन्नुभयो । भोली पल्टको प्लेनमा टिकट मिलाईयो । उहाँ पनि सँगै एयरपोर्ट आउनुभयो । अघिल्लो दिन फर्काउने त्यहि मान्छे चेकिगंमा थियो । तर त्यो दिन हजुरवुवा त्यहाँ देखेर पनि होला केही सोधखोज गरेन । त्यसपछि जापान उडियो ।

...


जापान आएपछि चिबामा साथिहरुसँगै होस्टल बसियो । सबैले टिचर जस्तो मान्छे, यत्रो पढेको, तपाई उमेर ढल्किसकेको मान्छे भनेर धेरैले सहानुभुतीले कतिले उडाए ।

अब काम खोज्ने कुरा भयो । सँगै आएका सबैले काम पाईसके मैंले पाईन । बल्ल बल्ल एक ठाउँमा रातीको काम पाईयो तर मैंले १०-१२ दिन भन्दा गर्नै सकिन । त्यसपछि त झन मैंले काम गर्न सक्दैन भनेर कसैले लगाउने आँट नै गरेनन् । महिना दिन पछि बल्ल एउटा काम लन्ड्रिमा पाईयो ।

त्यो पनि काम साह्रै गाह्रो भयो । तीन महिना पछि म्याक कम्पनी तिर काम गर्ने थालें ।

कलेजको पढाई सकिंदै गएपनि भाषा भने राम्रोसँग पढिएन । कसरी कम्पनीतिर भिजा लगाउने भन्नेमै धेरै ध्यान जान थाल्यो । धेरै जनाले ७०-८० मान बढी तिरेर कम्पनीतिर भिषा लगाए ।

म चाहिँ जसरी पनि कम्पनीमा छिर्छु भनेर दिनरात कुद्न थालें । पछि हिसाब गरेको मैंले १ सय ८ वटा कम्पनीमा ट्राई गरेको रहेछु । दिनकै दुई तिन ठाउँसम्म पुगेर अन्तर्वार्ता दिएं । कति ठाउँमा ढिलो पुगेर फालिएं कति ठाउँमा उमेर ढल्किएको जस्तो देखेर कति ठाउँमा भाषा अनि सर्टिफिकेट हेरेर ।

सबै साथिहरुले यो तालले कम्पनी छिर्न सक्दैनस् भन्दै पैसा तिरेर भिषा लगाउन सुझाव दिए ।

अन्तिममा बल्लबल्ल नेपालीको कम्पनीमै स्युस्योकु गरें । कम्पनीबाट भिजा लगाएपनि त्यहाँ काम भने पाईएन । त्यसपछिपनि अन्त काम गरेर भनेपनि स्युसोकु गर्न खोज्न छाडिन । पछि एउटा जापानी कम्पनीमा ताकातानोबाबामा स्युसोकु गरेरै छाडें ।

...


तलब पनि १८ मान जति पाएं । एटभरटाईजिगं कम्पनी भएकाले मार्केटिंगमा खटिने, कम्प्युटरमा पनि ठिकै ज्ञान भएको, अँग्रेजी पनि, मेहनती भएकाले मेरो तलब पनि राम्रोसँग बढ्यो ।

अनि बल्ल श्रीमती, छोरा छोरी सबैलाई जापान लेराएं । त्यतिखेरसम्म मेरो तलब बढेर ६० मान पुगेको थियो । बस्न रुम पनि दिएकाले नेपालीहरुले पाएको जागिर हेर्दा मेरो धेरै राम्रो काम थियो ।

मैंले नै त्यहि कम्पनीमा २ ३ जना नेपालीलाई समेत काममा लगाईसकेको थिएं ।

कम्पनी राम्रोसँग अघि बढेपछि फुदोसानको काम पनि थालियो । त्यस्तैमा एकजना कोठा खोज्न आउने नेपालीले ५/६ मान त कहाँ तिर्न सक्नु कोठाभाडा कागजमा १८-२० मान तलब लेखेपनि हामीले पाउने १२ मान मात्र हो भनेर वास्तविकता सबै बताईदिएछ । उसको कुरा ठिकै हो । तर त्यो जापानीजलाई भनेर फाईदा त केही थिएन !

'ए, नेपालीहरु नेपालीलाई नै यस्तो ठग्ने ! सबै नेपाली यस्तै हुने रहेछन् !' भन्दै त्यो घटनापछि साहु सँधै मसँग आएर रिसाउने झोक्किने गर्न थाल्यो । सँधै किचकिच र काममा अनावश्यक तनाव दिन थाल्यो । अतिनै भएपछि काम गर्ने वातावरण नभएर मैंले म काम छाडिदिन्छु भने । समयनै दिएर भनेकै मितिमा काम छाडिदिएं ।

साहुले अनि अरु साथिहरुले काम नछाड्नुस् एजु एप्लाई गर्न केही महिना मात्र बाँकी छ भनेर सुझाव सल्लाह दिएका पनि थिए । तर मैंल काम छाड्छु भनेर बोलिसकें बचनबाट पछि हट्दिन भनेर एजु एप्लाई गर्न पाउने मात्र एकदिन अघि सन् २०१५ मार्च बाट जागिर छाडिदिएं ।

...

