(Japan) 13 th September | 2025 | Saturday | 7:01:37 AM || (Nepal) 3:46:37 AM
 
 

‘खुशीले आकाश छोएको दिन’ : गृष्मा पौड्याल

नियात्रा   POSTED ON : Sunday, 30 March, 2025 | Views : 1286

 ‘खुशीले आकाश छोएको दिन’ : गृष्मा पौड्याल


आइ. कमको परीक्षा दिएपछि भएको दुई ब्याचको खप्टानले हाम्रो बि.कममा जान र पढाइ सुरुहुन ६ महिना लाग्ने भयो ।

त्यो छुट्टी बिताउन र खास गरि एपोलो हस्पिटलमा खुट्टा पनि जँचाउन, म दिदी भिनाजुसँग मुम्बई जाने सल्लाह भयो ।

सन् १९८६ को मे महिनामा । त्यो पनि ६ महिने लामो भारतको यात्रामा । पहिलो पल्ट बम्बे हालको मुम्बई, भारतको औद्योगिक राजधानी तर्फ ।

मेरो पहिलो विदेश यात्रा ।

पिंजडाबाट छोडेको चरी झैं, यति खुशी थिएँ कि बयान गरेर साध्य नै छैन ।

काठमाण्डौबाट पहिलो पल्ट हवाईजहाज चढेर दिदी, भिनाजु, म, प्रिया र जय बनारस गयौं, र त्यसपछि नाशिकको लागि तयार  थियौं । यो मेरो मात्र पहिलो यात्रा थियो हवाईजहाजको, दिदी भिनाजु र छोरीछोरा त धेरै पल्ट ओहोर दोहोर गरिसकेका थिए ।

भिनाजु भारतिय मूलको आर्किटेक्ट इन्जिनियर हुनुहुन्छ । वहाँहरूको बसाई हेर्न म पहिलो पल्ट दिदीको घर जान लागेको थिएँ ।

काठमाण्डौबाट उडेको रोयल नेपाल एअरलाइन्सको उडान १ घण्टा ५ मिनेटमै बनारस एअरपोर्ट पुगेर उत्रियो ।

बनारस एअरपोर्टमा भिनाजुको एउटा साथी त थियो, तर हामी यसो भला कुसारी गरि इमिग्रेशनको काम सक्याएर ट्याक्सी चढी सिधैं होटेल बर्धमान तर्फ लाग्यौ ।

जीन्दगीमा पहिलो पल्ट चढेको हवाईजहाज पहिलो पल्ट बसेको होटेल, पहिलो पल्ट चढेको रेल गज्जब रमाइलो सम्झना छ मेरो मानसपटलमा त्यो दिनको । के मात्र बयान गरौं र, यसरी मेरो खुशीले आकाश छोएको दिन थियो त्यो मेरो जीवनमा पहिलो पल्ट ।

कुरकुरे वैंश, जे देख्यो त्यही राम्रो लाग्ने र जो भेट्यो उही मनपर्ने, झन त्यहाँ माथि पहिलो विदेश यात्रा, हवाइ उडान १ वाउ११

रमाइलो त कति हो कति ।

म त यसैयसै दँगदास छक्क र मख्ख पर्दै दिदी भिनाजुको पछिपछि लाग्दै हिंड्दै थिएँ ।

छक्क चाहिं भारतको विकाश देखेर हो !

र मख्ख चाहिं बुवाको हामी पट्टीको पाँच जनाछोराछोरीमा दिदी पछि हवाईजहाज चढ्ने म दोस्रो भाग्यमानी छोरीमा परेको थिएँ ।

अहिले जापान आएपछि त सैंयौं पटक चढियो होला तर त्यो बेलाको भने कुरै अर्को, धनीमानी व्यक्ति मात्र चढ्न पाउँथे त्यो समय हवाईजहाज ।

यसरी हामी काठमाण्डौ एअरपोर्टबाट नेपाल एअरलाइन्सको जहाज चढि बनारस र बनारसबाट ३६ घण्टे लामो रेल यात्रा गरि  जानु पर्ने थियो नाशिक ।

होटेलमा सामान राखेर हल्का चमेना गरि बनारसको साडी पसलमा गयौं । माँ र माँको बहिनीहरूलाई साडी किन्न ।

बनारसको बनारसी साडी पसल, त्यो पनि यति ठूलो र राम्रो, बत्ती नै बत्ती झिलिमिली अनि ग्राहकलाई यति आदर र सत्कार गर्ने रहेछन् पसलेहरूले कि बयान गरेर साध्य नै छैन ।

एउटा पसलेले त मलाई “आप तो बिलकुल आशमान से उतरी हुई परी लगती है” भन्यो म त तीन छक परें !!