त्यहाँ जागिर छाडेपनि मनमा त मेरो अब यो गर्छु भन्ने सोच र आँट आईसकेको थियो । त्यसपछि त्यहाँ काम छोडे लगत्तै कम्पनी खोल्ने निर्णय गरें । अनि फुदोसान घर, कोठा आदि भाडामा लिनेदिने कम्पनी खोलें 'ग्लोबल होम नेटवर्क' नाम राखेर ।

त्यतिखेरसम्म जापानमा कोहीपनि नेपालीले यस्तो काम गरेकै थिएनन् ! मेरो मेहनत अनि लगनशिलता, काम गर्ने स्टाफहरुको सहयोगले आज कम्पनी राम्रोसँग चलेको छ ।

रोचक कुरा के भने मैंले यो कम्पनी खोल्नु अघि छाडेको जापानी कम्पनी मैंले छाडेपछि धराशायी हुन पुगेछ । त्यहाँ भएका सबै ग्राहक यता मेरोमा आउन थाले ।

कम्पनी यतीसम्म खस्किएछ कि मैंले काम छाडेको एक बर्षपछि नै त्यहाँ काम गर्ने नेपालीहरुले काम छाड्न थालेछन् । हुँदा हुँदा गत बर्ष कम्पनीनै बन्द भएछ । अहिले त्यो कम्पनीको जापानी मालिक मेरो पहिलाको साहुनै मेरो कम्पनीमा काम गर्छन् ।

संघर्षशिल शिव जिम्मेवारी लिन र पुरागर्न सँधै प्रतिवद्ध 


बाल्यकालमा घाँसदाउरा देखी मेलापात सबै गरें । त्यो मेरो पारिवारिक जिम्मेवारी थियो । अध्ययनकै सिलसिलामा विवाह र सन्तान भए । उनिहरुको आवश्यकता पुरा र संरक्षणको लागि परदेश पसें । त्यो त्यतीखेरको आवश्यकता र विकल्प थियो । मैंले ति सबै पारिवारिक जिम्मेवारी पुरा गरेको छु । 

परदेश पशेपछि जीवनकै अर्को सघर्ष सुरु भयो । यसलाई अवसर अघिको चुनौती ठानें । कडा संघर्ष, अथक मेहनत र निरन्तरको लगावबाट केही सफलता हात पारें ।

मैंले पाएको सफलताबाट अरुको दुखमा पनि हाँसो मिसियोस् भन्न कास्की पोखरा समाजको नेतृत्व सम्हालें । जापानमा रहनुभएका पोखरेली सहित सबै नेपालीको साथले मैंले समाजलाई आर्थिक रुपमा सबल, जापानभर छरिएर रहनुभएका पोखरेलीहरुको साझा संस्था बनाउँदै यसलाई विस्तार अभियान थाल्न सकें । त्यो मेरो कर्मथलो प्रतिको कर्म थियो ।

जापानमा भएका दुखद घटना, समस्यामा परेका नेपाली, सांस्कृतीक कार्यक्रम एवं चाडपर्व र उत्सवहरु सबैमा सबैलाई मैंले सकेको सहयोग र सहकार्य गरेको छु ।

संभवत जापानमा विशेषगरि टोकियोमा हुने यस्ता कार्यक्रममा नीजि संस्थाको तर्फबाट मैंले नै धेरै सहकार्य गरिरहेको छु होला ! यसको अर्थ मैंले धेरै गरें भन्न खोजेको होईन, मैंले कमाएको आर्जनबाट अरुको पनि काम र कर्ममा सहकार्य गरेर खुसी साट्न सकौं भन्ने कामना मात्र हो ।

गैर आवासिय नेपाली संघमा भलै मेरो सक्रिय उपस्थिति भएको केही बर्षमात्र भयो होला । तर सन् २००६ मा एनआरएनए जापानको स्थापनाकालमा राजन प्रधानांगलाई संस्थापक अध्यक्ष चयन देखी मैंले एनआरएनए जापानका हरेक कार्यक्रममा उपस्थिति र सहयोग गर्दै आएको छु ।

सन् २००८ मा मेगुरो कुमिन सेन्टरमा भवन भट्ट अध्यक्षमा चयन हुनुभएको अधिवेशन होस् वा सन् २०१० मा रोशन केसी अध्यक्ष चयन हुनुभएको समय सबै घटनाको म साक्षी छु ।

सन् २०११ मा ओम गुरुगं अध्यक्षमा चयन हुनुहुँदा होस् वा पारसमणी पोखरलको सन् २०१३-१५ नेतृत्व समय, त्यसपछिको सुदन थापाको नेतृत्वमा समेत मैंले एनआरएनए जापानको सबै कार्यक्रममा सक्दो आर्थिक सहयोग र सक्रिय सहभागीता जनाएको थिएं ।

अहिले टासीवांग्दी लामाको अध्यक्ष कार्यकालमा त म उपाध्यक्षको रुपमा रहेको छँदैछु ।

..