होटेलमा फर्किएर चार चोटी ऐना हेरें के म साँचिनै राम्री छु त भनेर, त्यो त पसलेको व्यापार गर्ने टेक्निक पो रहेछ१ हा हा उडायो साले भाइसापले मलाई नराम्रोसँग, झुक्यायो नि बजियाले !

धत्११ तर हेर कति बाठा इन्डियनहरू !

त्यसै बनेको हो र त्यो उखान....!

मैले हरेक कुराको पहिलो अनुभव बटुल्दै थिएँ। खुट्टा भूईंमै थिएनँ नि !

हम चलने लगे दो गज जमीन के उपर !!!

भने झैं खुशी त कतिकति ।

अरुपनि किनमेल त निक्कै थियो तर आफूलाई रुची भएको कुरा मात्र बढी याद हुने रहेछ।

दिदीले मलाई पनि एकजोर त्यो बेला चलन चल्तीको पँक कुर्ता सुरुवाल किनिदिनु भयो । मेरो खुशी चुलिएर माउण्ट एभरेष्ट भएको दिन थियो त्यो मेरो लागि ।

अहिले जस्तो मोबाइल क्यामरा, फोन र फेसबुक भएको भए बैनीलाई त्यहींबाट भिडिओ कल गर्दै देखाउँथे हेला !

भोलिपल्ट हातमुख धोएर चिया पिइ हामी दुईटा साइकल रिक्सामा बनारस घुम्न गयौं । गँगाजीमा स्नान गर्यौ र विश्वनाथ मन्दिरको दर्शन गर्न हिंड्यौं ।

रिक्सा चाहिं म सायद दोस्रो पल्ट चढेको थिएँ । त्योभन्दा पहिला हेटौंडामा फुपूको घर हेटौंडाको सानो पोखरामा निकै पल्ट रिक्सा चढेका थियौं बहिनी र म ।

नेपालमा अलि गाह्रो काम गर्नलाई काशीमा गएर मुख धोएर आउन पर्छ भन्ने उखान थियो । तर मैले त यसरी काशीमा मुख पनि धोएर आइ सकेको छु र मलाई संसारमा असम्भव भन्ने कुरा कमै छ जस्तो लाग्छ ।

विश्वनाथको दर्शनपछि ब्रेकफास्ट खाइ हामी फेरि घुम्न निस्कियौं । बाहिर खाना खायौं, बनारसी पान खायौं, कुल्फी खायौं । त्यो कुल्फी मलाई मेरो १९ वर्षे जवानीसम्म खाएको कुरामा सबैभन्दा मीठो लाग्यो । नेपालमा स्कुल अगाडि खाएको ठण्डा बरफभन्दा कैयौं गुणा मीठो ।

यसरी मेरो करकुरे जवानीमा पहिलो विदेश यात्रा, घरबाट टाढा त्यो पनि पूरा छ महिनाको लागि । आफूले संसारकै खुशी पाएको जस्तो अनुभव भैराखेको थियो ।

त्यही दिन थियो मेरो ‘खुशीले आकाश छोएको दिन’।

नयाँ ठाउँ नयाँ उमंग पहिलो पल्ट चढेको हवाईजहाज, राम्रो होटेलको बसाइ, मीठोमीठो खाना, नौलो अनुभव खुशी त कति हो कति ।

यसरी मेरो पहिलो विदेश यात्रा शुरू भएको थियो छिमेकी मुलुक भारतको औद्योगिक राजधानी मुम्बईको सन् १९८६ मा पहिलो पल्ट 