नेपालमा गएको बिनाशकारी भूकम्पमा मात्र होईन सन् २०११ मा जापानमा गएको बिनाशकारी भूकम्पको समयमा समेत मैंले व्यक्तिगत तर्फ सकेको आर्थिक सहयोग सहित प्रभावित क्षेत्रमा नै पुगेर राहत र उद्दारमा सक्रिय सहभागीता जनाएको थिएं । जापानको कुमामोतो भूकम्पमा नेपाली समुदाय तथा एनआरएनएबाट गरिएको सहयोगमा होस् वा एनआरएनए जापान तथा व्यक्तिगत रुपमा मकहाँ समस्या लिएर आउने तथा दुखमा परेका सबैलाई समस्या समाधान गर्न आर्थिक सहयोग सहित सक्दो परामर्श गरिरहेको छु ।

जापानमा नेपालीको परिचय बनेको एनआरएनए जापानको अग्रसरतामा आयोजना भईरहेको नेपाल फेस्टिवलमा उपाध्यक्षको रुपमा यसपटक मात्र होईन अघिल्लो पटक समेत मैंले कार्यसमितिका सदस्य सरहनै अहोरात्र खटेर काम गरेको छु ।

जापानमा हुने विभिन्न क्रियाकलापमा मैंले गरेको मेहनत देखेर सबैले मेरो कामको प्रशंसा र धन्यवाद दिएका छन् । यसको अर्थ कुनैपनि मानेमा मैंले पाएको जिम्मेवारी मात्र होईन अतिरिक्त जिम्मेवारी बोध गरेर नेपाल र नेपालीको सानको लागि मैंले कामगर्न कुनै कसर बाँकी राखेको छैन ।

समग्रमा मैंले उपाध्यक्षको रुपमा एनआरएनए जापानको कार्यसमितिमा रहेर मलाई सुम्पेको सबै जिम्मेवारी समयमै पुरा गरेको छु । मलाई सुम्पिएको जिम्मेवारी पुरा मात्र होईन एनआरएनए जापानले यो कार्यकालमा गरेका सबै कार्यक्रममा मैंले उपस्थिति मात्र जनाएको छैनकि सकेको आर्थिक सहयोग समेत गरेको छु ।

एनआरएनए जापानको उपाध्यक्षको रुपमा सन् २०१७-१९ मा मैंले जुन रुपमा सबैभन्दा बढी लोकप्रिय मत पाएर उपाध्यक्षमा जीतें त्यो जनमतलाई कहिल्यै आँच आउन दिईन ।

मैंले मेरो काँधमा आएको जिम्मेवारी सफलतापूवर्क समयमै पुरा गरेको छु । मलाई विश्वास छ मलाई मत दिनुहुने सबै जापानवासी नेपालीहरु मेरो कामबाट खुशी र सन्तुष्ट हुनुहुन्छ । किनभने मैंले कुनैपनि विवादीत वा जापानवासी नेपालीहरुको भावनामा ठेस पुग्ने काम गरेको छैन ।

अबको मेरो अभियान एनआरएनए जापानमा जापानवासी नेपालीको अपनत्व


एनआरएनए जापानमा जापानवासी नेपालीहरुको अपनत्वको विषय अहिले सबैभन्दा गहन रुपमा उठेको विषय हो ।

अबको मेरो नेतृत्व कार्यकालमा म सबैभन्दा बढी यसमा आफ्नो ध्यान केन्द्रित गर्नेछु । एनआरएनए जापानको आर्थिक सहित सबै कामको पारदर्शीता मेरो अर्को महत्वपूर्ण कार्य योजना हो ।

जापानमा रहेका राजनीतिक तथा अन्य सामाजिक संघसंस्थाको सम्वन्ध थप मझबुद बनाउन आवश्यक भईसकेको छ । यसको कमिका कारण अहिले एनआरएनए जापान र अन्य संघसंस्थाबिच महत्वपूर्ण विषय र घटनाक्रममा उपयुक्त तालमेल भएर काम भईराखेको छैन । जुन मेरो कार्यकालमा मैंले गर्ने जिम्मेवारी ठानेको छु ।