नयाँ बानेश्वरको, शँखमुल मार्गबाट सिधै बनारस हुँदै महाराष्ट्रको नाशिक शहरसम्मको ।

बनारसबाट ३६ घण्टे लामो गीतान्जली एक्सप्रेसबाट मुम्बई नजिकैको शहर नाशिक डाउन टाउनसम्मको । ३६ घण्टे लामो रेल यात्रा पनि मलाई त फिटिक्कै पट्यार लाग्दो भएन ।

दिदीको घर महाराष्ट्रको नाशिक शहर, मुम्बई सेन्ट्रलबाट करिब १८० किलो मिटर वर नै पर्ने रहेछ ।

दिदीको घरमा दुई महिना जति बसे पछि मलाई भिनाजुले पुर्याउनु भयो मुम्बईको बान्द्रा इस्ट जहाँ भिनाजुको माँ र दुईजना भाइहरू अतुल दादा र अनुप दादा बस्नु हुन्थ्यो । असली मज्जा त मुम्बई पुगे पछि पो भयो त मलाई । माँले अतुल दादालाई जहाँ जान लागे पनि गायत्रीलाई पनि लिएर जा न अतुल यो बिचरी नेपालबाट आएकी यसलाई बोर हुन्छ के दिनभरि घर बस्नलाई भन्दै दुध किन्न जान लागे पनि पत्रिका किन्न जान लागे पनि, माछा किन्न जाने पनि सँगै पठाउनु हुन्थ्यो र म पनि स्कुटरमा मुम्बई सहर डुल्न पाएर मख्ख ।

त्यही बिल्डिन्गमा बस्ने तीनजना साथीहरू पनि भेंटें नफिसा, मिनाज र गजाला, कति पिकनिक लगे कति घुमाउन लगे कति मेहेन्दी लगाइ दिए सबैको प्रमाण फोटो छ है मसँग त्यसताकाको ।

यसरी फेरि मुम्बई बान्द्रा इस्टबाट शुमन मौसी बस्ने पालीहिल, दादा साहेब फाल्के बस्ने घर ठाणे, जुहु विच र फर्केर आउने दुई चार दिन अगाडि दाइ मुम्बईमा चार घण्टा हराएको रमाइलो घटना समेत आँखा वरीपरी चलचित्रका फ्ल्यास ब्याक सिन जस्ता आज ३५ वर्ष पछि सम्झेर लेख्दै छु झलझली ।

काठमाण्डौ टु बरारस, बनारस टु नाशिक...

र नाशिक टु मुम्बई र फेरि सेम वे ब्याक टु काठमाण्डौ। इट वाज ए नाईस मेमोरी !!

जता हेर्यो उतै रमाइलो, जे भन्यो त्यहि भिनाजुले किनिदिनु भएको छ । जो मान्छे देख्यो ऊ नै राम्रो लाग्छ । बाटोघाटो पनि कति फराकिलो । कति राम्रो, कालोपत्रे पिच नै पिच रोड, कतै ६ लेन, कतै ८ लेनको बाटोघाटो राति पनि बिजुली झलमल्ल।

वाउ !

“यह दिल है मुश्किल जीना यहाँ, जरा हट्के जरा बचके यह है मुम्बई मेरी जान” !!

भन्ने गीत याद आयो ।

किनकी हामी घरमा पनि निकै हिन्दी सिनेमा हेर्ने र हिन्दी उपन्यासहरू पढ्थ्यौ बुवा र दिदीको सँगतले । म चाहिं त्यति उपन्यास पढ्ने थिइन तर बुवा दिदी र दाइ चाहिं खुब उपन्यास पढ़थे ।

हिन्दी त हाम्रो लागि अन्तर्राष्ट्रिय भाषा नभएर नसानसामा बसेको थियो ।

त्यसैले पनि मैले जापान आएर हिन्दी भाषा पढाउने काम सजिलै पाएँ होला !

घरहरू पनि कति अग्ला १५ तल्ले २० तल्ले । मुम्बईमा तारापुरवाला अक्योरियम ,ह्यान्गिन गार्डेन, बुट-हाउस, गेट वे अफ इन्डिया, चर्च गेट र जुहु बिच कति गइयो क ति।

‘वह दिन भी क्या थे सनम’

जता हेर्यो उतै पानी पानी भएको समुद्र पनि मैले बनारसमा र मुम्दिबईमा देखि सकेको थिएँ, हाई टाइड आउँदा समुद्र पूरा माउण्ट एभरेस्ट जस्तो अग्लो हुन्थ्यो अनि लो टाइड आउँदा पोखरी जस्तो बन्थ्यो समुद्र त । त्यो साह्रै रमाइलो दृष्य थियो मेरो लागि विश्वको आठौं अजुबा जस्तै। त्यसैले जापान आएर समुद्र देख्दा मलाई साह्रै अमच्म लागेनँ, अरु नेपालीहरूलाई जस्तो ।

तर, तपाईं आफैं भन्नुस् त ३६ घण्टा लामो समय रेलमा बिताउन पनि सजिलो त कहाँ हुन्थ्यो र रु खायो सुत्यो उठ्यो फेरि खायो फेरि सुत्यो१ फेरि दिदीको छोराछोरीले मराठी भाषा सिकाएर धुमधाम, मलाई त दिदी यो पनि सम्झि राख, यो पनि चाहिन्छ भन्दै मेरा साना साना गुरुहरूले सिकाएर नाशिक पुग्दासम्म मलाई आधा मराठी भाषा च्याम्पियन नै बनाइ दिइ सकेका थिए नि ।

हस्सी मजाक एकातिर‘‘‘ !

यसरी म पुगें ३६ घण्टे लामो रेलको यात्रा पार गरि दिदी भिनाजुको घर नाशिक ।

पहिलो चोटी देखेको ठाउँ चिज र मान्छे सबै प्रिय लाग्छन् प्राय सबैजनालाई ।

कतिपय कुराहरू आफैंले अनुभव नगरि यो जीन्दगीमा कसैगरि वाक्यमा बर्णन गर्न नसकिंने रहेछ । मलाई पनि त्यस्तै भएको थियो मेरो पहिलो विदेश यात्रा ।

तर पुग्नुभन्दा अगाडि नै भिनाजूले मलाई आगोमा बस्ने अभ्यास गरेर आउनु भन्नु भएको थियो । किन होला भन्ठानेको त !

मुम्बईमा त ३८ डिग्रीको गर्मी पो हुँदो रहेछ ।

उफ ११ जति चोटी नुवाएर बाथरुमबाट बाहिर निस्यो फेरि पसिनै पसिना ।

ओहो कति गर्मी त्यो भन्दा पहिला काठमाण्डौमा जति नै गर्मी भए पनि ३२ डिग्री काटेको रेकर्ड थिएन ।

बनारसमा मान्छे मान्छे मान्छे कति हो कति भिड, तर त्यो भिड छिचोल्नुभन्दा माथि थियो मेरो खुशीको सिमा सगरमाथा जस्तै ।

पहिलो चोटी चढेको रेलको भिड भन्दा मेरो खुशीको भिडले मलाई पछारौंला जस्तो गरि तँछाड मछाड गरि मेरा काठमाण्डौ फर्के पछि साथीहरूलाई लगाउने गफका भारीहरू बनि पर्खिरहेका थिए । त्यहि बेला दाइको टेलिग्राम आइपुग्यो ‘यू एण्ड आइ बोथ पास’ भनेर ।

किनकी म आइ। कमको फाइनल परीक्षा मात्र दिएर गएको थिएँ मुम्बई, रीजल्ट पनि मलाई थाहा थिएन । हाम्रो घर बानेश्वर र दिदीको घर नाशिकमा पनि फोन त थियो तर अहिलेको जस्तो दिनदिनै र छिन छिनमै गर्ने चलन थिएन र मँहगो पनि थियो ट्रन्क कल ।

यसरी मेरो मुम्बईको ६ महिने लामो यात्रा गएको बाटो हुँदै फेरि कम ब्याक टु काठमाण्डौ भएर सकिएको थियो ।

क्रमश :

सम्झनाको तरेलीबाट

...

गृष्मा पौड्याल

टोकियो जापान

२०२५।३।२९

शनिबार