जापानमा रहेका फुटबल, फुटसल, भलिवल, किक बक्सिगं, बक्सिगं जस्ता खेल, संस्था र खेलाडीहरुलाई एनआरएनए जापानको तर्फबाट सहयोग आवश्यक देखिन्छ ।

नेपालमानै खेल क्षेत्रमा सक्रिय रहेर अध्ययन तथा रोजगारको क्रममा जापान आईपुग्नु भएका उहाँहरुको क्षमता र रुचिलाई अघि बढाएर देशको लागि प्रतिभा फुल्ने अवसर अब एनआरएनए जापानले प्रदान गर्नेछ ।

जापानमा रहेका नेपाली समुदायमा त्यति चर्चा नभएको र एकदमै महत्वपूर्ण ठूलो विषय हो नेपाल र जापानबिच सामाजिक सुरक्षा सम्झौताको विषय । यसमा पहल गरेर नतिजा निकाल्न सकियो भने जापानमा लामो समय काम गरेर स्वदेश फर्कनुहुने नेपालीहरुले पेन्सनको रुपमा नियमीत उपदान रकम पाउनसक्नुहुन्छ । तर यसको लागि नेपालले पहल गर्नु आवश्यक छ । त्यसको लागि एनआरएनए जापानले अब पहलकदमी लिनेछ ।

यो सम्झौता भएमा जापानमा १० बर्षभन्दा बढी समय काम गरेका नेपालीहरुले नेपाल फर्केपनि आजिवन उपदान पाउनेछन् ।

नेपालको राष्ट्रियता, राष्ट्रिय पहिचान, धर्म, संस्कृती र एकता प्रवद्र्धनको लागि ठोस कार्यक्रम अत्यावश्यक भईसकेको छ ।

बुद्ध जयन्ती, गणतन्त्र दिवस लगायत मात्र होईन नेपालको राष्ट्रियतासँग जोडिएका विषयहरुमा समेत जापानमा रहेका नेपालीहरुको जनमत मुखरित हुनुपर्दछ । किनभने हामी जहाँ रहेपनि हाम्रो देश सबैभन्दा माथि हुन्छ । यसको लागि हामीले देशको हित र स्वार्थमा आवाज बुलन्द बनाउँदै कामगर्न हतार भईसकेको छ ।

जापानमा विद्यार्थी र कुकको रुपमा रहनुभएका सहित उहाँहरुमा आश्रित डिपेन्डेन्टको रुपमा रहनुभएकाहरुको लागि जापान सरकारबाट पाईने सेवा र सुविधाबारे जानकारी उपलब्ध गराउने विषय यहाँको महत्वपूर्ण अर्को पाटो हो ।

२०१७-१९ मा सुरु भएको विद्यार्थी छात्रबृत्तीको प्रक्रियालाई संख्यात्मक रुपमा बढाउँदै लैजाने र निरन्तरता दिने । जापानमा नेपाली विद्यार्थीहरुलाई अध्ययनपछि रोजगारको लागि जापानी कम्पनीहरु खोज्न परिरहेको समस्यालाई केही हदसम्म भनेपनि समाधान गर्न जापानी कम्पनीहरुसँग सहकार्य गरेर समन्वय गर्ने योजना मैंले बनाएको छु ।


जापानमा रहनुभएका हामी सबै नेपाली ढिलो चाँडो स्वदेश फर्कन्छौं । स्वदेश फर्कने समयमा जापानमा सिकेको सिप र ज्ञानलाई नेपालमा पुँजीको रुपमा लगानी गर्न एनआरएनए जापानले समन्वयकारी भूमिका निभाउने काम अब अगाडी बढाउने छ ।

हामी अब जापानमै मात्र केन्द्रित हुने भन्दापनि जापानमा रहेका ठूला कम्पनीहरुमा नेपाली विद्यार्थीहरुलाई रोजगारको लागि पहल र समन्वय गर्दै ति कम्पनीहरुको नेपालमा लगानी भित्राउन नेपाली राजदूतावास मार्फत पहलकदमी गर्ने लक्ष्य मैंले राखेको छ ।

सामान्य भाषागत जानकारीको अभावमा मसेत झण्झट र खर्चिलो बाटो अपनाउन बाध्य उहाँहरुलाई महत्वपूर्ण विषयमा आवश्यक साधारण जानकारी एनआरएनएले लिखित सामग्रि वा नियमीत जानकारी मार्फत उपलब्ध गराएर सहयोग गर्नुपर्दछ । यसको लागि मैंले योजना र कामको लक्ष्य समेत निर्धारण गरेको छु ।

एनआरएनए जापानले यसअघि गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता सहित थप कार्यक्रम ल्याउनु मेरो कर्तव्य र जिम्मेवारी हो । यसमा मैंले सदैव आफुलाई जिम्मेवारीबोध गरेर काम गर्नेछु ।

प्रस्तुती : गोकर्ण अधिकारी